15/10/2026
सूचना! सूचना!! सूचना!!!
सम्पूर्ण लायन्स साथीहरूमा हार्दिक नमस्कार।
लायन्स क्लब अफ बुटवल ईलिटको आयोजनामा District Governor Inter School Boys Volleyball – Elite Cup प्रतियोगिता मिति २०८३ साल मंसिर ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको जानकारी गराउन चाहन्छु।
उक्त प्रतियोगिता New Horizon Sports Club (Training Center), देविनगर, बुटवल–११, रुपन्देहीमा आयोजना हुनेछ।
यस प्रतियोगिताको मुख्य उद्देश्य विद्यालयस्तरका विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन, नेतृत्व क्षमता तथा आपसी भाइचाराको भावना अभिवृद्धि गर्नु हो।
उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण लायन्स साथीहरूलाई आवश्यक सहयोग, समन्वय तथा सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु।
कार्यक्रम विवरण:
- कार्यक्रम: District Governor Inter School Boys Volleyball – Elite Cup
- मिति: २०८३ साल मंसिर ११–१३ गते
- स्थान: New Horizon Sports Club (Training Center), देविनगर, बुटवल–११, रुपन्देही
- आयोजक: लायन्स क्लब अफ बुटवल ईलिट
सम्पूर्ण साथीहरूको साथ, सहयोग र सहभागिताले यस प्रतियोगितालाई भव्य एवं सफल बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।
धन्यवाद!
लायन्स क्लब अफ बुटवल ईलिट परिवार