गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–८, बुंकोटमा अवस्थित कोटकालिका मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण शक्ति–पीठ मानिन्छ। हरियाली डाँडामाथि बसेको यो मन्दिरबाट हिमालका सुन्दर दृश्य देखिन्छ र यस स्थानलाई आस्था, प्रकृति र परम्पराको संगमस्थलको रूपमा चिनिन्छ।
बर्षेनी बडादशैंको सप्तमीका दिन यहाँ फुलपातीको विशेष पर्व धुमधामका साथ मनाइन्छ। पाँच जना ब्राह्मण, मालश्री, नंगरे, सनाई र शंखको धुनसँगै भक्तजनहरूको ठूलो भीड मन्दिरबाट फुलपाती लिन देउराली संगमस्थल तिर जान्छ। उपासेले बोकेको फुलको डोली, निशानले बोकेको केराको थम्मा र कटुवालले बोकेको उखुको डाँठ सहितको जुलुस देउराली पुग्छ, जहाँ सबै टोलका फुलपातीहरू एकै ठाउँमा पार्सिने (मिलाइने) गरिन्छ। यसै स्थानलाई देवीको आशीर्वाद प्राप्त गर्ने पवित्र स्थल मानिन्छ।
देउरालीबाट फुलपाती पुनः कोटकालिका मन्दिर फर्काइन्छ र अष्टमी, नवमी र दशमी तीन दिनसम्म विशेष पूजा, बलि र अन्त्यमा फुलपाती विसर्जन गर्ने परम्परा रहँदै आएको छ। यस पर्वले गाउँमा एकता, श्रद्धा र संस्कृतिको संरक्षणको सन्देश दिन्छ।
शंखको धुन, मालश्रीको ताल र भक्तजनहरूको जयघोषले मन्दिर परिसर गुञ्जायमान हुन्छ। यो परम्परा बुंकोटको इतिहास, विश्वास र सांस्कृतिक गौरवको सजीव प्रतीक हो, जसको संरक्षण भावी पुस्ताका लागि अत्यन्त जरुरी छ।
“जहाँ आस्था बाँचिरहेछ, त्यहीँ संस्कृति अमर रहन्छ।”
- संकल्प श्रेष्ठ
शहिद लखन गाँउपालिका वडा नं-८
जनताबाट निर्वाचित, जनताका प्रतिनिधीहरुबाट जनतालाई सेवा दिने हाम्रो प्रतिबद्दता !!! Social Services.
07/10/2025
29/07/2025
यस सूचनामा उल्लेख गरिएको अनुसूची-१६ कार्यालयको आधिकारिक वेबसाइट https://gorkha.dolma.gpv.np मार्फत डाउनलोड गर्न सक्नुहुनेछ ।
Want your business to be the top-listed Government Service in Gorkha?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Address
Shahid Lakhan RM
Gorkha
34000
