Gamcha Youth Club

Call Directions Contact the organization

Gamcha Youth Club गाम्चा युवा क्लब, गोकर्णेश्वर-३, गाम्चा, काठमाडौं

सतर्कताका लागि अनुराेध 🙏
24/09/2026

सतर्कताका लागि अनुराेध 🙏

सतर्क रहौं ! भारीदेखि अति भारी वर्षाको सम्भावनामौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबार...
23/09/2026

सतर्क रहौं ! भारीदेखि अति भारी वर्षाको सम्भावना

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।

हाल बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ । यस प्रणालीको मुख्य असर विशेषगरी असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने देखिएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एकदुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए । उनले लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग (नवलपुरसम्म), कर्णालीको पूर्वी भूभाग, र सुदूरपश्चिमका दक्षिणी पहाडी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको उल्लेख गरे ।

बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढीपहिरोले प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्‍याउन सक्ने उनको भनाइ छ ।

मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यो केही दिन पछाडि धकेलिने देखिने महाशाखाले जनाएको छ ।

05/09/2026

विभिन्न आरोह–अवरोह पार गर्दै यो खेलमैदानलाई यहाँसम्म ल्याउन श्रमदान गर्नुहुने श्रमदाताहरू, गोकर्णेश्वर नगरपालिका, वडा नं. ३, लगायत अन्य जनप्रतिनिधिज्यूहरु, समाजसेवी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद। 🙏

यो खेलमैदान मात्र होइन, समाजलाई जोड्ने, समाजकै साझा बहुउद्देश्यीय थलो हो । आगामी दिनमा पनि यसको संरक्षण, विकास र सदुपयोगका लागि हातेमालो गर्दै अघि बढौँ।

29/08/2026

बाटो सरसफाई अभियानमा उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य समय र श्रमदान गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा स्थानीयवासीहरूमा हार्दिक धन्यवाद। 🙏

#गाम्चा_युवा_क्लब #बाटो_सरसफाई

गाम्चा युवा क्लबको आह्वानमा आज आयोजित बाटो सरसफाई अभियानमा उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य समय र श्रमदान गर्नुहुने स...
29/08/2026

गाम्चा युवा क्लबको आह्वानमा आज आयोजित बाटो सरसफाई अभियानमा उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य समय र श्रमदान गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा स्थानीयवासीहरूमा हार्दिक धन्यवाद। 🙏

यही एकता, सहकार्य र सामूहिक भावना नै हाम्रो गाउँको वास्तविक शक्ति हो।

सरसफाइ अभियानमा साथ दिनुहुने सबैप्रति हार्दिक आभार।
गाम्चा सफा राखौँ, गाम्चालाई अझ सुन्दर बनाऔँ।

#गाम्चा_युवा_क्लब #श्रमदान #बाटो_सरसफाई

भोलि शनिवार बिहान एकछिन तपाइको अमूल्य समय यता दिऊँ ! 🙏
28/08/2026

भोलि शनिवार बिहान एकछिन तपाइको अमूल्य समय यता दिऊँ ! 🙏

27/07/2026

सबैले ट्राफिक नियमको पालना गरौं !

(Video:Social Media)

"आफ्नै टोल, आफ्नै जिम्मेवारी !"आफ्नै टोलको सरसफाई मिलेर गरौं, आफ्नै टोललाई राम्रो बनाऔं। आजको श्रमदानमा सहयोग गर्नुहुने ...
26/07/2026

"आफ्नै टोल, आफ्नै जिम्मेवारी !"
आफ्नै टोलको सरसफाई मिलेर गरौं, आफ्नै टोललाई राम्रो बनाऔं। आजको श्रमदानमा सहयोग गर्नुहुने सम्पूर्ण टोलवासीलाई धन्यवाद। 🙏

23/07/2026

प्रकृतिको काखमा रमाउन आउनेहरू,
कृपया प्रकृतिको मुटुमा फोहर नछोड्नुहोस्। 🙏

07/06/2026

पाँच वर्षको संघर्ष आज फूल बनेर फुल्यो:
आज बाटो छेउछाउमा फुलेका यी फूलहरू केवल फूल मात्र होइनन्, पाँच वर्षअघि रोपिएको सपना, समुदायको मिहिनेत र धैर्यको सुन्दर परिणाम हुन्।

एक समय थियो, जब यी ठाउँहरू खाली थिए। बोट रोप्दा कठिनाइ थियो, रोपेका बोटहरू जोगाउँदा अझ ठूलो चुनौती थियो। कहिले बोट चोरी भए, कहिले गाई, भैँसी र बाख्राले नोक्सान पुर्‍याए। तर निराश नभई टोलका सम्पूर्ण समुदाय एकजुट भएर लागिरह्यो।

आज त्यही निरन्तर प्रयासको फलस्वरूप यो बाटो फूलहरूले सजिएको छ, वातावरण रमणीय बनेको छ र यात्रुहरूको मन आनन्दित बनाइरहेको छ।

यी फूलहरूले सिकाउँछन् कि सकारात्मक परिवर्तन एकै दिनमा आउँदैन, त्यसका लागि समय, धैर्य, त्याग र सामूहिक प्रयास आवश्यक पर्छ।

यस सुन्दर यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण टोलवासी, गोकर्णेश्वर नगरपालिका, जनप्रतिनिधि, युवाहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आज फुलेका यी फूलहरू हाम्रो साझा सपना, एकता र सफलताको जीवित प्रमाण हुन्।

"रुख रोप्नेले छायाँ नपाउन सक्छ, तर उसले आउने पुस्ताका लागि सुन्दर भविष्य रोपेको हुन्छ।"

Address

Kathmandu

Opening Hours

Monday 06:30 - 09:00
Tuesday 06:30 - 09:00
Wednesday 06:30 - 09:00
Thursday 06:30 - 09:00
Friday 06:30 - 09:30
Saturday 06:30 - 09:00

Telephone

+9779851074710

Website

Alerts

Be the first to know and let us send you an email when Gamcha Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gamcha Youth Club:

Shortcuts

Share

Category