रक्षक सभा अर्थात समानान्तर सरकार

रक्षक सभा अर्थात समानान्तर सरकार

Share

रक्षक सभा अर्थात समानान्तर सरकार : आफ्नो वडा, पालिका, जिल्ला, प्रदेश वा केन्द्रको प्रतिनिधित्व गर्नुस

-रक्षक सभा-
अर्थात् राजकीय बेथिति, अनुत्तरदायित्व र लक्ष्यहीनताबाट आजित आमनागरिकले एक सुगम राजमार्ग निर्माणका निम्ति चालेको पहिलो पाइलाको नाम हो - रक्षक सभा ।

एउटा यस्तोसभा (जमघट, चौतारो, सहमतिस्थल) जसले राष्ट्र र आमनागरिकको स्वार्थ गाँसिएका प्रत्येक आयामको रक्षा के गरी हुन सक्छ ? भनेर विस्तारमा चिन्तन गरोस र त्यसका लागि निरन्तर खटियोस् ।

यो एउटा चिन्तन केन्द्र (थिङ्क ट्याङ्क), वकालत मञ्च (एड्

05/07/2024

मुकुल जी, जय होस !

तपाईको प्रतिवेदन केहि पढियो केहि बाँकी नै छ । आधा-उधि पढि सक्दा रा.स्व. पा पार्टीको स्थापना अर्थात सुरुवाती अवस्थाको याद आयो र बुँदागत रुपमा लेखे है त;

१) पार्टीको ले-आउट (sketch) गर्ने अर्थात परिकल्पनाकारहरु प्राय बाहिर छन/छौं-
बिर्सनु भो कि याद छ, स्थानीय तह निर्वाचनको सफलता पछि र स्वतन्त्र अभियानसंग जोडिएका करिब २ दर्जन साथीहरु राजधानीका विभिन्न स्थानहरुमा १७ वटा मिटिङ्ग बसेको र प्राय सबै वैठकमा राजनीतिक शुद्धीकरणका लागि अब एउटा नयां राजनीतिक पार्टीको आवस्यकता भएकोबारे व्यापक छलफल, सहकार्य र सहमति भएको । अबको पार्टी कस्तो हुनुपर्दछ भन्ने बारे नयां पार्टीको ले-आउट (परिकल्पनाकार) गर्नेहरु मध्ये म ज्युदै छु, यहि देशमा छु – नेपालमै छु । त्यतिबेलाका फोटोहरु/माइन्युटहरु हेर्नुस त? पार्टीको ले-आउट गर्ने अर्थात परिकल्पनाकारहरु मध्येमा तपाई र तपाईको पार्टीसंग आज कतिजना छन ? यदि त्यतिबेलाका फोटो/माइन्युटहरु भेटिएनान भने मलाई भन्नुस म-संग सुरक्षित छन ।

२) तपाई मुकुल ढकाल र रा. स्व. पा. लाई पाप लाग्यो/लाग्दै छ-
रा स्व पा पार्टी खोलिनु भन्दा पहिले दिउसो भरि हामि लगायतका टिमहरुसंग मिटिङ्गहरुमा बस्ने र अब बन्ने पार्टीको vision/mission/agenda हरु के-कस्तो हुनुपर्दछ भन्ने कुरामा छलफल गर्ने अनि महत्वपूर्ण बिषयहरु लेखिएका नोटहरु/टिपोटहरुको फोटो खिच्ने अनि सांझ हालका सभापतिसंग बसेर अर्को डिजाइन गर्ने काम गर्न हुन्थ्यो/हुन्थेन एकपटक सोच्नु होला । पार्टीको डिजाइन अर्थात सुरुवाती a-b-c-d लेख्ने साथिहरुलाई लात हानेर एकलौटे नगरेको भए हुन्थ्यो/हुन्थेन सोच्नुहोला । राजनीतिक शुद्धीकरणका लागि कुनै स्वार्थ नबोकेका साथीहरुको सपनामा तेजाप हाल्नु ठिक थियो/थिएन सोच्नु होला । आज तपाई र पार्टी जुन हालतमा हुनुहन्छ, कतै ति ले-आउट/परिकल्पनाकार साथीहरुलाई धोका दिएको पाप त लागेन ???

३) राष्ट्रिय सभागृहमा अप्रत्यासित पार्टी घोषणा गरियो-
अघिल्लो दिनको छलफल र निर्णय अनुसार त्यस दिन एउटा अभियानको घोषणा मात्र गर्ने भन्ने थियो, होइन र ! वक्ताहरुको पंक्तिमा हाम्रै साथीहरुको नाम सहित मेरो नाम पनि थियो र राजनीतिक शुद्धीकरणका लागि मैले पनि बोल्ने कार्यक्रम थियो । भोलिपल्ट राष्ट्रिय सभागृह जाने तयारि हुदैथ्यो एक्कासी अर्को सुचना आयो आज त पार्टी खोल्ने र आजै दर्ता गर्ने रे ???!!! अप्रत्यासितरुपमा पार्टी खोलने र आजै दर्ता गर्ने निर्णय रातारात कसले र किन गर्यो? त्यसको उत्तर तपाइले कहिल्यै दिनू भएन/ दिन चाहानु भएन ।

४) नयाँ पार्टी खोल्नेबारेको तयारि/रणनीतिक दस्तावेज/document फिर्ता गर्नु भएन-
अचम्म त के छ भने, अब बन्ने वैकल्पिक पार्टीको vision/mission/agenda र आगामी रणनीति बारे लेखिएको अति महत्वपूर्ण र गोप्य दस्तावेज तपाईले पढ्न र भाषा विज्ञबाट शुद्ध-अशुद्ध चेक गराउन लिएको दस्तावेज/document फिर्ता नै गर्नुभएन । हालांकी, म संग softcopy सुरक्षीत छ ।

५) सर्वेन्द्र खनाल र तपाई दुवैको राजनैतिक बेइमानी बिर्सनलाएका छैन-
मलाई याद छ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र अभियानमा आबद्ध भएका र महत्वपूर्ण भूमिका निभाएका साथीहरु आगामी रणनीति बारे छलफल गर्न एकजुट भएका थियौ । स्वतन्त्रसंग अभियानसंग कुनै साइनो/सम्बन्ध नभएका र राजनीतिक भविष्य खोजिरहेका पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको एकाएक आगमनले सबै अभियानकर्मी साथीहरु अलमलमा परेका थियौ । तपाईलाई यादै होला पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले नयाँ पार्टी खोल्ने र आफु पार्टी अध्यक्ष बन्ने इच्छा गरेको कुरामा मैले ठाडै असहमति गरेको र खनाल नेतृत्व पार्टी खोल्न नसकिने कुरा गरेको । त्यसमा तपाइको पनि सहमति थियो नि होइन र ? सर्वेन्द्रले त्यति बेला बेइमानी गरे तर तपाइले पछि गर्नु भो, यसरि झुक्यायर/बेइमानी गरेर तत्कालका लागि सफलता/फाइदा हासिता गरे ता पनि कालान्तरमा यसले असर गर्छ, पाप लाग्छ ।

६) प्रतिवेदनमा एउटा कुरा सत्य लेख्नु भा रैछ- बिना पैसावालाको पार्टीमा काम छैन-
सुरुवाती दिनमा मेहनत गर्ने साथीहरु साच्चिकै देशहित र राजनीतिक परिवर्तनका होमिएका युवाहरु थिय जसले पार्टीको विधान लेखन देखि, संगठन निर्माण र राजनितिक माहोल तयार गर्नेमा अथक मेहनत गरे तर हाल ति सुरुवाती युवाहरु अहिले उक्त पार्टीमा छैनन् किन होला ? उत्तर एउटा हो पैसाहुनेहरुले पार्टी, संगठन र बिभाग ओगटे इमान्दारहरु पछाडि परे र हुदाँ-हुदै पार्टी छाडे । यो कुरा तपाइले सत्य लेख्नु भा रैछ ।

अन्तमा; मुकुल ढकालजीलाई यो लिंक पठाई सहयोग गरिदिनुहुन अन्य संजालका साथीहरुलाई अनुरोध गर्दछु ।

Photos from रक्षक सभा अर्थात समानान्तर सरकार's post 11/06/2024

.. अनि भुत्रा सुध्रिन्छ, देशको शिक्षा ???

- शिक्षकले राजनीति गर्न पाउनु पर्दछ -पुर्व शिक्षामन्त्रि - देवेन्द्र पौडेल
- विश्वविद्यालयमा ताला लगाउनु पाउनुपर्दछ- विद्यार्थी अध्यक्ष -एन महर

.. जब सम्म दिमागमा गु भरिएका मन्त्रि र (विद्यार्थी) नेताहरु यो देशमा रहन्छन्, हुने यस्तै हो...

जय होस !

31/05/2024

पशुपतिका बाँदरहरु पत्रकार महासंघको भवनमा हुलौ !

नेपाल पत्रकार महासंघले प्रयोग गरिरहेको सिनामंगल (एयरपोर्ट नजिक) को भवनमा पशुपतिका बाँदरहरुलाई हुल्ने व्यवस्था गरौ !!!

किन? कसरि ?... को उत्तरका लागि अर्को पोस्ट सम्म पर्खनुस !

30/05/2024

कहिलेकाहीँ मेरी आमा उखान भन्नुहुन्छ "काम छैन बुहारी - लुते पाडाको लुतो कन्या"

ठ्याक्कै, सन्दिप लामिछानेले अमेरिकाको भिषा पाएनान जुन कुरा अमेरिकाको नितान्त व्यक्तिगत/संस्थागत/नितीगत कुरा हो र भिषा दिने/नदिने भन्ने कुरा पनि उसकै हातमा छ।

तर, दिनानुदिन माइतीघर मण्डला गएर चर्को नारा लागएर र अमेरिका मुर्दावाद भनेर हुने के होला ?? म त अचम्ममा छु। बाकि रह्यो जन दबाफको कुरा, यो emotional अत्याचार गर्ने कुरा हो, येसमा कुनै दम छैन/देख्दिन म त।

बरु, गर्नु पर्ने के हो भने नेपाल सरकारका सम्बन्धित मन्त्रालय, शाखा, विभाग र कुटनीतिक प्रयासलाई तिब्रताका साथ लागु गरिनुपर्ने हो। जुन कुरा कसैलाई चासो नै छैन।

होइन भने लुते पाडोको लुतो कन्याउँनु नै बेस हुन्छ, जिन्दावाद-मुर्दावाद गर्नुभन्दा...

30/05/2024

अब! आईन्दा मह जोडी (जस्तै स्वतन्त्र व्यक्ति)हरुको व्यक्तिगत विचार कहिल्यै सुन्न पाउने छैनौं !

कहिल्यै विवादमा नआउने/विवाद नरुचाउने सामाजिक व्यक्तित्वहरु अर्थात मह जोडीले गत हप्ता आफुहरुले दिएको स्वतन्त्र र निजि विचारका कारण सार्वजानिक रुपमा मागे।

जति सार्वजानिक रुपमा माफी माग्नु ठुलो कुरा छ त्यो भन्दा ठुलो कुरा मह जोडीले किन र कसरि माफी माग्न बाध्य भए भन्ने कुरा छ। आखा बन्द गरेको र मलाई मात्रै थाहा छ अर्थात म मात्रै ठिक छु भन्ने व्यक्तिहरको भिडले मह जोडीलाई विचाराधीन मुद्दामा स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाइदैन भन्ने कुराको नजिर बसाल्यो। अर्थात, अब! आईन्दा मह जोडी (जस्तै स्वतन्त्र व्यक्ति)हरुको व्यक्तिगत विचार कहिल्यै सुन्न पाउने छैनौं !

हामि नपालीको बानी के छ भने, आफ्नो विचारसँग सहमत हुँदा हामीलाई तिनै मान्छे बौद्धिक जमात लाग्छ अनि अभिमत फरक हुनेबित्तिकै तिनै मान्छे बिकाउ/झोले। हिजो सबैका प्रिय र अगुवाका रुपमा चिनिएका मह जोडी यकायक किन र कसरि बिकाउको ट्याग लाग्यो भन्ने कुरा जग-जाहेर छ।


जुन देशमा विचार मरेका मान्छेहरू हुन्छन्, त्यो देश समावेशी, समाजवाद उन्मुख, लोकतान्त्रिक, गणतन्त्रात्मक, केही होइन, फगत मसानघाट हो!

व्यवस्था परिवर्तनका लागि नै प्रबुद्ध व्यक्तिहरुको नेतृत्वमा नागरिक सरकार : डम्वर साहु 22/12/2023

अबको राजनीतिक विकल्प;
पहिलो : नागरिक सरकार (मार्फत)
दोस्रो : तेस्रो संबिधान सभाको निर्वाचन

व्यवस्था परिवर्तनका लागि नै प्रबुद्ध व्यक्तिहरुको नेतृत्वमा नागरिक सरकार : डम्वर साहु नागरिक सरकार भनेको के हो ? कसरी गठन हुन्छ अनि के गर्छ ? को को हुन्छन् नागरिक सरकारमा ? नागरिक सरकार कसरी हुन्छ वैधानि....

28/11/2023

देशको समसामयिक राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा नागरिक समाजका अगुवाहरु र स्वतन्त्र प्रबुद्ध व्यक्तिहरु बोल्ने र केहि गर्ने बेला आईसकेको छ। यदि, राष्ट्रको समग्र चासो-चिन्ता गर्ने स्वतन्त्र आम नागरिकहरु, बौद्धिक वर्गहरु, विभिन्न पेशा-व्यावसायिहरु एक ठाउँमा उभिएर सार्थक निकास खोज्ने होइन भने यो देश नै नरहने परिस्थिति सिर्जना भएको छ। त्यसैल, देशै भरिका विभिन्न पेशा-व्यावसाय-वर्ग-क्षेत्रका प्रतिनिधिहरुको बृहत छलफल, अन्तरक्रिया, बहसका लागि सामुहिक थलोको रुपमा "राष्ट्रिय नागरिक सम्मेलन, २०८०" (National Civil Conference-2023) मंसिर २७, २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको सबै आम नेपाली दाजु-भाई तथा दिदीबहिनीहरु, सरोकारवालाहरुमा स-गौरव जानकारी गराउदछौ।

सम्मेलनमा सहभागी हुन चाहने इच्छुकहरुले आफुले प्रस्तुत गर्न चाहेको एजेण्डा (बिषयवस्तु) सहित आफ्नो विवरण [email protected] मा पठाई सिट सुरक्षित गर्नुहुन सबैमा अनुरोध गरिन्छ।

समानान्तर नागरिक सरकार गठन गरी राष्ट्र जोगाउन आह्वान 26/11/2023

https://deshsanchar.com/2023/11/26/862300/

समानान्तर नागरिक सरकार गठन गरी राष्ट्र जोगाउन आह्वान काठमाडौँ- विभिन्न पेसामा लागेका तथा विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरुले आइतबार एक कार्यक्रम गरी दुर्गा प्रस...

26/11/2023

Reminder Post -हार्दिक निमन्त्रणा-

आज मिति २०८०-मंसिर-१० (आइतबार) देशको समसामयिक परिस्तिथि, सामाजिक-राजनैतिक परिवेशमा केन्द्रित रहि देशका प्रबुद्ध व्यक्तिहरु तथा नागरिक समाजका प्रतिनिधिहरुको "नागरिक आवाज" शीर्षकमा पत्रकार सम्मेलन तपशीलको मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

-तपशील-
स्थान: एभेरेष्ट लन्ज, नयां बानेश्वर (के एण्ड के कलेज नजिक)
समय: दिउसो १:३० बजे
मिति: २०८० मंसिर १० गते (आइतबार)

वक्ताहरु-
१) सौरभ (राजनीतिक विश्लेषक तथा संचारकर्मी)
२) सुकदेव भटराई खत्री (पुर्व प्रमुख महालेखा परीक्षक का.वा )
३) ध्रुबलाल श्रेष्ठ (बरिस्ट अधिवक्ता)
४) एस. के तिमिलसिना (अधिवक्ता)
५) डा. द्धारिका नाथ ढुंगेल (पुर्व प्रशाशक)
६) युवराज कोइराला (अधिवक्ता)
७) हरि कट्टेल (अधिवक्ता)
८) एम.आर. उपाध्यय (प्राध्यापक तथा अधिवक्ता)
९) भरत ब. रायमाझी (पुर्व रथी)
९) केशर भण्डारी (पुर्व रथी)
१०) गणेश कुमार मण्डल (संयोजक - मधेशी नागरिक समाज)
११) भरत दाहाल (राजनीतिककर्मी)
१२) ईश्वरी भट्टराई (चार्टर्ड एकाउन्टेन्ट)
१३) ई० घमादेवी भट्टराई (इन्जीनियर)
१४) सुवास ढकाल (समाजसेवी)

थप जानकारीका लागि सम्पर्क : ९८५११५३७८८

25/11/2023

-हार्दिक निमन्त्रणा-
भोलि मिति २०८०-मंसिर-१० (आइतबार) देशको समसामयिक परिस्तिथि, सामाजिक-राजनैतिक परिवेशमा केन्द्रित रहि देशका प्रबुद्ध व्यक्तिहरु तथा नागरिक समाजका प्रतिनिधिहरुको "नागरिक आवाज" शीर्षकमा पत्रकार सम्मेलन तपशीलको मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
-तपशील-
स्थान: एभेरेष्ट लन्ज, नयां बानेश्वर (के एण्ड के कलेज नजिक)
समय: दिउसो १:३० बजे
मिति: २०८० मंसिर १० गते (आइतबार)
वक्ताहरु-
१) सौरभ (राजनीतिक विश्लेषक तथा पुर्व संचारकर्मी)
२) सुकदेव भटराई खत्री (पुर्व प्रमुख महालेखा परीक्षक का.वा )
३) ध्रुबलाल श्रेष्ठ (बरिस्ट अधिवक्ता)
४) एस. के तिमिलसिना (अधिवक्ता)
५) डा. द्धारिका नाथ ढुंगेल (पुर्व प्रशाशक)
६) युवराज कोइराला (अधिवक्ता)
७) हरि कट्टेल (अधिवक्ता)
८) एम.आर. उपाध्यय (प्राध्यापक तथा अधिवक्ता)
९) भरत ब. रायमाझी (पुर्व रथी)
९) केशर भण्डारी (पुर्व रथी)
१०) गणेश मण्डल (संयोजक - मधेशी नागरिक समाज)
११) भरत दाहाल (राजनीतिककर्मी)
१२) ईश्वरी भट्टराई (चार्टर्ड एकाउन्टेन्ट)
१३) ई० घमादेवी भट्टराई (इन्जीनियर)
१४) सुवास ढकाल (समाजसेवी)
थप जानकारीका लागि सम्पर्क : ९८५११५३७८८

रक्षक सभाद्वारा तेश्रो संविधानसभा निर्वाचनको माग, २०७२ को संविधानलाई पूर्णतया वहिष्कार गर्न 09/10/2023

संबिधान दिवसका दिन "समानान्तर (नागरिक) सरकार" को पत्रकार सम्मेलन

रक्षक सभाद्वारा तेश्रो संविधानसभा निर्वाचनको माग, २०७२ को संविधानलाई पूर्णतया वहिष्कार गर्न ुरहरुलाईhttps://www.youtube.com/ च्यानलमा स्वागत छ!धर्म, संस्कृति, कला, राजनीति,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिव...

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu