27/08/2026
राष्ट्रसेवक कर्मचारीको तलब कट्टी गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय!
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०८३ भदौ ११ गतेको सचिवस्तरीय निर्णयले रसुवा जिल्लाको भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज, उद्धार, राहत, अत्यावश्यक पूर्वाधार पुन:सञ्चालन तथा राष्ट्रसेवक कर्मचारीहरूको तलब कट्टी गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ।
सचिब र सहसचिव स्तरको १० दिन, उपसचिव र शाखा अधिकृत स्तरको ७ दिन, नासु र खरिदार स्तरको ५ दिन र श्रेणीविहिनको २ दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ ।