14/10/2026
निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
===========================
मिति २०८३।०६।२८ गते रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेज्यूद्वारा यस जिल्ला प्रहरी कार्यालय रसुवामा पाल्नु भई यस कार्यालयका विभिन्न शाखाहरुको निरीक्षण गर्नुभई कार्यालयको काम कारवाही, अपराध अनुसन्धान, हिरासत व्यवस्थापन, महिला, बालबालिका तथा जेष्ठ नागरिक प्रतिको सेवा र प्रहरी कन्ट्रोल रुमको कामकारवाही लगायतको बिषयमा जानकारी लिनु भएको थियो भने यस कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक अशोक थापाज्यूबाट जिल्लाको समग्र शान्ति सुरक्षाको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।