Mina Kumari Lama

Directions

Mina Kumari Lama Mayor of Hetauda Sub-Metropolitan City ,Makawanpur ,Nepal
नगर प्रमुख - हेटाैडा उपमहानगरपालिका, मकवानपुर ,नेपाल ।

11/10/2026
11/10/2026

विहान उज्यालो हुन नपाउँदै फेरि बुढीगण्डकीमा भदौ १० मा भोटेकोशीमा आएको जस्तै ठूलो बाढी आयो भन्ने खबरले मन त्रसित बन्यो ।चाडबाढको समयमा कुनै घरमा पनि विपत्ति नपसोस् , प्रभू !

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेपछि ठूलो बाढी आएको छ ।

आइतबार बिहान ५ः३० बजे नदी थुनिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बिहान ६ः१५ बजेदेखि पानी बग्न थालेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले त्रिशूली दोभानसम्म नदी किनारमा नजान र उच्च स्थानमा सुरक्षित बस्न आग्रह गरेको छ । बाढीले तटीक्ष क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ ।

स्वस्थ्य र उर्जाशील जीवनका लागि नियमित व्यायाम गर्नु पर्छ भन्ने जनचेतना जगाउने उद्देश्यले  हेटौडा उपमहानगरपालिका वडा नं....
11/10/2026

स्वस्थ्य र उर्जाशील जीवनका लागि नियमित व्यायाम गर्नु पर्छ भन्ने जनचेतना जगाउने उद्देश्यले हेटौडा उपमहानगरपालिका वडा नं. १५ले अन्तरनगर वडास्तरीय वडा अध्यक्ष फिटनेस अभियान–२०८३ अन्तर्गत जिम तथा जुम्बा कार्यक्रमकोआयोजना गर्यो । उक्त कार्यक्रम सहभागी तथा आयोजक १५ वडा । वडा अध्यक्ष ज्यू , सदस्यज्यूहरू र कर्मचारी साथीहरू सबैलाई हार्दिक बधाई एवं धन्यवाद ।

“हाम्रो उत्पादन, हाम्रो पहिचान”हेटौंडा उपमहानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालित ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर...
10/10/2026

“हाम्रो उत्पादन, हाम्रो पहिचान”
हेटौंडा उपमहानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालित ढाका उद्यमी सम्मेलन तथा बजार प्रवर्द्धन कार्यक्रमले स्थानीय उत्पादनको प्रवर्द्धन, ढाका उद्योगको विकास तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि मा सहयोग पुग्नेछ ।

हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हेटौंडा जनप्रिय क्याम्पसमा बी.एस्...
10/10/2026

हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित तथा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हेटौंडा जनप्रिय क्याम्पसमा बी.एस्सी. एजी (B.Sc. Agriculture) कार्यक्रमअन्तर्गत दोस्रो क्याम्पस सभा तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । सभा सम्पन्न गर्न सहयोग र समन्वय गर्नु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछु ।

शुभदिन....! समयसँग समर्पित मीनाकुमारी लामा सबैकुरा समयको हातमा छ समयले नचाहे सम्म मानिस जति दौडोस ऊ गन्तव्यमा पुनै सक्दै...
09/10/2026

शुभदिन....!

समयसँग समर्पित

मीनाकुमारी लामा

सबैकुरा समयको हातमा छ
समयले नचाहे सम्म
मानिस जति दौडोस
ऊ गन्तव्यमा पुनै सक्दैन !
कि गन्तव्य भेट्दैन् !

समयले नै मानिसलाई
शिखरमा पुर्याउँछ
र समयले नै मानिसलाई
एकै झड्कामा फेदीमा पछार्छ
राजमार्ग आफ्नो मात्रै ठानेर
दौडिरहेको मानिसलाई
साँगुरा गल्लीतिर धकेल्छ

सिंहासनमा मानिसलाई
समयले नै बसाउँछ
समयले नै त मानिसलाई
पहिरोमा घिसार्छ

बलियो मानिस होइन
समय हो

समयसँग समर्पित भए पछि
जीवनमा कुनै दुःख आउँदैन
समयसँग समर्पित भए पछि
कसैले नथाम्ने हाँसो हाँस्नु पनि पर्दैन् !

07/10/2026

असोज ८-१२ को भारी वर्षाका कारण हेटौडा लगायत देशभरका विभिन्न स्थानमा पहिरो गयो । वर्षाका कारण जमिन गलेको छ । सडक किनारा गलेका छन् ।
हिजो देखि पु:न वर्षा सुरू भएको छ । गलेको जमिनमा पहिरो खस्न सक्छ । सडक किनारमा पहिरो जान सक्छ । पहिरो जोखिम क्षेत्रमा नजानुहोला । यात्रा गर्दा सचेत हुनुहोला !
पहिरोको जखिमप्रति हेटौडा उपमहानगरपालिका पूर्ण तयारी अवस्थामा रहेको छ । वर्षाका कारण कहीँकतै समस्या भए नगरलाई खबर गर्नुहोला !

06/10/2026

हेटौडा उपमहानगरपालिका चौकी टोल स्थित सुमो -इभी पार्कलाई आधुनिक तरिकाबाट व्यवस्थित गर्ने कार्य सुरू हुँदैछ ।
यो पार्क निर्माणमा स्थानीयवासी ।सुमो-इभी व्यवसायी तथा सरोकारवाला सबैले सक्दो साथ सहयोग गर्नु अनुरोध गर्दछु

हेटौडा उपमहानगरपालिका चौकी टोल स्थित सुमो -इभी पार्कलाई आधुनिक तरिकाबाट व्यवस्थित गर्ने कार्य सुरू हुँदैछ । हेटौडाबाट छु...
06/10/2026

हेटौडा उपमहानगरपालिका चौकी टोल स्थित सुमो -इभी पार्कलाई आधुनिक तरिकाबाट व्यवस्थित गर्ने कार्य सुरू हुँदैछ ।
हेटौडाबाट छुट्ने सुमो तथा इभी गाडीहरूको व्यवस्थित पार्क स्थलको अभावमा सवारी संचालक तथा यात्रुले समस्या झेल्नु परिरहेको थियो ।
यो पार्क निर्माण पश्चात अनुशासित र व्यवस्थित ढंगबाट सुमो-इभीको पार्किङ स्थल बन्ने छ । यही पार्कबाट मात्रै गन्तव्यका लागि गाडी छुट्ने छन् ।
यो पार्क निर्माणमा स्थानीयवासी ।सुमो-इभी व्यवसायी तथा सरोकारवाला सबैले सक्दो साथ सहयोग गर्नु अनुरोध गर्दछु

स्थानीय कृषि उत्पादनको  प्रयोग ! स्थानीय कृषकको  सम्मान !! हेटौडावासीका लागि एउटा  उत्सव । कृषि तथा स्थानीय उत्पादन ,प्र...
06/10/2026

स्थानीय कृषि उत्पादनको प्रयोग ! स्थानीय कृषकको सम्मान !!
हेटौडावासीका लागि एउटा उत्सव । कृषि तथा स्थानीय उत्पादन ,प्रर्दशनी तथा व्यापार मेला- २०८३ । असोज २५गते देखि २८ गतेसम्म सहभागी बनौँ । हेटौडाका कृषकलाई सम्मान तथा प्रोत्साहित गरौँ।

Address

Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Mina Kumari Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share