DPO JHAPA, NEPAL

Call Directions Website Contact the organization

DPO JHAPA, NEPAL Welcome to District Police Office, Jhapa Offcial page, For Emergencies, Dial 100 For Police Support.

"सत्य सेवा सुरक्षणम् "
अपराधरहित समाजको सुनिश्चितता, नेपाल प्रहरीको प्रतिबद्धता, समाजमा शान्ति सुरक्षा कायम राखि जनताको जीउधनको सुरक्षा, अमन, चयन, अपराध रोकथाम, नियन्‍त्रण गरी स्वच्छ, समृद्ध, समुन्नत र अपराधरहित समाज निर्माण र झन्झटरहित प्रहरी सेवा प्रबाहमा जिल्ला प्रहरी कार्यालय सदैब कटिबद्ध रहने छ ।

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा मासिक बैठक कार्यक्रम सम्पन्न:असोज २१, जिल्ला प्रहरी ...
07/10/2026

आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर तथा मासिक बैठक कार्यक्रम सम्पन्न:

असोज २१, जिल्ला प्रहरी कार्यालय, झापा ।
जिल्ला प्रहरी कार्यालय, झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का तथा जिल्ला प्रहरी कार्यालय माहतहमा रहेका सिनियर प्रहरी अधिकृत कार्यालय प्रमुख भएका कार्यालय प्रमुखहरुको भौतिक उपस्थितीमा आ.व २०८३/०८४ को वार्षिक कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर तथा मासिक बैठक कार्यक्रम सम्पन्न भएको छ ।
कार्य सम्पादन पत्रमा हस्ताक्षर सम्पन्न भए पश्चात यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले उपस्थित सम्पुर्ण मातहत प्रहरी कार्यालय प्रमुखहरुलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान, बिपद व्यवस्थापन, प्रहरी आचरण र व्यवहार, ट्राफिक व्यवस्थापन लगायतका विषयहरुमा आवश्यक निर्देशन समेत दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, झापाको अनुरोध ।************************************--------------------------------------
06/10/2026

जिल्ला प्रहरी कार्यालय, झापाको अनुरोध ।
************************************
--------------------------------------

तास, लंगुरबुर्जा र नगद सहित मानिसहरु पक्राउ ।
05/10/2026

तास, लंगुरबुर्जा र नगद सहित मानिसहरु पक्राउ ।

यात्रु सहायता कक्ष सम्बन्धी जानकारी !सुरक्षीत यात्रा गरौं, सुखद् पर्व मनाऔं !
04/10/2026

यात्रु सहायता कक्ष सम्बन्धी जानकारी !
सुरक्षीत यात्रा गरौं, सुखद् पर्व मनाऔं !

“लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत Football Partnership कार्यक्रम सम्पन्न"************************** मिति २०...
04/10/2026

“लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत Football Partnership कार्यक्रम सम्पन्न"**************************

मिति २०८३/०६/१८ गते “लागू औषध विरुद्ध झापा अभियान (Jhapa Action Against Narcotics–JAAN)” अन्तर्गत अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित देउनियाको खेल मैदानमा अर्जुनधारा नगरपालिका र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा Football Partnership अन्तर्गत मैत्रिपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाका नगर प्रमुख श्री बलदेव सिंह गोम्देन तामाङज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलज्यू, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काज्यू, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वाका प्रमुख स.प्र.उ. सचिन कर्मचार्यज्यू, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उप-अनुसन्धान निर्देशक उमेश पाण्डेजज्यू, जनप्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीयवासी लगायत करिब ४०० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमले लागू औषध दुर्व्यसन नियन्त्रण तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाको अनुरोध ।************************************--------------------------------------सुरक्षि...
04/10/2026

जिल्ला प्रहरी कार्यालय, झापाको अनुरोध ।
************************************
--------------------------------------
सुरक्षित रहौँ, सतर्क रहौँ ।

प्रतिबन्धित भारतिय चिठ्ठा र नगद सहित मानिस पक्राउ ।
03/10/2026

प्रतिबन्धित भारतिय चिठ्ठा र नगद सहित मानिस पक्राउ ।

डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्नः*************          ...
02/10/2026

डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्नः
*************
आज मिति २०८३/०६/१६ गते भद्रपुर नगरपालिका, नेपाल आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, पत्रकार, प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरु र विभिन्न कार्यालयका कर्मचारीहरुको संयुक्त उपस्थितिमा जिल्ला प्रशासन कार्यालय झापाबाट सुरु भई ट्रेड युनियन चौकबाट लेखनाथ चौक हुँदै बजार क्षेत्र र आसपासका एरियाहरुमा डेंगु तथा जापानिज इन्सेफ्लाइटिस रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि चेतनामुलक सुचना प्रशारण (माइकिङ) तथा लामखुट्टेको लार्भा/प्युपा खोज र नस्ट अभियान कार्यक्रम सम्पन्न भयो ।

भारतीय नक्कली नोट सहित भारतीय मानिस पक्राउ ।
01/10/2026

भारतीय नक्कली नोट सहित भारतीय मानिस पक्राउ ।

Address

Jhapa
Chandragadhi
57203

Alerts

Be the first to know and let us send you an email when DPO JHAPA, NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DPO JHAPA, NEPAL:

Shortcuts

Share