Rastriya Swatantra Party Hariwan

Directions Website

Rastriya Swatantra Party Hariwan " स्वच्छ राजनीति, इमान्दार नेतृत्व र नयाँ सोचसहित स्थानीय विकासको अभियानमा हरिवन - ८ "

जनताले नयाँ भवन होइन, समयमा डाक्टर र निःशुल्क औषधि खोजेका हुन्। सेवा कमजोर हुने तर भवन थपिँदै जाने हो भने विकासको अर्थ क...
11/06/2026

जनताले नयाँ भवन होइन, समयमा डाक्टर र निःशुल्क औषधि खोजेका हुन्। सेवा कमजोर हुने तर भवन थपिँदै जाने हो भने विकासको अर्थ के रह्यो ? पहिले भएको स्वास्थ्य सेवा सुधारौं, त्यसपछि नयाँ संरचना बनाऔं । कार्यकर्ता लाई पोस्ने कार्य कैले बन्द हुन्छ ?

“विधान, विधि र प्रक्रिया सबैका लागि बराबर हो।उम्मेदवारी दर्ता गर्न ६ महिना सदस्यता पुगेको हुनुपर्छ भने त्यो नियम सबैले प...
29/05/2026

“विधान, विधि र प्रक्रिया सबैका लागि बराबर हो।
उम्मेदवारी दर्ता गर्न ६ महिना सदस्यता पुगेको हुनुपर्छ भने त्यो नियम सबैले पालना गर्नुपर्छ।
व्यक्ति होइन, प्रणाली बलियो हुनु जरुरी छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यो विधान (२०७९, तेस्रो संशोधन २०८१ सहित) अनुसार, तपाईंले सदस्यता लिएको २५ दिनमै नगर उपसभापति पदको उम्मेदवार बन्न पाउनुहुन्न।

यसका मुख्य कारणहरू विधान अनुसार यस प्रकार छन्:

१. क्रियाशील सदस्यता (Active Membership) को आवश्यकता: विधानको धारा १३ (३) र निर्वाचन सम्बन्धी व्यवस्थाहरू अनुसार, पार्टीको कुनै पनि तहको पदाधिकारी (जस्तै: नगर उपसभापति) को उम्मेदवार बन्नका लागि अनिवार्य रूपमा 'क्रियाशील सदस्य' हुनुपर्छ। साधारण सदस्य मात्र भएर उम्मेदवारी दिन पाइँदैन।

२. न्यूनतम अवधि (Time Period): विधान अनुसार क्रियाशील सदस्यता प्राप्त गर्न र स्थानीय तहको कार्यसमितिमा उम्मेदवार बन्नका लागि एउटा निश्चित समय अवधि (जस्तै कम्तीमा ६ महिना वा सोभन्दा बढी) पार्टीमा आबद्ध रही तोकिएको प्रक्रिया पूरा गरेको हुनुपर्छ।

२५ दिनको छोटो अवधिमा साधारण सदस्यताबाट क्रियाशील सदस्यतामा स्तरोन्नति हुने र उम्मेदवारी दिन पाउने प्रावधान यो विधानमा छैन। त्यसैले तपाईंले २५ दिनमै नगर उपसभापतिको उम्मेदवारी दिन पाउनुहुन्न।

हरिवन नगरपालिकाको फेदी क्षेत्रको वास्तविक अवस्था !नयाँ कालोपत्रे सडक बनेको केही समयमै किनाराबाट भासिन थालेको छ ।यस्तो गु...
27/05/2026

हरिवन नगरपालिकाको फेदी क्षेत्रको वास्तविक अवस्था !
नयाँ कालोपत्रे सडक बनेको केही समयमै किनाराबाट भासिन थालेको छ ।
यस्तो गुणस्तरहीन काममा सम्बन्धित निकायको ध्यान जाओस् ।
जनताको करबाट बनेको विकास दिगो हुनुपर्छ, देखावटी होइन ।

झोले बनेर के नापियो ?नयाँ सरकार आउँदा बित्तिकै मेरो पनि लाइसेन्स छापियो!😜
30/04/2026

झोले बनेर के नापियो ?
नयाँ सरकार आउँदा बित्तिकै मेरो पनि लाइसेन्स छापियो!😜

हरिवन–८ मा खानेपानीको नाममा “डिप बोरिङ” गाडियो, तर परिणाम शून्य।जनताको प्यास अझै उस्तै छ, तर कागजमा काम सम्पन्न देखाइन्छ...
25/04/2026

हरिवन–८ मा खानेपानीको नाममा “डिप बोरिङ” गाडियो, तर परिणाम शून्य।
जनताको प्यास अझै उस्तै छ, तर कागजमा काम सम्पन्न देखाइन्छ।

असफल योजनाको छानबिन गरौं ।
बजेट कहाँ गयो हिसाब मागौं ।
जिम्मेवारलाई जवाफदेही बनाऔं ।

पानी जस्तो आधारभूत अधिकारमा खेलवाड गर्ने छुट कसैलाई छैन।
हरिवनका जनता अब मौन बस्दैनन्,
हिसाब चाहिन्छ, समाधान चाहिन्छ! 💧🔥

18/04/2026

सूचना / निमन्त्रणा

राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही क्षेत्र नम्बर ३ का माननीय श्री नरेन्द्र शाहज्यू तथा जिल्ला सभापति श्री सरोज बानिया ज्यूको गरिमामय उपस्थितिमा मिति २०८३ साल वैशाख ६ गते आइतबार (भोलि) दिनको १२:३० बजे हुन गइरहेको समीक्षा बैठकमा सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गतका सम्पूर्ण साथीभाइ, शुभचिन्तक, जिल्ला तथा वडा तहका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

📍 स्थान: प्याराडाइज पार्टी प्यालेस, बरहथवा वडा नं. ६
यहाँहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउने विश्वास लिइएको छ।
धन्यवाद।

05/04/2026

मुद्दा हाल्ने युवराज सफल भर्खरै पक्राउ परे ।😀

अहिलेको आन्दोलनमा जाने विशेषगरी युवा साथीलाई मेरो सानो अनुरोध कृपया जो जो आ-आफ्नो भाद्री संगठनको साथीहरु हुनुहुन्छ चाहे ...
29/03/2026

अहिलेको आन्दोलनमा जाने विशेषगरी युवा साथीलाई मेरो सानो अनुरोध कृपया जो जो आ-आफ्नो भाद्री संगठनको साथीहरु हुनुहुन्छ चाहे त्यो एमाले, कांग्रेस, माओवादी, राप्रपा जुनसुकै होस कृपया आन्दोलनमा जानू भन्दा पहिले एकपट सोचिदिनुहोला किनकी अहिलेको सरकार भनेको बलियो र स्थिर सरकार हो, केही गरि आवेगमा आएर कतै तोडफोड मा परियो भने हजुरहरुलाई छेतिपुर्ती सहित सार्वजनिक मुद्दा लाग्छ । पहिला जस्तो होइन। पहिले पो पार्टीको मान्छे हुन्थ्यो सत्तामा आफ्नै शीर्षनेताहरु हुन्थे निकाल्थे , तर आहिले सम्भव छैन तारिख धाउदा धाउदा दुख वाक्क भहिन्छ, विशेषगरी वैदेशिक रोजगारी जाने सोच भाकाहरुलाई झन कठिन हुन सक्दछ पुलिस रिपोर्ट देखि सबैमा वा कुनै पेशा व्यवसायमा हुनुहुन्छ भने त्यतातिर ध्यान नदिएर चौपट हुन सक्छ। तसर्थ ध्यान दिनुहोला युवा साथीहरुलाई मेरो विनम्र अनुरोध अलिकति अलर्ट भइदिनु होला त्यसरी हामी त पार्टीको मान्छे हो संगठनको मान्छे हो जानुपर्छ जाउँ भनेर उकासदैमा नहिड्नुहोला अफ्नो विवेक प्रयोग गर्नुहोला अब देश सुशासन समृद्धिको पक्षमा अगाडि बढिसक्यो कसैले केही भनेर फेसबुकमा नानाथरी स्टाटस हालेर हुनेवाला केही छैन। तिनी सब भ्रम मात्र हुनेछन आफै दुःख पाउनुहुनेछ धन्यवाद🙏🙏

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग गरिएको छ काम धमाधम
29/03/2026

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भङ्ग गरिएको छ काम धमाधम

Address

Harion
Janakpur
977

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party Hariwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share