19/08/2026
दुल्लु अस्पतालमा पुनः सफल शल्यक्रियामार्फत शिशुको जन्म
दुल्लु अस्पताल, दुल्लु दैलेखमा आज मिति २०८३ साल भाद्र ३ गते पुनः एक गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
यस सफल शल्यक्रियाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने MDGP चिकित्सक डा. महेश सिलवाल, मेडिकल अधिकृत डा. अर्जुन प्रसाद जयसवाल, मेडिकल अधिकृत डा. मदन भण्डारी, स्टाफ नर्स सुनिता खत्री जानकि खातुन लगायत सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
दुल्लु अस्पतालमा गुणस्तरीय, सुरक्षित तथा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने हाम्रो निरन्तर प्रयास जारी रहनेछ।
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा धन्यवाद! 🙏@