हल्का रमाईलो

हल्का रमाईलो

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हल्का रमाईलो, kathmandu, Gorkha.

12/04/2026

केराको पातले भुइ छुन्छ ।

07/10/2025
01/03/2022

17/10/2020

#सन्दर्भ: #आश्विन_शुक्ल_प्रतिपदा #घटस्थापना
#तस्विर: सन् १९७० मा बागमती नदीमा घटस्थापनाको लागी बालुवा निकालिंदै ||


#प्रचलन:
घटस्थापनाको दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात आफ्नो पायक नदी तथा खोलाबाट चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिने प्रचलन रहिआएको छ ।

#महत्व:
वैदिक यज्ञको लागि अत्यावश्यक मानिने जौबाट उमारिएको जमरा माता भगवतीलाई मन पर्ने वनस्पतिमा पर्ने भएकोले पनि जमरा उमार्ने प्रचलन रहेको धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि धर्मशास्त्रमा नभए पनि कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।
कालिका पुराणमा उल्लेख भए अनुसार हिन्दू संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित रहेका हुन्छन, त्यसैले जमरा राखिएको स्थान नजीकै जलपूर्ण घडा स्थापना गरी वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिने प्रचलन पनि रहिआएको छ । जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा गरिन्छ।
नवरात्रि आरम्भ भएको मानिने यसै दिन देखी नवमीसम्म नवदुर्गाको पुजा गरिन्छ । ब्रहृमवैवर्त पुराण अनुसार नवरातृभर पुजा गरिने नवदुर्गाहरु प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश रहेका छन ।
#जमराको_महत्व:
नवरात्री यमद्रष्टाको समयमा पर्ने र यो समयमा रोग लाग्ने हुँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि जमराको रस बढी फाइदाजनक देखिएको छ । नौरथामा जमराको रस खाने कुराहरु उल्लेख नगरे पनि अहिले विभिन्न अनुसन्धानहरुबाट जमरामा रहेको औषधीय गुण देखिएको छ । जौमा पाइने विभिन्न गुणहरुका कारण पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइ समृद्धिको प्रतिकका रुपमा जमरा लगाउने परम्परागत प्रचलन रहिआएको मान्न सकिन्छ |
#जौको_महत्व:
मानव सभ्यताको सुरुवाती अवस्था हेर्दा जङ्गली युगबाट सुरु भई कृषि युग सुरु भएको देखिन्छ । नदिको किनारामा भएको मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं बर्ष पुराना जौको अवशेष भेटिनुले ब्यवस्थित खेती गरिएको पहिलो अन्न नै जौ भएको देखिन्छ । सनातन हिन्दु धर्मका संस्कारहरुमा पनि जौ, तिल, तुलसी, कुश आदि अभिन्न अङ्ग कै रुपमा रहेका छन् ।

01/10/2020

राजदुतको कार्यकाल सकिएपछि कहाँ नियुक्ति लिने पिरलोले खतिवडा डिप्रेसनमा

18/09/2020

रानी लक्ष्मीदेवीको विश्वासपात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंहले रानी को आडमा गर्ने मनपरी तन्त्रका कारण श्री ५ राजेन्द्र उनलाई पन्छाइ आफ्ना विश्वासपात्र फत्तेजङ चौतारियालाई प्रधानमन्त्री बनाउन चाहन्थे । रानीको दबदबा रहेको तत्कालिन परिवेशमा गगनसिंह पछि रानीको कोही आफ्नो बनेको थियो भने ति जङबहादुर नै थिए । तर श्री ५ राजेन्द्रबाट आफ्नो योजनालाई मुर्त रुप प्रदान गर्न वि. सं. १९०३ भदौ ३१ गते राती गराइएको गगनसिंहको हत्याबाट जङबहादुर लाई सत्तामा आउन ठुलो मद्दत प्रदान गर्छ ।
आफ्ना विश्वासपात्रको रहस्यमय हत्याले बिक्षिप्त बन्न पुगेकी रानी ले हत्यारा बारे जङबहादुरसंग परामर्श गर्दा यसमा ठुला-ठुला मनिसको हात रहेकोले सबै भारदारहरुको निशस्त्र भेला भएको बेला इशाराले हत्यारा देखाइदिन सक्ने राय उनले रानीलाई दिए । रानीको आज्ञाबाट चौतारिया अभिमानसिंह बस्नेतले बि. सं. १९०३ आश्विन २ गते शनिबारको मध्यरातमा शामेलिको बिगुल बजाउन लगाई भारदाराहरुलाई कोतमा हाजिर गराए । आधारातमा भएको शामेलिमा सम्पुर्ण भारदारहरु निशस्त्र नै प्रस्तुत थिए ।
एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ जाँदा अभिमानका साथै तत्कालिन प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायत धेरै जनाको हत्या भएको कोतको हत्याकाण्डलाई नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड मानिन्छ ।
इतिहासकार पुरुषोत्तम शमशेरले यस हत्याकाण्डमा ५५ जवानको हत्या भएको निष्कर्ष प्रस्तुत गरेका छन । यद्दपी Stiller लिखित The Kot Massacre मा आधरित हुँदा यो हत्याकाण्डमा ३१ जवानको हत्या भएको, २९ भागेको, ३ मुडिएको, ५ परिवार सहित र २१ एकल रुपमा देश निकाल गरिएको तथ्य देख्न सकिन्छ ।
यो काण्डले जंगबहादुरको उदय गराइ तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर मोडेको थियो ।

01/09/2020

लिच्छवि राजा गुणकामदेवको समयमा प्रचलनमा आएको ईन्द्रजात्रा मल्लबंशी समयमा आइपुग्दा काठमाण्डौका अन्तिम मल्लबंशी राजा जयप्रकाश मल्लको पाला देखि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुखको उपस्थितिमा गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा अवलोकनको प्रचलन सुरुवात हुन पुग्यो | राजा जयप्रकाश मल्लबाटै जिवित देवी कुमारीको रथ जात्रा चलाईएको हो । लिंगो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन जिवित देवी कुमारी भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो काठमाण्डौंको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यो पर्व ललितपुर, भक्तपुर, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।
पौराणिक कथन अनुसार स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पारिजातको फूल टिप्न लाग्दा स्थानियले चोर भनी नियन्त्रणमा लिइ डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको समझनामा इन्द्रजात्रा मनाइएको कथान छ । यसपछि इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई बन्धनबाट मुक्त गराएर लागिएको देखिन्छ। कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भएकोले धान बाली राम्रो भएको कथन पनि सुनिन्छ ।

Want your business to be the top-listed Government Service in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu
Gorkha
BAGMATI