प्रतिरोध

प्रतिरोध

Share

प्रतिरोधः जनअधिकार आन्दोलन
स्थापना– २०७८

केन्द्रीय संयोजक– प्रमोद धिताल

सम्पर्कः 974-5228950/9847826417

05/03/2026

*हाम्रो प्रतिरोध–यात्रा जारी रहनेछ*

निर्वाचन अभियानमा साथ दिने मतदाता, सहयोगी, शुभचिन्तक सबैमा आभार !
––––––––––
आदरणीय दिदीबहिनी, दाजुभाइ तथा साथीहरू

प्रतिनिधिसभा सदस्यको निर्वाचन परम्परागत तौरतरिकामा सम्पन्न भएको छ । यस निर्वाचनमा सचेत मतदाताका बीचमा जनपक्षधर एजेन्डामा संवाद होस् भन्ने हेतुले हामी पनि निर्वाचन विशेष अभियानमा सामेल भएका थियौं । हाम्रो संवाद–अभियानमा तपाईंहरुले देखाउनुभएको चासो, उत्साह, साथ–सहयोग र आलोचनात्मक सुझावहरु हाम्रा लागि अमूल्य अनुभव र सिकाइ बनेका छन् । दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा साङ्केतिक रुपमा स्वतन्त्र उम्मेदवारी दिएर हामीले यस निर्वाचनलाई त्यस क्षेत्रका भुइँतहका कर्मशील जनताको अवस्था र उहाँहरुका आकाङ्क्षा बुझ्ने, उहाँहरुसँग संवाद स्थापना गर्ने र जनपक्षीय राजनीतिक एजेन्डामा उहाँहरुसँग कुराकानी गर्ने अवसरका रुपमा लियौं । हाम्रो यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहभागी हुने साथीहरु, विभिन्न किसिमका सहयोग गर्ने शुभचिन्तकहरु, हामीलाई सुझाव दिने मित्रहरु र हाम्रो संवाद–अभियानमा सामेल भई हामीलाई मतदान गर्ने मतदाताहरु – सबैमा हामी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

निर्वाचन अवधिमा हामीले जनसंवाद अभियान सञ्चालन गर्नुको अर्थ अहिलेको संसदीय प्रणालीभित्र हार वा जीतको खेलमा सहभागी हुनु थिएन । यो निर्वाचनमा सहभागी हुनु हाम्रा लागि यसै व्यवस्थाका नियमहरु अँगालेर शासक बन्ने वा शासक चुन्ने खेलको साक्षी बस्नु पनि थिएन । यो त हाम्रा लागि नयाँ समतामूलक व्यवस्था निर्माणको लामो यात्राका लागि प्रारम्भिक एक पाइला अघि बढाउने प्रयास थियो । हामीलाई थाहा छ, गत २३–२४ को (जेनजी) नवयुवा विद्रोहको परिणाम देश नयाँ निर्वाचनमा होमिएको हो । नवयुवा विद्रोहका आधारभूत मागहरु सम्बोधन गर्नतिर नलागी परम्परागत संसदीय प्रणालीकै मध्यावधि शैलीमा यो निर्वाचन आयोजना गरिएको थियो । भ्रष्टाचार नियन्त्रणको पहल नलिइकन, २३–२४ भदौको आन्दोलनबारे बनेको छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिकै नगरिकन र निर्वाचन प्रणालीमा जनताले खोजेको परिवर्तनलाई सम्बोधन नगरिकन पुरानै शैलीमा निर्वाचन सम्पन्न भएको छ । तसर्थ, भ्रष्टाचार, कुशासन, बेरोजगारी र आर्थिक विभेद व्याप्त रहेको नेपाली समाजलाई सुशासनयुक्त सरकार एवम् स्वतन्त्र, समतामूलक र आत्मनिर्भर अर्थतन्त्र भएको सुन्दर समाजमा फेर्ने अभियान पूरा भएको छैन । त्यो अधुरो अभियान पुनः जारी राख्न हामी प्रतिबद्ध छौं । राजनीतिक अस्थिरता, कमजोर शासकीय स्वरूप र विदेश–निर्भर अर्थतन्त्रमा परिवर्तन गर्ने र नयाँ समाजवादी प्रणाली स्थापना गर्ने हाम्रो दीर्घकालिक प्रतिरोध–यात्रा जारी छ । रुपान्तरणकारी आन्दोलनको जुझारु बाटो हुँदै समग्र राज्यसंरचनामा हेराफेरी गर्ने जिम्मेवारी श्रमजीवी वर्गको सङ्गठित पहल र उन्नत नेतृत्वले मात्रै पूरा गर्न सक्छ भन्नेमा हामी प्रष्ट छौं। त्यसकारण नयाँ, सबल र गतिशील सङ्गठन निर्माणको अभियानमा हामी निरन्तर जनताबीच हुने प्रतिबद्धता दोहो-याउँछौं।
––––––––––––––––––

२०८२ फागुन २१, बिहीबार

*प्रमोद धिताल*
(संयोजक)
तथा
प्रतिनिधि सभा सदस्य उम्मेदवार, दाङ- २

Pramod Dhital








#प्रतिरोध

02/03/2026

दाङ-२ का स्वतन्त्र उम्मेदवार तथा प्रतिरोध का संयोजक प्रमोद धितालसँगको संवाद !



27/02/2026

रिक्साको गीत
---
रिक्सा रे रिक्सा,
आयो रिक्सा !!

नाच्छन् पाङ्ग्रा घुमी-घुमी
गल्ली-गल्ली मोडमा
गुड्छ रिक्सा खुरूखुरू
पाइडलको जोडमा
यात्रुदेखि यात्रुसम्म,
यात्रादेखि यात्रासम्म
पिरथीवीझैं घुम्छ रिक्सा,
पात्रदेखि जात्रासम्म

सखी हो, सखी हो !!
रिक्सा रे रिक्सा,
आयो रिक्सा !!

पसिना बोल्छ पिरको भाषा
बगी बगी जान्छ
ह्यान्डल मोड्छ लगाई बल
दायाँ बायाँ लान्छ
दुख्छ जीउ, थाक्छ मान्छे,
टन्किन्छ पूरै माथा
यही हो कथा, यही हो बेथा,
यही हो जीवन-शिक्षा !

सखी हो, सखी हो !!
रिक्सा रे रिक्सा,
आयो रिक्सा !!

चालक सिट मतापसित
गर्छ चुइँ चुइँ -
भुइँको मान्छे सधैँभरि
किन भुइँको भुइँ ?
गन्तव्यमा टुट्छ किन
छिनभरको नाता ?
यही हो सवाल, यही हो कथा,
यही हो जीवन-शिक्षा !

सखी हो, सखी हो !!
रिक्सा रे रिक्सा,
आयो रिक्सा !!





#रिक्सा



Pramod Dhital

27/02/2026

तुल्सीदास महर्जनको विश्लेषणः
“...पुरानाले गर्दैन नयाँले गर्छ भन्ने कुरा सही हो? फलानोले गरेन ढिस्कानोले गर्छ भन्ने कुरा सही हो? पुराना होस् न नयाँ र फलानो होस् न ढिस्कानो– सबैको टेक्ने आधार उही पुँजीवादी उदार अर्थतन्त्र ! धान कुट्ने मेसिन लिएर कोही पिठो निकाल्छु भनिरहेछ, कोही तेल निकाल्छु भनिरहेछ। यो त सरासर जनता झुक्याउने खेल भएन र ? धान कुट्ने मेसिनले त धान मात्र कुट्न सक्छ नि, त्यसले न पिठो निकाल्छ, न त तेल नै । पुँजीजीवी तथा व्यापारी वर्गको नाफाको स्वार्थमा चल्ने पुँजीवादी राज्यलाई ज्युँकात्युँ राखेर अनि त्यसै अनुकूलको आर्थिक प्रणालीको जगमा बसेर मुलुकलाई समाजवादको बाटोमा डोर्याउँछु भन्नु काठमाडौंबाट काँकडभिट्टा जाने गाडीमा चढाएर कञ्चनपुर पुर्याउँछु भन्नु हो।”
Tulsidass Maharjan

Photos from प्रतिरोध's post 27/02/2026

जनअधिकारका मुद्दालाई एजेन्डा बनाएर जनताबीच घरदैलो र जनसंवाद चलिरहेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ–२ का स्वतन्त्र उम्मेदवार प्रमोद धिताल र टिमको अभियान निरन्तर छ। आज घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सहिदगेट रोड र आसपासमा।








#रिक्सा


Pramod Dhital

Photos from प्रतिरोध's post 25/02/2026

बंगलाचुली गाउँपालिकामा जनभेटघाट तथा संवाद।

दाङ- २ का उम्मेदवार Pramod Dhital र टिमको अभियान जारी छ।

२०८२ फागुन १३, बुधबार।

दाङ–२ मा फेरिएको चुनावी शैली: श्रमजीवीका पक्षमा प्रमोदको सादगीपूर्ण 'प्रतिरोध' 25/02/2026

दाङ-२ मा प्रतिरोधका उमेदवार Pramod Dhital को जनशैलीमा प्रचार



#रिक्सा







दाङ–२ मा फेरिएको चुनावी शैली: श्रमजीवीका पक्षमा प्रमोदको सादगीपूर्ण 'प्रतिरोध' आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा दाङ क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार प्रमोद धितालले आफ्न.....

Photos from प्रतिरोध's post 24/02/2026

संवाद, घरदैलो र राजनीतिक भेटघाट जारी छ।

दाङ-२ का स्वतन्त्र उम्मेदवार प्रमोद धिताल चुनावी मुद्दा र रिक्सा चिह्न बोकेर गाउँबस्तीमा। आज घोराही-१८, नवलपुर, सालघारीमा।

---

२०८२ फागुन १२, मङ्गलबार।







#रिक्सा

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu