Binita Aryal स्वतन्त्र उम्मेदवार प्रत्यासी

Binita Aryal स्वतन्त्र उम्मेदवार प्रत्यासी

Share

I’ve come to change the nation taking this small step and work for the societys’ welfare.

07/11/2022

राजनीति भनेको मेरो विचारमा राष्ट्र र जनता को हकहित को लागि बिकासको सामाजिक रुपान्तरण सहित सेवामा अभिप्रेरित हुने एक गहन र दुर्गामि कार्य हो । तर राजनीतिक नेतृत्वले आ-आफ्नो पारिवारिक स्वार्थ र नाताबाद कृपाबादको विकासको सोचमात्र गरेको बुझिन्छ । हाम्रो नेपाली राजनीतिक पार्टीहरुले देश विकासको दिर्घकालिन योजना तर्जुमा गर्ने तर पूर्णता दिने कार्यमा विभीन्न बखडा झेलझाल गरि कार्य सम्मपन्न नगर्ने प्रवृतिले अधिकांश युवाहरू विदेश पलायन हुनुपरेको छ । राजनीति एकल पदमा बसेर जन जनको, जनताको र देशको अग्रगामी विकास र सेवा गर्न सजिलो होस् भनेर राजनीतिक सोचका साथै विकास कार्यमा लाग्ने, रणनीति बनाउने योजनाको तर्जुमा गर्ने कार्य राजनीति हो । तर हामी सदैव एक भएर गर्ने कार्य लाई राजनीतिक दृन्दमा नै समाप्त गरेको देखिन्छ । जनताको सेवा गर्न बसेका राजनीतिक व्यक्तिहरु केवल व्यक्तिवादी सोचमानै रहि कार्य गरेको देखिन्छ जनताको कुरा नसुन्ने, जनतालाई निर्वाचनमा मात्र प्रयोग गर्ने, आम नागरिकको कुरै नासुनिदिने । यो कार्यं कहिले सम्मका लागि ? यहाँ जनता दिनरात मजदुर गरेर पनि एक छाक परिवारलाई खुवाउन नसकेको पनी विश्वसामु जग जयर नै छ । अबपनि हामीले निर्वाचनमा पुरानो नै परिपाटी अपनाउदै गयोभने आगाम पिडीले त दुःख पाउँछ पाउँछ त्यसको हर्जना आगामी कयौँ पिडिले सम्म भोग्नुपर्ने हुन्छ । तर्सत आफ्नो मत अधरिकरको प्रयोग उचित तरतवरले आम नेपाली नगरिकहरुले आफ्नो मन मुटुमा हातराखी आत्मासाक्षीका साथ कस्तो उम्मेदवार रोज्न ठिक छ भनी आफ्नो अधिकार प्रयोग गर्नुपर्ने समय आएको छ । त्यसैले हजुरहरुको एक भोट पनि हाम्रालागी महत्वपूर्ण हुने भएकाले कृपया हजुरहरुको अमुल्य भोटको खाँचो रहेको छ । स्वतन्त्र उम्मेदवार प्रत्यासी बिनिता अर्याल

06/11/2022
23/09/2022

मिति ;- २०७९/०६/०४
आदर्णिय सम्माननीय अभिभावक ज्यूहरु तथा
आम नेपाली नागरिकहरु ।

विषय - नेपाली राजनितिमा स्वतन्त्र महिला उम्मेदवारी प्रतिनिधित्व सम्बन्धमा ।

महोदय,

मेरो विनम्र निवेदन यो छ कि निर्वाचन २०७९ को राजनितिकमा स्वतन्त्र महिला प्रतिनिधित्व तर्फबाट न्यायोचित रुपमा सांसदहरु स्वतन्त्र उम्मेदबार छनौट होस् भन्ने तथ्य तर्फ यहाँहरु समक्ष ध्यानाकर्षण गराउन चाहन्छु ।

लामो संक्रमण पछि सम्पन्न भएको र नयाँ संविधान कार्यान्वयनका लागि ऐतिहासिक जिम्मेवारी सहितको निर्वाचनमा अप्रत्याशित रुपमा देशभरी स्वतन्त्र महिला उमेदवारहरुको हारले हामी सबै आश्चर्यचकित एवं दुःखी भएका छौं । एकातिर कम्युनिष्ट शत्तिहरु ध्रुवीकृत हुनु अर्को तर्फ आफुलाई प्रजातन्त्रको हिमायिती सम्झने नेपाली प्रजातान्त्रिक पार्टीहरुको संसदमा हुने कमजोर भूमिकाले आफनै अस्तित्वका लागि सुझभुझ सहित कठिन एवं दीर्घ लडाई लड्नु पर्ने अहिलेको आवश्यकता रहेको सन्दर्भमा मेरो स्वतन्त्र उम्मेदवारीबाट संसदमा हुने प्रतिनिधित्वमा समेत विशेष ध्यान पुर्‍याउनु पर्ने आवश्यकता देखिन्छ ।

म झापामा २०६२ सालदेखि नै नेपाली राजनितिमा महिला,बालबालिकाहरुकोलागि सक्रिय सामाजिक कार्यकर्ताको रुपमा विभिन्न जिम्मेवारी वहन गर्दै आएको तथ्य सम्माननीय मलाई चिन्नु्हुने आम नेपाली नागरिकहरुलाई अवगत नै छ । नेपालका बिभिन्न जिल्लाका संघ संस्था तथा संगठन निर्माण र परिचालनमा मेरो सदैव प्रमुख दायित्व सहित भूमिका रहँदैं आएको छ ।देशका बिभिन्न जिल्लामा नै किन नहोस स्वतन्न्र नेत्रित्व कम्जोर हुदा पनि हामीहरुको अथक प्रयासले नेपालका बिभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवारको शानदार रवाफ रहँदै आएको छ ।

अहिलेको निर्वाचनमा वाम तथा प्रजातान्तिक ध्रुविकरणका कारण पनि हामी स्वतन्त्र उमेदवारहरु केही पछि परे पनि अग्र स्थानमा नै देखा परेका छौं । तथापि नेपाली जनमत भने स्वतन्त्र नै कायम छ । स्थानीय निर्वाचन देखि नै स्वतन्त्र उमेदवारहरु अलिकति कमजोर भएको हो कि भन्ने महसुस आम नेपाली स्वतन्त्र कार्यकर्ताहरुका रुपमा मैले पनि विशेष रुपले बिशलेषण गरेकि छु । स्वतन्त्र उमेदवारहरुमा पनि पछिल्लो पटक देखिएको व्यक्तिवादी चिन्तन, कार्यकर्ताको उपेक्षा, वशंवाद, नातावाद/कृपावादका कारण पनि बिभिन्न संगठनहरुलाई ठूलो क्षति पुगेको छ ।देश,बिदेश तथा जिल्लामा विशेष रुपबाट तन, मन, धनद्वारा दिलोज्यानले स्वतन्त्र संगठनहरु निर्माणमा लाग्दा समेत म स्वयं पीडित भएकी छु । संगठनहरुले महिलाहरुलाई पटक पटक उम्मेदवार बनाउने तर संसदमा भूमिका नदिने प्रवृत्तिले म एक स्वतन्त्र कार्यकर्ताका नाताले निकै निराशा महसुस गर्दै स्वतन्त्र उमेदवारी गर्ने जमर्को गरेकि छु । मैले बिभिन्न कार्यक्रम, महाधिवेशन ,सभाहरुमा प्रतिनिधिका रुपमा समेत देश, बिदेश र नेपालका बिभिन्न जिल्लाहरुमा यहाहरुलाई सभापति \अधक्ष्य लगायतमा विजयी बनाउन सक्रिय भूमिका खेल्दै आएको नै छु ।

कुनैपनि संगठनलाई चुस्त/दुरुस्त रुपमा परिचालन गर्न हरेक कार्यकर्ताले न्यायोचित भूमिका पाउनु पर्दछ । नयाँ कार्यकर्तालाई अवसर नदिंदा संगठनहरुको जनाधारमा समेत ठूलो क्षति पुग्न जान्छ । समाजमा नकारात्मक सन्देश प्रवाहित हुन्छ । पार्टीहरुले योग्य, सक्षम र देशकालागि ठूलो योगदान गरेका कार्यकर्ताहरुलाई पाखा लगाउँदै जाँदा बिभिन्न पार्टिहरु आफै कमजोर हुने निश्चित नै छ । यसतर्फ पनि आम नेपाली नागरिकहरुको पनि विशेष ध्यानाकर्षण हुनै पर्दछ । स्वतन्त्र प्रतिनिधित्व तर्फ विगतकै अनुहार दोहोरिने तर उचित मुल्याक्ंन सहित कसैलाई अवसर नै नपाउने प्रवृत्तिको पनि अन्त हुनु पर्छ यस्ता कार्यले पनि स्वतन्त्र संगठनहरुलाई नै ह्रास गर्दै जान्छ र स्वतन्त्र कार्यकर्ताको उत्साह कमजोर हुन पुग्दछ ।

म अहिले पनि स्वतन्त्र उम्मेदवारी दिन जादै छु । तर स्वतन्न्र संगठनहरु्ले प्राप्त गर्ने निश्चित स्वतन्त्र उमेदवारीबाट संसदमा प्रतिनिधित्व गर्न आम नेपाली नागरिककै निर्णायक भूमिका रहने भएकाले मेरो स्वतन्त्र संगठन प्रतिको वफदारिता, त्याग, समर्पण, निष्ठा र योगदानलाई कदरका साथै आम नेपाली जनमतको सम्मान गर्दै मेरो स्वतन्त्र उम्मेदवारीबाट उचित जिम्मेवारी दिएमा मेरो सम्पूर्ण प्रयास स्वतन्त्र संगठन गरिमा, विकास र स्वतन्त्र संगठन निर्माणमा थप उर्जा सहित निरन्तर रहिरहने छु भन्ने नेपाली नागरिकहरुमा विश्वास दिलाउन चाहन्छु ।आम नेपाली जनताको राय, सल्लाह,शु्झाव र प्रतिक्रियाको आशा सहित तपाई नेपाली नागरिकहरुलाई बिश्वास दिलाउदै थप जोश सहित निरन्तर रहनेछु भन्ने प्रतिज्ञा पनि दिलाउन चाहन्छु।

धन्यबाद, नमस्कार

विनिता अर्याल
स्वतन्त्र उम्मेदवार प्रत्यासी

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
44600