22/03/2026
आमाको माया छात्रावास, वीरगंज पर्सा
social org.
22/03/2026
जाडोयाममा छात्रावासमा बसोबास गर्ने बालबालिकालाई न्यानोपन प्रदान गर्ने उद्देश्यले आमा को माया छात्रावासमा न्यानो सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगर तथा डिएभी स्कूलको इन्टरएक्ट क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा थर्मस, मोजा तथा पञ्जा वितरण गरिएको हो।
कार्यक्रमका आयोजक आलोक यादवका अनुसार उक्त अवसरमा २६ थान थर्मसका साथै मोजा र पञ्जा छात्रावासमा रहेका बालबालिकालाई प्रदान गरिएको थियो। कार्यक्रमको प्रायोजन प्रकाश कर्णले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका अध्यक्ष रामविनय यादव, डिएभी स्कूल इन्टरएक्ट क्लबकी अध्यक्ष नव्या खेतान, यूथ सर्भ सोसाइटीका अध्यक्ष नाकुल गुप्ता, रोट्र्याक्ट क्लब अफ वीरगञ्ज महानगरका पूर्व अध्यक्ष आलोक रजक कर्ण, रोट्र्याक्ट क्लबकी उपाध्यक्ष अञ्जली गर्ग, रोहन गुप्ता तथा हरिशंकर साह सहभागी हुनुहुन्थ्यो।
यसैगरी, डिएभी स्कूल इन्टरएक्ट क्लबका सदस्यहरू जेसिका यादव, मोहित मित्रुका, रिपु सिंह, प्रणव राज कर्ण र सिद्धार्थ शर्मा पनि कार्यक्रममा उपस्थित थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले जाडोयाममा न्यानो सामग्री वितरणजस्ता समाजसेवामूलक कार्यले समुदायमा सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै दाता, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गरेका
26/12/2025
आज हाम्रो छात्रावासमा श्रीमान् बिनोद रुंगटा ज्यु ले भाईहरुको लागि ५ वटा जाडोमा ओढ्ने सिरक ल्याइदिनु भएकोमा छात्रावास परिवारको तर्फबाट धेरै धेरै धन्यवाद🙏🙏।
25/12/2025
आज हाम्रो छात्रावासमा श्रीमान् प्रकाश कर्ण ज्युले भाईहरुको लागि खाजाको साथ साथै पानी पिउने १० वटा थर्मस ल्याइदिनु भएकोमा छात्रावास परिवारको तर्फबाट धेरै धेरै धन्यवाद 🙏🙏।
10/07/2025
28/06/2025
हिजो प्रकाशित NEB कक्षा 10 को नतिजा
07/06/2025
आज हाम्रो छात्रवासको भाईहरुलाई thrill factory घुमाउनु भएको मा श्री सौरव सराफ ज्यु लाई छात्रावास परिवार को तर्फबाट धेरै धेरै धन्यवाद 🙏🙏
30/05/2025
आभार, उन श्याम भक्तो का जिन्होंने अपने घर के कीर्तन मे ये तस्वीर का प्रयोग कर, सहयोग राशि (5 stand fan)देकर जरूरतमंद लोगो के लिए ये रास्ता चुना, प्राप्त राशि छात्रवास के बच्चो के भलाई हेतु प्रदान करने के लिए dr vijay agrwal sahit तस्वीर का प्रयोग करने वाले दानदाता श्री सुरेश पटवारी, श्याम tekriwal जी, उमा- अंकित बगाड़िया, nepal copy udyog, sanjay agrwal ( all time pco) का बिशेष आभार, बाकी श्याम भक्त भी सहयोग करेंगे ऐसी आशा है/ तस्वीर हेतु संपर्क-mohit ji dokaniya(9811875407)
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Birgunj
