RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर

RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर

Share

The fourth-largest national party in Nepal

Photos from RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर's post 07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८३ जेठ २३ गते काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबारमा भव्यताका साथ सम्पन्न ऐतिहासिक प्रथम काठमाडौँ जिल्ला अधिवेशनबाट आगामी कार्यकालका लागि निर्वाचित सभापति राजा शाक्य लगायत सम्पूर्ण पदाधिकारी, सदस्यज्यूहरू साथै सम्पूर्ण काठमाडौँ १० क्षेत्रका सभापति, पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय घण्टी 🔔🔔🔔🙏

05/06/2026

काठमाडौं जिल्ला सभापति (स्थापना कालदेखि हालसम्म) को जिम्मेवारीमा रहेर पार्टी निर्माण, संगठन विस्तार र जनताको सेवामा निरन्तर योगदान दिन पाउनु मेरो लागि गर्वको विषय रह्यो। यस यात्रामा संगठनलाई मजबुत बनाउन, संरचना विस्तार गर्न र जनआधारलाई सुदृढ गर्न निरन्तर मेहनत गरिएको छ।

भोली हुन गइरहेको प्रथम काठमाडौं जिल्ला अधिवेशनले नयाँ नेतृत्वलाई अवसर प्रदान गर्दै संगठनलाई अझ सशक्त, गतिशील र भविष्यउन्मुख दिशातर्फ लैजाने आशा सहित सम्पूर्णलाई यस कार्यक्रमका लागि हार्दिक निमन्त्रणा गर्दछु।

प्रदिप बिष्ट
काठमाडौं जिल्ला सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी

30/05/2026

काठमाडौँ जिल्ला, चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को मच्छेगाउँ (मत्स्यगाउँ) मा अवस्थित हरेक पुरुषोत्तम मास वा अधिक मासमा यहाँको मच्छेनारायण मन्दिरमा एक महिना लामो मेलामा काठमाडौं-१० का माननीय प्रदीप बिष्ट पाल्नुभएको छ ।

28/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, कीर्तिपुर नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशनबाट निर्वाचित सभापति केशव महर्जन लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Photos from RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर's post 27/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, कीर्तिपुर नगरपालिकाको प्रथम ऐतिहासिक नगरपालिका अधिवेशन मिति २०८३–०२–१४ गते को लागि प्रतिनिधिहरूको अन्तिम नामावली तथा उमेदवारि आव्हान सहित निर्वाचन तालिका प्रकाशन गरिएको जानकारी गराइन्छ ।
नोट: कृपया उम्मेदवारी फारम बुझाउदा मतदाता नामावली र पार्टीको सदस्यता परिचय पत्रको copy अनिवार्य गरिएको छ ।

Photos from RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर's post 26/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी, कीर्तिपुर नगरपालिकाको प्रथम ऐतिहासिक नगरपालिका अधिवेशन मिति २०८३–०२–१४ गते हुन गईरहेकोले यसको लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली तथा निर्वाचन तालिका प्रकाशन गरिएको जानकारी सम्पूर्ण सम्बन्धित महानुभावहरूमा गराइन्छ ।

23/05/2026

माननीयद्वय गणेश पराजुली र प्रदीप बिष्ट दक्षिणकाली प्रथम नगर अधिबेशन घण्टी ध्वनिका साथ प्रारम्भ गर्दै ।

21/05/2026

हार्दिक निमन्त्रणा
राष्ट्रिय स्वतन्त्र पार्टी, कीर्तिपुर नगरपालिकाको प्रथम नगर अधिवेशन निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले कीर्तिपुर न.पा.का सम्पूर्ण वडावाट अधिवेशन प्रतिनिधि, पार्टी सदस्य तथा शुभेच्छुकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
– नगर अधिवेशन आयोजक समिति
मितिः २०८३ जेठ १४ गते, बिहिवार
समयः विहान ७ः०० बजे
स्थानः शुभकामना पार्टी प्यालेस, टाउन प्लानिङ, कीर्तिपुर–७

Photos from RSP Kirtipur राष्ट्रिय स्वतन्त्र पार्टी कीर्तिपुर's post 19/05/2026

आज जेठ ५ गते कीर्तिपुर वडा न. ९ र ८ को प्रथम वडा अधिवेशन क्रमश: नगाउँ लाछी र एवान पार्टी प्यालेस नगाउँमा माननीय प्रदिप बिष्टज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। निर्विरोध निर्वाचित सभापति वडा न. ९ का भीमसेन महर्जन र वडा न. ८ का अमृत महर्जन लगायत पदाधिकारी तथा सदस्यहरूलाई बधाई साथै आगामी कार्यकालको शुभकामना। अब कीर्तिपुरका दशैँ वडाको अधिवेशन पनि सम्पन्न भएको छ।

19/05/2026

सरकारको ध्यानाकर्षण गराउँदै काठमाडौँ क्षेत्र न. १० का मा. प्रदिप बिष्टज्यू 🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kirtipur
Kathmandu
00977