03/06/2026
सेवा करारमा लिने सम्बन्धी सूचना ।।
बारपाक सुलिकोट गाउँपालिकाको आधिकारिक फेसबुक पेज !!! Welcome to the official page of Barpak Sulikot Rural Municipality, Gorkha !!
03/06/2026
सेवा करारमा लिने सम्बन्धी सूचना ।।
03/06/2026
नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।।
02/06/2026
नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा सुझाव संकलनका लागि Zoom Meeting आयोजना गरिएको सम्बन्धी सूचना ।।
बारपाक सुलिकोट गाउँपालिका
Bishnu BhattaSan Maya Gurung
01/06/2026
प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!
बारपाक सुलिकोट गाउँपालिका
Bishnu BhattaSan Maya Gurung
29/05/2026
🏥 शहीद प्रेम ढकाल स्मृति आधारभूत (१५ शैय्या) अस्पताल समुद्घाटन सफलतापूर्वक सम्पन्न 🎉
गणतन्त्र दिवस २०८३ को शुभ अवसरमा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४, हुँडीफाँटमा नव-निर्मित शहीद प्रेम ढकाल स्मृति आधारभूत (१५ शैय्या) अस्पताल को समुद्घाटन तथा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँँपालिका घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिक अधिकार, समावेशिता र विकासका अवसरहरूलाई थप सुदृढ बनाएको छ। यसै ऐतिहासिक दिवसको अवसरमा आयोजित कार्यक्रमले स्वास्थ्य, शिक्षा र समृद्धिको यात्रामा गाउँपालिकाको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
कार्यक्रम अन्तर्गत विशेषज्ञ चिकित्सकहरूको सहभागितामा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। साथै "शहीदहरूको बलिदानी र संघीय लोकतान्त्रिक गणतन्त्र" शीर्षकमा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यार्थी तथा कृषक सम्मान कार्यक्रम समेत सम्पन्न गरिएको थियो।
त्यसैगरी, SEE परीक्षामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूबाट उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विशेष रूपमा युनिक पनेरु ले SEE परीक्षामा ४.० GPA प्राप्त गरी गाउँपालिकाको नाम गौरवान्वित बनाएकोमा प्रोत्साहनस्वरूप रु. १,००,००० (एक लाख रुपैयाँ) नगद पुरस्कार प्रदान गरिएको छ। त्यसबाहेक ३.४ GPA भन्दा धेरै अंक हाँसिल गर्ने अन्य १० जना विद्यार्थीलाई १०हजार र १५००० का दरले सम्मान गरिएको छ । 👏🎓
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाहरूबाट सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतका उपलब्धि तथा कार्यहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो, जसले गाउँपालिकाले हासिल गरेका प्रगतिहरूलाई जनसमक्ष प्रस्तुत गरेको थियो।
साथै चर्चित जनवादी कलाकार केशरी घर्ती मगर, दिपक राई तथा लोक तथा दोहोरी गायक सागर गुरुङ र सञ्जय गुरुङ लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय प्रतिभाहरूको सहभागिताले समारोहलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो। 🎶🎤
यस ऐतिहासिक अवसरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
स्वस्थ, शिक्षित, समृद्ध र आत्मनिर्भर बारपाक सुलिकोट निर्माणको यात्रामा यो कार्यक्रम एउटा महत्वपूर्ण कोशेढुंगा सावित भएको छ। 💙🙏
बारपाक सुलिकोट गाउँपालिका Bishnu Bhatta San Maya Gurung
28/05/2026
🏆 गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३: खेलाडीहरूलाई बिदाइ तथा शुभकामना! 🚩
मिति २०८३/०२/१५ गतेदेखि बागलुङमा सुरु हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गोरखा जिल्लाको टिममा छनौट हुन सफल बारपाक सुलिकोट गाउँपालिकाका खेलाडी भाइबहिनीहरूलाई हार्दिक बधाई! ✨
खेलाडीहरूको हौसला बढाउन गाउँपालिकाको तर्फबाट प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरूप रु. ५,००० (पाँच हजार) नगद सहयोग सहित आज एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। 🤝💰
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गाउँपालिका र जिल्लाकै नाम उच्च राख्न सफल हुनुहोस् भन्ने सम्पूर्ण खेलाडी भाइबहिनीहरूमा हार्दिक शुभकामना! 🏅
Bishnu Bhatta San Maya Gurung
28/05/2026
बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा डिभिजन वन कार्यालय गोरखाको आर्थिक सहयोगमा, यस बारपाक सुलिकोट गाउँपालिका वडा नं १ र२ मा "१० दिने उन को धागो बाट कपडा प्रशोधन र लोक्ता बाट नेपाली कागज प्रशोधन" सम्बन्धी प्राविधिक सीप विकास तालिम कार्यक्रम सम्पन्न भएको छ।
27/05/2026
बारपाक सुलिकोट गाउँपालिका द्धारा मिति २०८३/०२/१५ गते गणतन्त्र दिवसको अवसरमा आयोजित मा.वि. स्तरीय "शहीदको बलिदानी र संघीय लोकतान्त्रिक गणतन्त्र" विषयक वक्तृत्वकला प्रतियोगिताका प्रथम देखि सान्त्वना विजेता विद्यार्थी भाइबहिनीहरुको लागि यस बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी आरुबोट घर भई हाल कोरियामा अध्यापनरत डा. ठाकुर ढकाल ज्यूले रु.२०,००० (अक्षरुपी बिस हजार मात्र) सहयोग गर्नुभएकोमा उहाँलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।
26/05/2026
"सहिद प्रेम ढकाल स्मृति आधारभूत(१५ शैय्या) अस्पताल समुद्धघाटन समारोह"
यहि मिति २०८३ जेठ १५ गते गणतन्त्र दिवसको पावन अवसरमा बारपाक सुलिकोट गाउँपालिका-४ हुँडीफाँटमा, गाउँपालिका स्तरिय 'सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल' को भव्य समुद्घाटन, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा हुन गइरहेको छ।
यस विशेष अवसरमा विशेषज्ञ डाक्टरहरूद्वारा पेट, छाती, मुटु, कलेजो, हर्निया, थाइराइड र सुगर रोगको जाँच तथा निःशुल्क मुटुको भिडियो एक्स-रे सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हुँदा सम्पूर्ण आमाबुवा तथा दाजुभाइ, दिदीबहिनीहरूलाई उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
साथै उक्त समारोहमा वक्तृत्वकला प्रतियोगिता, विशेष सम्मान र चर्चित कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति समेत रहनेछ।
बारपाक सुलिकोट गाउँपालिका
Bishnu BhattaSan Maya Gurung
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |