Gyanendra Raut

Directions

Gyanendra Raut वसुधैव कुटुम्बकम् !!

20/09/2026

गरिबी र धनीबीचको सापेक्ष दूरीमा व्यापार खोज्नेहरूको अभिनयलाई जीवन ठान्नेले टिकटको मुल्य तिर्नैपर्छ। ताली बजाउँदै पात्रका कुरा सुन्नुहोस्, तर आफ्नै बारी बाँझो राखेर बजारबाट ऋणमा अन्न किन्न थाल्नुभयो भने नाटक सकिएपछि वास्तविक जीवन सुरु हुन्छ।

17/09/2026

ॐ अघोरेभ्योऽथ घोरेभ्यो घोरघोरतरेभ्यः।
सर्वतःशर्व सर्वेभ्यो नमस्ते अस्तु रुद्ररूपेभ्यः🔱🙏

आज सोमवार।। श्री पशुपतिनाथ भगवानको दर्शन सङ्गै शुभ बिहानी। जय श्री पशुपतिनाथ भगवान🕉️🙏❤️🇳🇵
14/09/2026

आज सोमवार।। श्री पशुपतिनाथ भगवानको दर्शन सङ्गै शुभ बिहानी। जय श्री पशुपतिनाथ भगवान🕉️🙏❤️🇳🇵

Sunday Morning & Statue of Kalinchowk Bhagwati at Dolkha.🙏🏻Photo. Niraj Patel (गाउँले)
13/09/2026

Sunday Morning & Statue of Kalinchowk Bhagwati at Dolkha.🙏🏻
Photo. Niraj Patel (गाउँले)

07/09/2026

“विज्ञान र विज्ञापनमा पिल्सिएको समाज”

विज्ञानले मानिसको आवश्यकता पूरा गर्न वस्तु र प्रविधि निर्माण गर्‍यो। विज्ञापनले ती वस्तुलाई मानिसको आवश्यकता जस्तो देखाउन थाल्यो। आवश्यकता र चाहनाबीचको सीमा विस्तारै मेटिँदै गयो।

विज्ञानले भन्यो, “के गर्न सकिन्छ?”
विज्ञापनले भन्यो, “के चाहनुपर्छ?”
बजारले भन्यो, “किन्नुपर्छ।”

यसरी आधुनिक समाज विज्ञानको उपलब्धि र विज्ञापनको प्रभावबीच पिल्सिएको देखिन्छ। विज्ञानले जीवन सहज बनाउँदै गयो, तर विज्ञापनले सहज जीवनलाई निरन्तर उपभोगको जीवनमा बदल्दै गयो।

उदाहरणका लागि, मोबाइल सञ्चारको आवश्यकता पूरा गर्न आएको प्रविधि हो। तर विज्ञापनले मोबाइललाई सञ्चारको साधनभन्दा बढी प्रतिष्ठा, आकर्षण र सामाजिक पहिचानसँग जोडिदियो। पुरानो मोबाइलले काम गरिरहेकै अवस्थामा नयाँ मोडल चाहिन थाल्यो। यहाँ आवश्यकता विज्ञानबाट आयो, तर नयाँ आवश्यकता विज्ञापनले निर्माण गर्‍यो।

त्यसैले प्रश्न विज्ञान गलत दिशामा गयो भन्ने होइन। प्रश्न यस्तो हो:

“विज्ञानले हाम्रो जीवन सहज बनाउँदै गर्दा विज्ञापनले हाम्रो चाहना कसले निर्धारण गरिरहेको छ?”

06/09/2026

नेपाली हुँ नेपाली भै सदा सदा रहुँ
नेपालमै फलुँ फुलुँ नेपालमै झरुँ
​मेरा हर कोशिश र हर पौरख नेपालमै लागोस्
पसिना रगतका हर थोपा नेपालमै बगोस्
नेपाली सपना देखुँ विपना नेपाली भूगोल
स्वदेशको गीत, गाई नेपाली, धूलो मै मिलुँ
नेपाली हुँ नेपाली भै सदा सदा रहुँ
नेपालमै फलुँ फुलुँ नेपालमै झरुँ
​यी वीरहरुको मर्यादाको भार थामुँ म
सपुत बनी, फेरि सपुत, जन्माउन सकूँ म
अँध्यारो कालो मैलोलाई हटाउन सकूँ म
आमाको दूधको, भार सब, चुकाउन सकूँ म
नेपाली हुँ नेपाली भै सदा सदा रहुँ
नेपालमै फलुँ फुलुँ नेपालमै झरुँ
✍️गोपाल योन्जन

नेपालि हुनुमा गर्भ छ मलाई।मलाई नेपालीपन प्यारो छ। जय नेपाल........
04/09/2026

नेपालि हुनुमा गर्भ छ मलाई।मलाई नेपालीपन प्यारो छ। जय नेपाल........

Gopal Yonjan had gone as a guest to a function at the City Hall in ...

03/09/2026

युरी बेज्मेनोभ पूर्व सोभियत KGB अधिकारी थिए। उनी १९७० मा पश्चिममा भागे। उनले सोभियत प्रचार र वैचारिक अभियानमा काम गरेका थिए। पछि उनले आफ्नो अनुभवको आधारमा "subversion"को सिद्धान्त प्रस्तुत गरे। यो सिद्धान्त उनको १९८४ को अन्तर्वार्ता र लेख "Love Letter to America" मा पाइन्छ।

बेज्मेनोका अनुसार कुनै समाजलाई भित्रैबाट कमजोर बनाउने प्रक्रिया चार चरणमा हुन्छ।

पहिलो चरण demoralization हो। यसमा १५ देखि २० वर्ष लाग्छ। यो समयमा लक्षित समाजका मानिसलाई सत्य र यथार्थबाट टाढा राखिन्छ। शिक्षा, सञ्चार माध्यम, र संस्कृतिमा झूटा विचार भित्र्याइन्छ। एक पुस्ता यही वातावरणमा हुर्कन्छ। बेज्मेनोले भन्छन्, यो पुस्ता सत्य देखाइदिँदा पनि विश्वास गर्दैन।

दोस्रो चरण destabilization हो। यो दुई देखि पाँच वर्ष चल्छ। यसमा अर्थतन्त्र, विदेश नीति, र सुरक्षा प्रणालीमा असर पर्छ। समाजका आधारभूत संरचना कमजोर बन्छन्।

तेस्रो चरण crisis हो। यो केही हप्ता मात्र चल्छ। यसमा द्वन्द्व वा ठूलो परिवर्तन देखिन्छ। सत्ता परिवर्तन वा हिंसा हुन सक्छ।

चौथो चरण normalization हो। यसमा नयाँ व्यवस्था स्थापित हुन्छ। यो व्यवस्था पहिलेभन्दा बढी नियन्त्रित हुन सक्छ।

बेज्मेनोको तर्क थियो, यो प्रक्रिया हतियार वा युद्धले भन्दा विचार र सूचनाको माध्यमबाट बढी प्रभावकारी हुन्छ। उनले भने, समाजलाई ध्वस्त पार्न सैन्य आक्रमण चाहिँदैन। सूचना र शिक्षामा लामो समय लगानी गरे पुग्छ।

यो सिद्धान्त धेरै विवादित छ। समर्थकहरूले यसलाई वर्तमान राजनीतिक र सामाजिक परिवर्तन बुझ्ने उपकरण मान्छन्। आलोचकहरूले यसलाई प्रमाणविहीन र षड्यन्त्र सिद्धान्त नजिकको ठान्छन्। इतिहासकार र प्राध्यापकहरूले बेज्मेनोको दाबीलाई प्रमाणसहित पुष्टि गर्न गाह्रो भएको औंल्याएका छन्।

नागको यन्त्र  #झाक्री बा
16/08/2026

नागको यन्त्र #झाक्री बा

शिव नै सत्य, सत्य नै शिव: हर हर महादेव!
10/08/2026

शिव नै सत्य, सत्य नै शिव: हर हर महादेव!

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Gyanendra Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share