25/06/2026
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले एन्फाले फिफा विधानको उल्लंघन गरेको भन्दै यो कठोर निर्णय गरेको हो ।
फिफाले जारी गरेको विज्ञप्ति अनुसार, फुटबल संघको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएकाले फिफा विधानको धारा १४ र ३ बमोजिम एन्फालाई निलम्बन गरिएको हो ।
यो निर्णयसँगै एन्फाले फिफा सदस्यको रूपमा प्राप्त गर्ने सबै अधिकारहरू गुमाएको छ । निलम्बन कायम रहुन्जेल नेपालको राष्ट्रिय टोली तथा कुनै पनि क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् । साथै, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्राप्त हुने विकास बजेट र अन्य सुविधाहरू पनि रोक्का हुनेछन् ।