नेपाली काँग्रेस जिल्ला कार्यसमिति, डडेल्धुरा / Nepali Congress Dadeldhura

नेपाली काँग्रेस जिल्ला कार्यसमिति, डडेल्धुरा / Nepali Congress Dadeldhura

Share

Welcome to the official page of Nepali Congress Dadeldhura!

05/03/2026

आदरणीय डडेल्धुरावासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
​आज फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरा बासीले जुन उत्साह र सक्रियताका साथ सहभागिता जनाउनुभयो, त्यसले हाम्रो लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धतालाई पुनः एकपटक गौरवमय रूपमा अभिव्यक्त गरेको छ।
​निर्वाचनको यो महाकुम्भमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण डडेल्धुरावासी का प्रती हार्दिक सम्मान सहित कृतज्ञता व्यक्त गर्दछौ। डडेल्धुरा बासीको यो सक्रिय उपस्थितिले एकातिर लोकतान्त्रिक प्रणालीप्रतिको गहिरो विश्वासलाई थप पुष्टि गरेको छ ।
​समग्रमा शान्तिपूर्ण र सभ्य वातावरणमा निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिनुहुने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। यहाँहरूको कर्तव्यपरायणताले नै लोकतन्त्रको जग बलियो भएको छ।
​जसले स्वतन्त्रता समानता लोकतन्त्र को रक्षा र बिकास तथा समृद्धि जग अझै बलियो बनेको छ।
​पुनः एकपटक, लोकतन्त्रको यो उत्सवलाई सफल बनाउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ।
​जय नेपाल !
​भीमबहादुर साउँद
सभापति
नेपाली कांग्रेस
डडेल्धुरा

Photos from नेपाली काँग्रेस जिल्ला कार्यसमिति, डडेल्धुरा / Nepali Congress Dadeldhura's post 12/02/2026

मिति २०८२ माघ २६, २७ र २८ गते अजयमेरू गाउँपालिका वडा नं १ देखि ६ सम्म नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नैन सिंह महर र समानुपातिक सदसय पदका उम्मेदवार हरिना देवी कामी लगायताका नेतागणहरुको भेटघाट कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
जय नेपाल !

12/02/2026

नैनसिंहलाई समर्थन गर्दै एमाले डडेलधुरा जिल्ला सदस्य ऐरसहित ३० जना कांग्रेसमा प्रवेश

09/02/2026

हार्दिक आमन्त्रण !

09/02/2026

नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री संविधानका पिता श्रदेय सुशील कोइरालाको स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धा-सुमन !
जय नेपाल !

04/02/2026

हार्दिक अपिल !

04/02/2026

With Arzu Rana Deuba – I just got recognised as one of their top fans! 🎉

04/02/2026

माघ २१, २०८२

समवेदना

मिति २०८२ माघ १२ गते डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका वडा नं. २ निवासी नेपाली काँग्रेसका क्रियाशिल सदस्य एवम् पूर्व वडा सभापति चेतराज भट्टकोे असमायिक देहावसानले नेपाली काँग्रेस पार्टी डडेल्धुुरा स्तब्ध भएको छ । यस दुःखद घडीमा शोकाकुल परिवारजन प्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन साथै ब्रह्मलिन आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजन प्रति नेपाली काँग्रेस पार्टी डडेल्धुुरा गहिरो समवेदना प्रकट गर्दछ ।


भीम बहादुर साउँद
सभापति

03/02/2026

माघ २०, २०८२

समवेदना

मिति २०८२ माघ १९ गते डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं. ६ निवासी नेपाली काँग्रेसका क्रियाशिल सदस्य, समाजसेवी बेद प्रकाश भट्टकोे असमायिक देहावसानले नेपाली काँग्रेस पार्टी डडेल्धुुरा स्तब्ध भएको छ । यस दुःखद घडीमा शोकाकुल परिवारजन प्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन साथै ब्रह्मलिन आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजन प्रति नेपाली काँग्रेस पार्टी डडेल्धुुरा गहिरो समवेदना प्रकट गर्दछ ।


भीम बहादुर साउँद
सभापति

31/01/2026

माघ १७, २०८२

समवेदना

मिति २०८२ माघ १६ गते डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिका वडा नं. १ निवासी नेपाली काँग्रेसका क्रियाशिल सदस्य, समाजसेवी मन्दीर सिंह ऐरकोे असमायिक देहावसानले नेपाली काँग्रेस पार्टी डडेल्धुुरा स्तब्ध भएको छ । दुखतको यस घडीमा शोकाकुल परिवारजन प्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन साथै ब्रह्मलिन आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजन प्रति नेपाली काँग्रेस पार्टी डडेल्धुुरा गहिरो समवेदना प्रकट गर्दछ ।


भीम बहादुर साउँद
सभापति

Want your business to be the top-listed Government Service in Dadeldhura?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dadeldhura