MechikaliOnline

Call Directions Website Contact the organization

MechikaliOnline Mechikali Online: Nepali News Portal, Nepal Online News Portal from Dang, Nepal.

05/10/2026

ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमार्फत डिजेल ढुवानी गरिएको छ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार, नेपाली सेनाको सहयोगमा म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी (कुनौटो) बाट बेगखोलासम्म करिब ४०० लिटर डिजेल ड्रोनमार्फत पुर्‍याइएको हो।

सडक अवरुद्ध भएपछि निर्माण तथा मर्मत कार्यमा प्रयोग हुने उपकरणका लागि इन्धन आपूर्तिमा समस्या देखिएको थियो। ड्रोनमार्फत इन्धन पुर्‍याएपछि महभीर, भीरकाटे र पोखरेबगर क्षेत्रमा सञ्चालित सडक निर्माण तथा मर्मतको कामलाई निरन्तरता दिन सहज भएको मन्त्री लम्सालले जानकारी दिनुभएको छ।

बाढीबाट क्षतिग्रस्त सडक खण्डमा पुनःनिर्माण तथा मर्मतको काम जारी रहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको जनाइएको छ।

05/10/2026
05/10/2026

रवि र गगनबीच सवाल-जवाफ कांग्रेस महाधिवेशनमा

सभापतिमा गगन पक्का जस्तै : अन्य पदाधिकारीमा उम्मेदवारीको होड👉 सभापतिमा गगन थापा निश्चितप्रायः — कांग्रेसको १५औँ महाधिवेश...
05/10/2026

सभापतिमा गगन पक्का जस्तै : अन्य पदाधिकारीमा उम्मेदवारीको होड

👉 सभापतिमा गगन थापा निश्चितप्रायः — कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि गगन थापाको उम्मेदवारी लगभग निश्चित देखिएको छ।

👉 किशोरसिंह राठोर अन्योलमा — स्थानीय विवादका कारण राठोरको सभापति उम्मेदवारीबारे अझै अन्योल कायमै छ।

👉 महामन्त्रीमा तीव्र प्रतिस्पर्धा — महामन्त्री पदका लागि आकांक्षीहरूबीच उम्मेदवारी घोषणा गर्ने होड बढेको छ।

👉 उपसभापतिमा पनि धेरै आकांक्षी — उपसभापति पदमा समेत उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ।

👉 पदाधिकारी संख्या बढाउने प्रस्ताव — पदाधिकारीको संख्या बढाउने प्रस्ताव अघि बढाइएको छ।

👉 केन्द्रीय सदस्य पनि बढाउने तयारी — केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्तावसमेत छलफलमा छ।

👉 पुस्तागत सन्तुलनमा जोड — नयाँ पुस्ता र पुरानो पुस्ताबीच सन्तुलन कायम गर्ने उद्देश्य प्रस्तावमा देखिएको छ।

👉 महिला सहभागिता बढाउने लक्ष्य — पार्टीको नेतृत्व तहमा महिला सहभागिता बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ।

👉 आकांक्षी व्यवस्थापन चुनौती — बढ्दो आकांक्षी संख्या व्यवस्थापन गर्न पद विस्तारलाई एउटा विकल्पका रूपमा अघि सारिएको देखिन्छ।

04/10/2026

कांग्रेस महाधिवेशनमा गगन थापाको भाषण

04/10/2026

गगनलाई रेशमको प्रश्न - गणतन्त्रसँग मेरो धर्म किन साटियो?

04/10/2026

कांग्रेस प्रजातान्त्रिक लोकतन्त्रका लागि बनेको हो – आरेन राई
The Congress was formed for liberal democracy – Aren Rai

दाउनेमा बस पल्टियो, ६ जनाको निधनशनिबार पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित दाउन्नेमा बस पल्टियो भएको छ । ६ जनाको ज्यान...
03/10/2026

दाउनेमा बस पल्टियो, ६ जनाको निधन

शनिबार पूर्व-पश्चिम राजमार्गको नवलपरासीस्थित दाउन्नेमा
बस पल्टियो भएको छ । ६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन्। बसमा १८ जना सवार थिए । प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस बाँकेको नेपालगन्जबाट काठमाडौं आउँदै थियो ।

01/10/2026

🇳🇵 The tourist attraction bridge built in 2005 connecting Chharhi and Dodhara has been washed away by floods.

01/10/2026

कुरा त्यही हजुर, धन्यवाद - Dhruvraj Rai, SSP

Address

New Road Ghorahi
Dang District
22400

Alerts

Be the first to know and let us send you an email when MechikaliOnline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to MechikaliOnline:

Shortcuts

Share