New Golbazar

Directions Website Contact the organization

New Golbazar Community
हाम्रो गोलबजार राम्रो गोलबजार ❤️❤️ हाम्रो गोलबजार राम्रो गोलबजार ❤️❤️

मनोज मानव/मनोज महतो आज रिहा भए ...-अर्जुन थपलिया सामाजिक सञ्जालमा लाञ्छनायुक्त कथन सम्प्रेषण र सार्वजनिक शान्ति भंग गरेक...
09/10/2026

मनोज मानव/मनोज महतो आज रिहा भए ...
-अर्जुन थपलिया

सामाजिक सञ्जालमा लाञ्छनायुक्त कथन सम्प्रेषण र सार्वजनिक शान्ति भंग गरेको आरोपमा पक्राउ परेका थिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्का २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्...
09/10/2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्का २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी छन्।

वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। यस प्रकरणमा खड्कासहित हालसम्म ५ जना पक्राउ परिसकेका छन्।

  सशस्त्र प्रहरी बलका एआईजी वंशी राज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त भएका छन्।संवेदनशील सूचना चुहावट गरेको आरोपमा ...
09/10/2026

सशस्त्र प्रहरी बलका एआईजी वंशी राज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त भएका छन्।

संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाललाई गृह मन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उनलाई आजैदेखि लागू हुनेगरी विभागीय कारबाही गरिएको हो।

09/10/2026

गोलबजारमा अवैध उत्खननमाथि प्रहरीको एक्सन, ६ टिप्पर र जेसीबी नियन्त्रणमा!

📷-DineshYadav

१४ वर्षको लामो प्रतीक्षापछि महोत्तरीका २५० परिवारले पाए जग्गाको लालपुर्जा! महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० स्ववासी...
09/10/2026

१४ वर्षको लामो प्रतीक्षापछि महोत्तरीका २५० परिवारले पाए जग्गाको लालपुर्जा!

महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

२०६९/७० सालमै नापजाँच सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रियाका कारण रोकिएको लालपुर्जा वितरण अहिले अघि बढेको हो। यससँगै लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाणको प्रतीक्षामा रहेका परिवारलाई राहत मिलेको छ।

सिरहामा प्रहरी हिरासतबाटै लागूऔषध मुद्दाका थुनुवा फरारसिरहामा प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका एक थुनुवा फरार भएका...
08/10/2026

सिरहामा प्रहरी हिरासतबाटै लागूऔषध मुद्दाका थुनुवा फरार

सिरहामा प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका एक थुनुवा फरार भएका छन्। हिरासतबाटै थुनुवा फरार भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको छ।

जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या आरोपमा युवक पक्राउधनुषाको जनकपुरधाम–५ रहिमपथ नजिक पुरानो रिसइबीका कारण छुरा प्रहार...
08/10/2026

जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या आरोपमा युवक पक्राउ

धनुषाको जनकपुरधाम–५ रहिमपथ नजिक पुरानो रिसइबीका कारण छुरा प्रहार हुँदा २४ वर्षीय आमिन साफीको मृत्यु भएको छ भने २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय मोहम्मद इलसाद खान पक्राउ परेका छन्। थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते इम्तियाजको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

जनकपुरमा पुरानो रिसइबीमा चक्कु प्र'हार, युवकको मृ'त्यु; एक गम्भीर घाइतेधनुषाको जनकपुरधाम–५ रहिमपथ नजिक पुरानो रिसइबीका क...
08/10/2026

जनकपुरमा पुरानो रिसइबीमा चक्कु प्र'हार, युवकको मृ'त्यु; एक गम्भीर घाइते

धनुषाको जनकपुरधाम–५ रहिमपथ नजिक पुरानो रिसइबीका कारण चक्कु प्र'हार हुँदा २४ वर्षीय आमिन साफीको मृ'त्यु भएको छ भने २५ वर्षीय इम्तियाज राईन गम्भीर घा'इते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय मोहम्मद इर्साद खान पक्राउ परेका छन्। थप अनुसन्धानका लागि उनकी आमा ४२ वर्षीया सैमुन खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। घा'इते इम्तियाजको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र १ थान जेसिबी नि...
08/10/2026

गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र १ थान जेसिबी नियन्त्रणमा लिएको छ। अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको टोलीले सवारीसाधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधनका चालकहरू भने फरार भएका छन्। प्रारम्भिक रूपमा आवश्यक अनुमति नलिई उत्खनन् गरिएको देखिएको सशस्त्र प्रहरीले जनाएको छ।

गागन खोला तथा आसपासका वन क्षेत्र, निजी र ऐलानी जग्गामा समेत मापदण्डविपरीत उत्खनन् हुने गरेको स्थानीयको गुनासो छ। नगरपालिकाले सुरक्षा निकायसँग समन्वय गरी सवारीसाधन जिम्मा लिएर आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

गोलबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ'त्युसिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा ...
08/10/2026

गोलबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ'त्यु

सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट गोलबजार–३ निवासी ७८ वर्षीय कमलबहादुर श्रेष्ठको मृ'त्यु भएको छ।

बिहीबार बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो। घाइते श्रेष्ठलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर लगिएकोमा हरिनगरस्थित सरकारी अस्पतालमा चिकित्सकले मृ'त घोषणा गरेका हुन्।

मृतकको श"व प्रादेशिक अस्पताल लहान ल्याउने तयारी भइरहेको छ। मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Address

Golbazar
Golbazar

Alerts

Be the first to know and let us send you an email when New Golbazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Golbazar:

Shortcuts

Share