Mission To Support MTS

Directions

Mission To Support MTS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mission To Support MTS, Social service, Kathmandu.

Breaking 😯 पहिले स्वा'स्थ्य वि'मा लागू भएका केहि अस्प'तालहरुमा हाल, स्वा'थ्य बि'मा बन्द गरेको र स्वा'स्थ्य वि'मा लागु भए...
18/04/2026

Breaking 😯 पहिले स्वा'स्थ्य वि'मा लागू भएका केहि अस्प'तालहरुमा हाल, स्वा'थ्य बि'मा बन्द गरेको र स्वा'स्थ्य वि'मा लागु भएका अस्प'तालहरुमा पनि स्वा'स्थ्य वि'मा भित्र पर्न जाने प्राय: औ'षधिहरु नपाईने र बाहिर बाट कि'न्न पर्ने समस्'या आएको गुना*सो बढिरहेको छ। #गुनासो

 +2 सकेर जापान आउने रहर गरेका हरु , बाध्य भएर जापान रोज्ने हरु , कोहि चिनेजानेका ले बोलाएर जापान जाने सोचेका हरु ! केहि ...
12/04/2026


+2 सकेर जापान आउने रहर गरेका हरु , बाध्य भएर जापान रोज्ने हरु , कोहि चिनेजानेका ले बोलाएर जापान जाने सोचेका हरु ! केहि नलुकाई जस्ताको तस्तै तितो र गुलियो लेख्दै छु ।
कहाँ बाट सुरु गरौँ, कथा कर्णाली भन्दा लामो छ ! सेति भन्दा गहिरो छ र बास्तबिकता बाग्मति झै बाध्य छ ।

सजिलै भिषा लाग्ने र कुन देश जान लाको भन्दा जापान भनेसी २१ तोप को सलामी पाइने हाम्रो देश बाट विध्यार्थि भिषामा जापान आईपुग्न मोटामोटि १७-२० लाख खर्च हुन्छ । र जापान आउने हरकोहि को जीवनस्तर त्यो २० लाख घरमा नभएको तर यताउता बाट जुटाउन सक्ने र जापान जान लाको भनेसी ढुक्क ले पत्याईने मा पर्छ! ६ महिना एक बर्ष यताउताको तयारी गरेसि भिषा आउछ । भिषा आएर जापान उडने अघिल्लो दिन आमाले अचार र सातु मात्रै पोको पारिदिन्निन, बाले स्विटर र गलबन्दि मात्रै पोको पार्दिदैनन , पोको पर्छ १५ लाख को रिण र पुग्छ बल्ल ३० कि लो को जापान लान मिल्ने झोला ।

त्यो १५ लाख को झोला भित्र, जापान मा १८ महिना कि त २४ महिना को लागी भाषा पढाउने स्कुलमा भर्ना हुन्छ जसमा ६ महिनाको पढाई खर्च र ६ महिनाकै होस्टेल खर्छ भरिएको हुन्छ । जुन स्कुलमा भर्ना भयो उसैले हेरफेर गर्ने गरी तिमी जापान आउछौ ! तिम्लाई लिन एयर्पोर्ट मै स्कुल को मान्छे आउछ र लैजान्छ अनि थन्काउछ ! तिमी भन्दा पहिल्लै आएर झुत्रो होस्टेल को साधुरो कोठामा थन्किएका हरु सँग । त्यहि सुरु हुन्छ तिम्रो जापान यात्रा र तिम्रो शरिर ले आत्मा छोड्ने खेल ।

आउछौ स्कुल भर्ना हुन्छौ ! के पढने खासै चासो हुदैन - पैला काम लागी हाल्न पाए सबै सल्टिन्थ्यो जस्तो लाग्छ । तिम्लाई जती पिर पैसा कमाउने हुन्छ त्यति पिर तिम्रो स्कुललाई हुन्छ , यल्लाई काम लाईदिन पाए यस्ले पैसा तिर्थ्यो । स्कुल ले यहाँ का उधोग हरु सँग सम्बन्ध बनाएको हुन्छ जहाँ बिचौलिया बनेर तिमि काम गर्ने हरेक घण्टा बाट २-४०० निचोडेर तिमीलाई प्रतिघण्टा १२०० सम्म को काम हरु लगाई दिन्छ ।

कलिलो शरिर र फुर्तिलो जोस लिएर आएका तिमी हरु के र कस्तो नहेरी काम जान्छौ , राती दिन काम गर्छौ र दु ख ले महिना को डेड लाख कमाउछौ जसबाट १ लाख स्कुललाई तिर्छौ , ५ हजार फोन को बिल , १० हजार खाना र गाडि भाडा बाकि बच्यो ३५ हजार ! आफ्ना अरु खर्च कटाएर घरै पठायौ भने नी जापानीज पैसा नेपाल पुग्दा ३२ हजार पुग्छ ! त्यो ३२ उता आमा लाई हात्ति को मुख मा जीरा हुन्छ ।
यहि चक्कर मा २ बर्ष जान्छ ।

तिमी ले भाषा मात्रै पढेर हुदैन । नेपाल मा Bachelors नगरी आएपछि यहाँ को अर्को दुई बर्षे स्कुल जानु पर्छ । जहाँ भर्ना हुनु अगाबै ४ लाख तिर्नु पर्छ जुन जोगाउन तिमीलाई ७ महिना काम गर्नु पर्छ । दुई बर्ष गैसक्यो ! बाकि दुई बर्ष नी कमाई उत्ति हो ! खर्च त्यसको डबल ! अब मुस्किलले जोगीन्छ १० हजार । अबको दुई बर्ष मा धेरै घर पठाएछौ भने २ लाख हो । गयो ४ बर्ष ! हात मा लायो शुन्य। यहाँ को पढाई केबल visa जोगाउन लाई हो । जे सुकै पढ तिम्ले काम गर्ने उहि हो ! जे पाउछ त्यहि । कामको बोझ मा भाषा सम्म ढंगले सिक्न पाउदैनौ अनि कारखाना मा मजदुर हुनु पर्छ । भाषा नभएसी आफ्नै बलबुतो ले जागीर पाउदैनौ ! बिचौलिया लाई २/३ लाख तिरेर काम छिर्छौ र जोगाउछौ visa अनि सामेल हुन्छौ एक घटिया जीन्दगी मा हप्ता भरी काम गर्ने गरी !
कैले पैसा कमाउछौ ? कैले घर बनाउछौ ? कैले खुशी पार्छौ बा-आमा ? कैले पुरा गर्छौ तिम्रा सपना ? एक्लै ले ?
बरु नेपाल जान्छौ , रिन खोजेर बिहे गर्छौ ! जापान छ भनेसी नेपाली हुरुक्कै ! यथार्थ देख्न सबै जना अन्धो । dependent मा partner जापान ल्याउछौ र जोतिन्छौ दुई जना । अब कमाई डबल , खर्च लगभग उति तर तिमी एक्लै छैनौ । बिहे गरेर आएको छौ , घरकै ले नातीनातीना को रहर गर्छन , तिमी बाध्य भएर छोरछोरी पाउछौ र सामेल गराउछौ तिम्रै दिग्दार जीन्दगी को दौड मा कोहि अबोध । यति हो ।
यहाँ जागीर गर्दिन आफ्नै व्यापार गर्छु भन्न लाई ३ करोड जम्मा गर्नु पर्छ , त्यो तिमी र म जस्तो लाई आकाश कै फल हो । जति बर्ष बसेनी यहाँ को माटो आफ्नो हुदैन। ल त नी भन्दा भन्दै १०-२० बर्ष यतिकै जान्छ ।

यदि तिमी यहि सतह मा छौ र सतहमै तैरिन्छौ भने चल्छ जिन्दगी तर म झै गहिराईमा एक्लै र आफ्नो लागी डुब्ने सोच छ भने तिमी सिकार हुदै छौ ।
हतार नगर ! मैले त आए देखि नै जापानिज हरु को संगत गरे र बोल्न सक्ने भए , मन लाको काम पाउछु । आएको तिन बर्ष मा १८ ओटा काम फेरी सके । चित्त नबुझे ठाउको ठाउ काम छोड्छु र भोली नयाँ काम पाउछु । मैले दुख खुब गरेको छु , दुख पाएको छैन । मैले जती सजिलो काम सायदै कसैले पाउला । तर काम जती नै सजिलो भएनी खटिनु त पर्यो । मलाई दिनकै काम जान मन पर्दैन । त्यसैले तीन दिनमा एक हप्ता को काम नसुती, नखाई गर्छु र ४ दिन मस्त ले घरमा बस्छु ता कि मलाई ऐना हेर्न समय मिलोस ।
मेरो आज को खर्च , महिना मा हिसाब गर्दा ;
१ लाख कलेज लाई , ५० हजार कोठा भाडा , १४ हजार स्वास्थ्य बिमा र खानपिन अनी हिडडुल खर्च ४० हजार !
एउटा काम बाट १,७०,००० कमाउछु जो ले आधारभुत खर्च पनि टर्दैन ! अर्को काम लगन अनुसार कैले हुन्छ कैले हुन्न ! भएको अलि अलि जम्मा हुदा घर पठाईदिन्छु ।
महिना मा ३ लाख कामाएनी खर्च २ लाख बढि भएसी के अर्थ छ प्रदेशी हुनु को । म आफ्नो लागी मन लाको रहर किन्न सक्दिन , ४०० को प्याज महंगो लाग्छ , ३०० को साग को मुठ्ठा किन्ने आट आउदैन ! यो सबै दुख , परिबार र देश बाट टाडा, आफु र आत्माबिहिन भएर कैले सम्म चल्छ र कैले पुरा हुन्छ मेरा छोडेर बा-आमा को रहर ?
अरु को लहलहैमा नलाग ! यहाँ ५००० मा किनेका शिरपाउ छोप्ने लुगा र किस्ता मा किनेका iPhone देखेर नलोभिनु ! यथार्थ कसैले देखाउदैनन ! नत्र मान्छे को जात साच्चै सजिलो भए तिम्लाई किन उक्साउथे र आईजा भन्दै ।

बरु नेपाल मै बोरा बोक , जागीर गर र महिना को १० हजार कमाउ ! जसोतसो bachelor सकाउ अनि आउनै परे बल्ल आउ । आएर दुई बर्ष भाषा पढ अनि working visa मा काम गर । बोझ अलि हल्का होला । कमाएको पैसा टुंगो लाग्ला । सामान्य सोच लिएर आउ जिन्दगी सरल कट्ला । म त जन्मिदै राज याग मा जन्मिएको हरेक दिन दास हुनु पर्दा पिरोलिन्छु ।

मैले ४ बर्ष मा अनावश्यक पढाई को नाम मा ५० लाख फाल्दैछु ! त्यो बिच को मेरो समय , नसुते का रात हरु , थल्लिएको शरिर र निचोडिएको आत्मा को हिसाब पछि गरौला ।

अब एक बर्ष मा मेरो पढाई सकिन्छ ! पढ्न लाई लागेको साथी भाईको रिण तिर्न एक बर्ष अनि अर्को दुई बर्ष काम गरे भने बल्ल नेपाल आउने खर्च जुट्छ । आमाले पुराईदिएको ३० किलो को झोला भरेर आमालाई लग्दिने हैसियत बन्छ । त्यो मेरो व्यक्तिगत जीम्मेबारी
हो र अझै २/३ बर्ष यसरि नै बेचिदिन्छु ।
मलाई यो घटिया जीवन मा धेरै रुमलिनु छैन । मलाई कसैलाई बिहे गरेर मेरा दुख मा भागीदार गराउनु छैन न त नयाँ सन्तान जन्माएर मैले पुरा गर्न नसकेका सपना को भारी बोकाउनु छ । मेरो ३० बर्ष यहि रनथन मा गयो । अब घर पुग्दा सम्म कैले हुने हो के था , पहाड जत्रा मेरा आफ्नै सपना छन ! सके जति पुरा गरेछु भनेनी नसकेका हजार छुटनेछन । तिनै बाट १-२ छानेर फेरी नेपाल मा संघर्ष गर्न फर्किन्छु , केहि जिम्मेबारी हरु टुंगो लाउछु र बाटो लाग्छु म मेरो खोजी मा ।
पछि लाई सैलो होस भनेरै ऐले देखी आफ्ना हरु बाट टाडिने दाउमा छु ! जाने बेला मलाई हलुंगो भएर जानु छ ! (सायद ऐले देखी हलुंगो हुनु छ )
कतै अन्जान टाकुरा मा ! खोलाको छंगछंग सुन्दै जंगल को बाटो ! चौपारी मा बस्दै ! बटुवा लाई बाटो देखाउदै ! कतै सुनसान भिर मा भिड बाट पर ! जहाँ म जतै कोल्टो फेरे नी हिमाल देखिने छ , त्यता पहाडले सेप्ने छ , त्यहाँ म मेरै अस्तित्व सिरान लाएर तारा गन्दै बर्षौ को निन्द्रा निदाउने छु ! आखा खुले लेख्नेछु एक पातो शव्दश्रिंगार , नखुले राम नाम ! म मस्त अस्ताउने छु — मेरै चैतन्य अलकापुरी मा ।

सामाजिक संजालमा अहिले एक जना बुबाको भिडियो भाइरल बनेको छ..उहाँ रुदै भन्नुहुन्छ: "मेरो घर महोत्तरी हो, मेरो छोरिले रामगोप...
05/04/2026

सामाजिक संजालमा अहिले एक जना बुबाको भिडियो भाइरल बनेको छ..उहाँ रुदै भन्नुहुन्छ: "मेरो घर महोत्तरी हो, मेरो छोरिले रामगोपाल नगरमा Love marriage मा बिहे गरेको थियो, मैले गर्दिएको पनि होईन। बिहेको एक महिना पछी छोरिको घरबाट दा*इजोको कुरा आयो र मसंग झ*गडा पनि भयो त्यसको ३/४ दिन पछी मेरो छोरिलाई नै मा*र्दि*यो..मैले दा*इ*जो दिन नसकेकै कारण मेरो छोरिले ज्या*न गुमायो, मेरो मु*द्दा एमालेको त्यतिबेलाको मधेसको मन्त्री सरोज यादवले दर्ता गर्न दिएन। यो एक वर्ष अगाडीको कुरा हो। मेरो दु!ख कसैले बुझेन अनि अहिले मेरो दिलमा उमंग जाग्यो यो सरकारले मु*द्दा दर्ता गर्दिन्छ कि भनेर...गृहमन्त्री सरले अहिले दर्ता हुन्छ भनेको छ।"

By: Update24/7

05/04/2026

न्याय कहिले मर्दैना भन्ने आसमा छौ हामी नेपाली जनता

कस्तो थियो रुप कस्तो भयो जिन्दगी !एमाले नेताले आफ्नो बला #त्कार गरेको आरोप लगाउने महिलाको बिगत र अहिलेको हबिगत 💔💔💔
04/04/2026

कस्तो थियो रुप कस्तो भयो जिन्दगी !

एमाले नेताले आफ्नो बला #त्कार
गरेको आरोप लगाउने महिलाको
बिगत र अहिलेको हबिगत 💔💔💔

सुर्खेतकी इनिशा विकको सामूहिक ब!लात्कारपछि नै हत्या गरिएको दाबीसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरी अ!नुसन्धान...
29/03/2026

सुर्खेतकी इनिशा विकको सामूहिक ब!लात्कारपछि नै हत्या गरिएको दाबीसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरी अ!नुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अ!दालत सुर्खेतमा मुद्दा दायर गरेको हो।

निर्मला पन्त को फाइल Re-0pen गर्न गृहमन्त्री को निर्देशन 😳
29/03/2026

निर्मला पन्त को फाइल Re-0pen गर्न गृहमन्त्री को
निर्देशन 😳

नया प्रधानमन्त्री बालेन शाह लाई तथा हामि सबै नेपाली लाई शुभकामना ❣️
27/03/2026

नया प्रधानमन्त्री बालेन शाह लाई तथा हामि सबै नेपाली लाई शुभकामना ❣️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mission To Support MTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category