16/02/2025
"साप्ताहिक निरीक्षण कार्यक्रम सम्पन्न"
मिति २०८१।११।०४ गते |
साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत आज यस कार्यालयका सम्पुर्ण शाखाहरु एवं मेष, हिरासत कक्ष , व्यारेक तथा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट समेतको निरीक्षण कार्यक्रम यस कार्यालयका कार्यालय प्रमुख प्र.नि. पवन पछाई ज्यु बाट सम्पन्न भएको छ।
25/01/2025
मिति २०८१/१०/१२ गते यस इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा तालुक मधेश प्रदेश प्रहरी कार्यालय धनुषाबाट कार्यालय प्रमुख श्रीमान् प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य ज्युको नेतृत्वमा अनुगमन टोली पाल्नुभई यस कार्याल तथा मातहतको प्रहरी चौकी अमृतगंज खजानीमा नव निर्मित भवनहरुको अवलोकन तथा अनुगमन गरी प्रहरी कार्यप्रती उच्च मनोवलात्मक आवश्यक राय, सल्लाह सुझाव, निति निर्देशन, सहकार्य र भेटघाट कार्यक्रम सु-सम्पन्न गरिएको ।
12/01/2025
आज मिति २०८१/०९/२८ गते यस इ.प्र.का. सिम्रौनगढ बारामा तालुक नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंज,पर्सा (हाल जनकपुर) का कार्यालय प्रमुख श्रदेय श्रीमान प्र.ब.उ. सुरेन्द्र बहादुर गुरुङ ज्यूको कमाण्डमा खटि आउनु भएका अनुगमण तथा निरिक्षण टोली पाल्नु भई CAP को बार्षिक कार्य सम्पादन सम्बन्धमा निरिक्षण तथा अनुगमण कार्य सम्पन्न गरिएको ।
10/01/2025
यस इ.प्र.का.सिम्रौनगढ बाराको प्राङ्गणमा मिति २०८१/०९/२६ गतेका दिन यसै कार्यालय द्वारा आयोजित यस क्षेत्र अन्तर्गतका बिभिन्न स्थानिय निकाय, जनप्रतिनिधि, भद्रभलाद्मी, नागरिक समाज, समाज सेवि, महिला सञ्जाल, व्यवसायि तथा पत्रकार लगाएतका अं. ५५/६० जनाको उपस्थितिमा प्रहरीले गर्ने सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गतको एक उत्कृष्ट नागरिक सुनुवाई कार्यक्रम संचालन सम्पन्न गरिएको ।