13/09/2022
नेपाल राजस्व परामर्श समितिद्वारा वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल राजस्व परामर्श समितिले आज मिति २०७९ भाद्र २8 गते वैदेशिक व्यापारमा संलग्न व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल राजस्व परामर्श समितिको सभाहलमा अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रममा समितिको तर्फवाट समितिका सदस्य-सचिव श्री भूमिराम शर्माले कार्यपत्र पेश गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष श्री विनोद कुमार सेठियाले वैदेशिक व्यापारका समस्याहरु राख्नुभएको थियो । उहाँले वजारमा चोरी पैठारी बढ्दै गईरहेको, तरलता अभाव बढ्दै गईरहेको र आयात प्रतिवन्धित भएपनि प्रतिवन्धित सामान वजारमा छ्यापछ्याप्ति पाइएको भन्दै सो समस्या समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले उत्तरी नाकावाट आयात सहज हुनुपर्ने र नाका खोल्नुपर्नेमा जोड दिंदै नेपालमा मौसम अनुसार फलफुल र तरकारी उत्पादन हुँदा विदेशी फलफुल र तरकारी आयात निरुत्साहित गर्न सुझाव दिए । नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दहालले छलफलमा उठेका विषयहरुको संक्षिप्त जवाफ दिदै व्यवसायीहरुको सुझावलाई छिट्टै नेपाल सरकारका सम्बन्धित निकायहरुमा कार्यान्वयनको लागि ठोस पहल कदमी गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
कार्यक्रममा नेपाल राजस्व परामर्श समितिका सदस्य लेखनाथ शर्मा पंगेनीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्वेश्यमाथि प्रकाश पार्नु भएको थियो भने सदस्य सचिव भूमिराम शर्माले राजस्वको वर्तमान अवस्था तथा नीतिगत व्यवस्था बारेमा विषय बस्तु राख्नु भएको थियो । अन्यमा राजस्व परामर्श समितिका सदस्य डा. जीवन अंगाईंले छलफलमा उठेका विषयवस्तुहरुलाई प्रष्ट पार्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
13/09/2022
नेपाल राजस्व परामर्श समितिले सीमा नाकाको चोरी पैठारी नियन्त्रण सम्बन्धमा गरेको अध्ययनलाई गोरखा पत्रले सम्पादकीयमा प्रकाशन गरेको छ ।
चोरीपैठारी नियन्त्रण
नेपाल भारतबीचको खुला सिमाना आधुनिक राज्यका निम्ति अनौठो अपवाद हो। तीनतिर भारतबाटै सिमाना जोडिएको नेपालको सीमाव...
12/09/2022
नेपाल राजस्व परामर्श समिति र फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनबीच राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल राजस्व परामर्श समितिले आज मिति २०७९ भाद्र २७ गते फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनका पदाधिकारी तथा व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । होटल येलो प्यागोडा जमलमा नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा भएको कार्यक्रममा फुटवेयरस् एसोसियसनका अध्यक्ष नानी राज घिमिरेले फुटवेयरको उत्पादन तथा निर्यातमा भएको समस्या र समाधानको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा फुटवेयर उत्पादन व्यवसायीहरुले बजारमा चोरी पैठारी गरेका जुत्ता चप्पलले बजार ढाकेको कारण स्वदेशी उत्पादनका जुत्ताहरुले प्रतिश्पर्धा गर्न नसकी व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको कुरा उल्लेख गर्नु भएको थियो । विदेशबाट आयात भएका फुटवेयरस् पनि न्यून बिजकीकरण भएका कारण एकातर्फ ठूलो राजस्व चुहावट भइरहेको र अर्कोतर्फ स्वदेशी उत्पादन महङ्गो पर्न गई फुटवयेर उत्पादन धरासायी भएको कुरा व्यवसायीहरुले बताउनु भएको थियो । एसोसियसनका सदस्यहरुले जसरी भए पनि बजार अनुगमन गरेर चोरी पैठारी नियन्त्रण गर्न माग गर्नुभएको थियो । नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दहालले छलफलमा उठेका विषयहरुको संक्षिप्त जवाफ दिदै व्यवसायीहरुको सुझावलाई छिट्टै नेपाल सरकारका सम्बन्धित निकायहरुमा कार्यान्वयनको लागि ठोस पहल कदमी गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
कार्यक्रममा नेपाल राजस्व परामर्श समितिका सदस्य लेखनाथ शर्मा पंगेनीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्वेश्यमाथि प्रकाश पार्नु भएको थियो भने सदस्य सचिव भूमिराम शर्माले राजस्वको वर्तमान अवस्था तथा नीतिगत व्यवस्था बारेमा विषय बस्तु राख्नु भएको थियो । अन्यमा राजस्व परामर्श समितिका सदस्य डा. जीवन अंगाईंले छलफलमा उठेका विषयवस्तुहरुलाई प्रष्ट पार्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
24/08/2022
नेपाल राजस्व परामर्श समितिले राजस्व तथा कर प्रणालीसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानका बिषयमा समान उद्देश्य भएका अनुसन्धानमूलक संस्थाहरुसँग साझेदारी गर्ने योजना बमोजिम आज राधेश पन्त अध्यक्ष रहनु भएको संस्था विरोक सँग MOU गरियो ।
21/08/2022
नेपाल राजस्व परामर्श समितिले २०७९ भाद्र १ आफ्नो स्थापनाको दिन पारेर नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ को दफा २२ बमोजिम माननीय अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९/८० वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । सोही अवसरमा समितिले सीमा नाकामा हुने चोरी पैठारी नियन्त्रणको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन, राजस्व परामर्श समितिद्वारा वि.सं. २०५६ सालदेखि २०७८ सम्म नेपाल सरकारलाई वुझाएको राजस्व नीति तथा कर सुधार सम्बन्धी सुझाव तथा सिफारिशहरुको "एकीकृत संगालो" पनि माननीय अर्थमन्त्री समक्ष पेश गरेको छ । कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुस्कर, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बराल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश कुमार शाक्य, अर्थमन्त्रीका विज्ञ सल्लाहकार तथा प्रेस सल्लाहकार लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दाहालले वार्षिक प्रतिवेदन तथा सीमा नाकाको चोरी पैठारी नियन्त्रणको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदनमा भएका मुख्य-मुख्य विषयहरुबारे प्रस्तुत गर्नु भएको थियो ।
अर्थ मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा माननीय अर्थमन्त्री जनार्दन शर्माले यस आर्थिक वर्षमा राजस्वको आन्तरिक स्रोत तथा राजस्वको दायरा वृद्धि गर्ने लक्ष्य राखिएको र सोको लागि हाम्रो प्रयास केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । उँहाले समितिलाई धन्यवाद दिदै सीमा नाका सम्बन्धी प्रतिवेदनका सुझावलाई कार्यान्वयनको लागि विशेष ध्यान दिइने विचार वक्त गर्नु भएको थियो ।
सो अवसरमा अर्थसचिव कृष्णहरि पुस्करले मन्तव्य राख्दै सीमा नाकाबाट हुने करछली नियन्त्रणको प्रभावकारिता सम्बन्धी अध्ययन सरकारको लागि ज्यादै उपयोगी हुने कुरा औल्याउनु भएको थियो ।