Nepal Scouts, Koshi Province

Call Directions Website Contact the organization

Nepal Scouts,  Koshi Province Social Organization

03/10/2026

01/10/2026

📢 इमेल ठेगाना परिवर्तन सम्बन्धी सूचना

नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको इमेल ठेगाना परिवर्तन भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

यस कार्यालयसँग सम्बन्धित आगामी सम्पूर्ण पत्राचार, सूचना तथा आवश्यक सम्पर्कका लागि नयाँ इमेल ठेगाना प्रयोग गर्नुहुन अनुरोध छ।

📧 नयाँ इमेल ठेगाना:
[email protected]

प्रदेश स्काउट कार्यालय
कोशी प्रदेश, विराटनगर

🏃‍♂️⚜️ विश्व पर्यटन दिवसमा स्काउट स्वयंसेवाआज मिति २०८३/०६/११ गते (September 27,2026) विश्व पर्यटन दिवसको अवसरमा पर्यटन,...
27/09/2026

🏃‍♂️⚜️ विश्व पर्यटन दिवसमा स्काउट स्वयंसेवा
आज मिति २०८३/०६/११ गते (September 27,2026) विश्व पर्यटन दिवसको अवसरमा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा विभिन्न संघ–संस्थाको सहभागिता र समन्वयमा विराटनगरमा आयोजित ५ किमि सडक दौड कार्यक्रममा विराटनगरका स्काउट लिडर तथा रोभर/रेन्जरहरूले सक्रिय स्वयंसेवी भूमिका निर्वाह गरेका छन्।

स्काउट स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन, सहभागी दर्ता, बिब नम्बर तथा टी–सर्ट वितरण, भीड व्यवस्थापन लगायतका कार्यमा सहयोग गरेका थिए।

सेवा नै स्काउटको पहिचान हो। ⚜️🇳🇵

26/09/2026

इन्द्र जात्राको हार्दिक शुभकामना! 🙏
25/09/2026

इन्द्र जात्राको हार्दिक शुभकामना! 🙏

24/09/2026

११६३… के होला? 👀

एउटा संख्या मात्र होइन,
केही विशेष कुराको संकेत हो। ⚜️

नेपाल स्काउट्ससँग जोडिएको ११६३ को रहस्य छिट्टै खुल्दैछ।

तपाईंको अनुमान के छ? 💭
Comment गर्नुहोस् 👇

Stay tuned.

#1163 #केहोला११६३

24/09/2026

मिति: २०८३/०६/०८
विज्ञप्ती

विद्यमान नेपाल स्काउट ऐन २०५० समयानुकूल नभएको हुँदा यसमा व्यापक सुधार गरी नयाँ ऐन तर्जुमा/जारी गर्नुपर्ने माग विगत लामो समयदेखि हुँदै आएको थियो। नयाँ ऐन जारी गर्नका लागि नेपाल स्काउटका विभिन्न तहमा पटक पटक आवाज उठ्दै आएको विषय ढिलै भएपनि अब सम्बोधन हुने भएको छ। नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित ऐनको मस्यौदामा सरोकारवाला सबैको राय सुझाव लिनका लागि सार्वजनिक रूपमा समय सीमा तोकी प्रस्तावित ऐनको संशोधन मस्यौदा सार्वजनिक गरेको छ।
नेपाल कानुन आयोग, तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले ऐन मस्यौदाका लागि खेलेको भूमिका प्रशंसनीय रहेको छ। आयोगबाट प्राप्त मस्यौदालाई शिक्षा तथा खेलकुद मन्त्रालयले थप समयसापेक्ष बनाउनका लागि सरोकारवालाको राय सुझाव लिएर अन्तिम रूप दिन खोज्नु आफैँमा हामी स्काउट सदस्य तथा स्काउट प्रेमी सबैका लागि उत्साहजनक र महत्वपूर्ण विषय हो। मस्यौदा सार्वजनिक गरिएको विषय र नेपाल स्काउट ऐनलाई समयानुकूल बनाउनका लागि चालिएका पहलकदमीको कदर गर्दै नेपाल स्काउटका प्रमुख स्काउट माननीय शिक्षा तथा खेलकुद मन्त्रीज्यू र मन्त्रालय प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । साथै आगामी दिनमा यस मस्यौदालाई अन्तिम रूप दिई मन्त्रिपरिषद् र संसदमा अविलम्ब पुऱ्याउने कार्यमा माननीय मन्त्रीज्यू एवं मन्त्रालयबाट प्रभावकारी भूमिका खेलिनेछ भन्ने अपेक्षा समेत राखिएको छ।
सार्वजनिक गरिएको मस्यौदालाई पूर्णता दिने क्रममा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको एउटै आधिकारिक धारणा तयार गरी मन्त्रालयमा पठाउनका लागि मिति २०८३/०६/०८ गते अन्तरिम राष्ट्रिय कार्यकारी समितिका सदस्य एवं राष्ट्रिय प्रशिक्षक श्री कमल बहादुर देउजाको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको छ। सो कार्यदलले मस्यौदाको अध्ययन गरी राय सुझाव आगामी अन्तरिम राष्ट्रिय कार्यकारी समितिको बैठकमा अनुमोदनका लागि पेस गर्नेछ र अनुमोदित ऐनको मस्यौदा संशोधन प्रक्रियाका लागि मन्त्रालय पठाइने छ।
उक्त मस्यौदामा आफ्नो तर्फबाट रायसुझाव उपलब्ध गराउनुहुन म सम्पूर्ण स्काउटरहरूलाई हार्दिक अनुरोध गर्दछु। साथै, ऐन जारी गर्ने यस कार्यमा सबैको रचनात्मक सहयोग र सुझाव प्राप्त हुने अपेक्षा राखेको छु।

सन्तोष कुमार थापा
संयोजक,
अन्तरिम राष्ट्रिय कार्यकारी समिति

Link: https://moest.gov.np/content/13683/regarding-providing-opinions-and-suggestions-on-the/

24/09/2026

🕊️ International Day of Peace 2026Peace begins with understanding, grows through kindness, and becomes stronger when we ...
21/09/2026

🕊️ International Day of Peace 2026

Peace begins with understanding, grows through kindness, and becomes stronger when we stand together.

On this International Day of Peace, Nepal Scouts joins Scouts and communities around the world in promoting unity, respect, compassion, and peaceful coexistence.

Together, let us build a culture of peace.

🌍 International Day of Peace | 21 September

🌐⚜️ Surf Smart 2.0 कार्यक्रम सम्पन्नसुन्दरहरैँचा–३, मोरङस्थित Mount Makalu Scout Troop मा सेप्टेम्बर २०, २०२६ मा Surf Sm...
20/09/2026

🌐⚜️ Surf Smart 2.0 कार्यक्रम सम्पन्न

सुन्दरहरैँचा–३, मोरङस्थित Mount Makalu Scout Troop मा सेप्टेम्बर २०, २०२६ मा Surf Smart 2.0 सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । MTOT पानस चौलागाईंद्वारा सञ्चालित अभिमुखीकरणमा ३५ जना स्काउट सदस्य सहभागी भए।

कार्यक्रममार्फत अनलाइन सुरक्षा, AI, डिजिटल साक्षरता तथा साइबर सुरक्षासम्बन्धी सचेतना र व्यवहारिक सीप प्रदान गरिएको थियो। 🇳🇵⚜️

Address

Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779852061350

Alerts

Be the first to know and let us send you an email when Nepal Scouts, Koshi Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Scouts, Koshi Province:

Shortcuts

Share

Category