आज फेरि सपनिमा उसलाई देखेपछि झसक्यो मन।
भुल्दै गरेको अतीत याद आउन थालेपछि चसक्यो मन
दाग नदेखिएको घाउ
Love is a dream, pain is a reality
As we wake up dream is fade away....
यहाँ दुखेको घाउ मा मलम लगाउने हरु भन्दा
पीडा दिने हरु धेरै छन त्यसैले घाउ देखाउनु अनि
पीडा बताउनु को कुनै औचित्य छैन ।।
ॐ:मेरो दुखमा रोदनको गित गाउनुपर्छ जरुरी छैन
खुसीमा ओठभरी मुस्कान छाउनुपर्छ जरुरी छैन
मैले पो आफुलाई बिर्सिएर तिमीलाई प्रेम गरेको हुँ
ए मुर्ख प्रेमको बदलामा प्रेम नै पाउनुपर्छ जरुरी छैन
पहिलेको प्रेम कति मिठो, कति बलियो ! महिनौसम्म नभेटिइकनै चिठी र पत्रमा ओहोरदोहोर !!
अहिलेको प्रेम चौबिसै घण्टा डाटा र वाइफाइमा, तैपनि किन यति कमजोर ?
अब फेरी बिच बाटोमै छाडेर जानेहरुसँग भेट कहिल्यै नगराइदिनु है भगवान🙏
किनभने घाउ भएकै ठाँउमा ठेस लाग्दा पीडा बढी हुन्छ ।
भै'गो मलाई मन मुटु केही चाहिन्न
सम्हालेर राख्छु, आँसु केही चाहिन्न
बाँचीदिउला नि पीडा भित्रको जिन्दगी
प्रिय मान्छे सधै खुसीरहनु केही चाहिन्न
उस्को यादनै काफी छन् तड्पिनलाई
बिगतका सम्झनामै बाच्छु केही चाहिन्न
मलाई घृणा गरेरभए पनी उ खुसी रहोस्
जिन्दगी भर मलाई अरु केही चाहिन्न!
ध्येयं सदा परिभवघ्नमभीष्टदोहं तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यम्। भृत्यार्तिहं प्रणतपाल भवाब्धिपोतं वन्दे महापुरुष ते चरणारविन्दम् ।
त्यक्त्त्वा सुदुस्त्यजसुरेप्सितराज्यलक्ष्मीं धर्मिष्ठ आर्यवचसा यदगादरण्यम्। मायामृगं दयितयेप्सितमन्वधावद् वन्दे महापुरुष ते चरणारविन्दम् ।।
- प्रत्येक व्यक्ति आफ्नो आफ्नो युद्ध लडिरहेको छ, कोही सँग न बोल्दैमा, न हिन्दैमा त्यो अहंकार होइन।
Leave technology for a while and feel the real romanticism.
Hold a pen, get a paper and write a message to the person you love
केही सामाजिक नियमहरू अनुसरण गर्ने प्रयास गर्नुहोस है —
1. कसैलाई लगातार दुई पटक भन्दा बढी फोन नगर्नुहोस्। यदि तिनिहरूले तपाईंको कल उठाउँदैनन् भने, उनिहरू या त महत्त्वपूर्ण काममा व्यस्त छन भन्ने अनुमान गर्नुस् ।
2. तपाईंले ऋण लिएको व्यक्तिले माग्नु अघि नै उसको पैसा फिर्ता गर्नुहोस्। यसले तपाईंको इमानदारी र चरित्र देखाउँछ।
3. कसैले तपाईंलाई खाना खुवाउन लैजादा मेनुमा भएको महँगो परिकार कहिल्यै अर्डर नगर्नुहोस्।
4. 'ओह त्यसोभए तपाईंले अहिलेसम्म विवाह गर्नुभएको छैन?' वा 'तपाईंका बच्चाहरू छैनन्' वा 'तपाईंले घर आफ्नै घर बनाउनु भएको छैन?' जस्ता असजिला प्रश्नहरू नगर्नुहोस्। किनभने यो उनीहरुको व्यक्तिगत रोजाइ हो ।
5. तपाईको पछाडि आउने व्यक्तिको लागि सधैं ढोका खोल्नुहोस्। केटा होस् वा केटी, सिनियर होस् वा जुनियरले फरक पर्दैन। सार्वजनिक रूपमा कसैलाई राम्रो व्यवहार गरेर तपाईं सानो हुनुहुन्न।
6. यदि तपाइँ साथीसँग ट्याक्सीमा जानुहुन्छ र उसले यो पटक तिर्छ भने, अर्को पटक तपाईंले तिर्ने प्रयास गर्नुहोस्।
7. फरक विचारहरूको सम्मान गर्नुहोस्। याद गर्नुहोस्, तपाईको साइडबाट हेर्दा 6 देखिन्छ भने सामना गर्ने व्यक्तिलाई 9 देखिनेछ।
8. मानिसहरूलाई कुरा गर्न कहिल्यै बाधा नगर्नुहोस्। तिनीहरूलाई आफ्नो कुराहरू भन्न दिनुहोस्। आलोचना र प्रशंसा सबै सुन्नुहोस् तर ग्रहण गर्दा फिल्टर गर्नुहोस्।
9. यदि तपाईंले कसैलाई जिस्काउनुभयो, र तिनीहरूले यसलाई रमाइलोको रूपमा लिएनन् फेरि कहिल्यै अरूलाई गिज्याउने काम नगर्नुहोस्।
10. कसैले तपाईंलाई मद्दत गर्दा "धन्यवाद" भन्नुहोस्। हाम्रो पेज सफल संसारलाई पनि धन्यवाद दिन नछुटाउनुहोस् 🙂 ।
11. सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्। आलोचना भने सधै व्यक्तिगत रूपमा गर्नुहोस्।
12. कसैको तौलमा टिप्पणी गर्ने लगभग कुनै कारण छैन। केवल भन्नुहोस्, "तिमी उत्कृष्ट देखिन्छौ।" कसैलाई कति मोटाको, वा कति दुब्लाको भन्नू आवश्यक छैनl
नारी र पुरुष एक-अर्काका दुश्मन हैनन् । एकाध आपराधिक घटनालाई देखाएर एक अर्का प्रति विष ओकल्ने हाम्रो प्रवृत्ति प्रकृतिको खिलाफ छ । प्रकृत्तिले नै हामीलाई जोडिदिएको छ । बिहेकै चलन नचलेको भए पनि हामी कुनै न कुनै रूपमा जोडिन्थ्यौं, यो अकाट्य छ ।
जुन कुरा अकाट्य छ, त्यही कुरालाई हाम्रो चलन, परम्परा र परिवारले स्विकारेर, सकारेर, सजाएर हामीलाई दिएको छ । यसो सोचौं त, त्यो अकाट्य सम्बन्धलाई जोगाउन हामीले कति पहल गरेका छौं ?!
स्त्री-पुरुषको सम्बन्ध शरीरको सम्बन्ध मात्र हैन, बिल्कुल सही । मनको हो, बिल्कुल सही । मनपछिको गन्तव्य के हो, प्रश्न यो पनि हो । तपाईंले सयौं वर्ष बाँचेका सम्बन्ध देख्नुभएको छ, पढ्नुभएको छ, सुन्नुभएको छ, शरीरले मात्र टिकेका होलान् त ? बिल्कुल हैन ।
सुवासले टिकेका हुन् । ती शरीरहरु बाट कुनै कालखण्डमा पैदा भएको सुवास, जसमा प्रेम नै प्रेम पोखिएको थियो, समर्पण नै समर्पण सिंचिएको थियो, ‘तिमी भन्दा अर्को र तिमी भन्दा ज्यादा कोही छैन’ भन्ने जबर्दस्त दावी लत्पतिएको थियो, हो त्यसैको मीठो सम्झनामा कट्ने हो बाँकी जीवन ।
कहाँ जोडिन्न शरीर सुवासिलो सम्बन्धमा ? हुरुक्कै हुँदा अंगालोमा जोडिन्न कि ? धुरुक्कै रूँदा काखमा जोडिन्न कि ? कमजोर हुँदा काँधमा जोडिन्न कि ? बलियो हुँदा कम्मरमा जोडिन्न ?
ती बदमास सम्झनाहरुमा दिल खोलेर हाँस्दा सजिलै कट्छ ‘शरीर चल्न छोडेपछिको जिन्दगी’ । ती सिरिंग बनाउने आफ्नै कथा र कथनीहरुमा लजाइलजाइ, जिस्क्याइ-जिस्किइ सजिलै कट्छ ‘कथाले माग्न छोडेपछिको जिन्दगी’ !
आगो- ईगो, कमाइ-पढाइ, रूप-ख्याती, सुविधा-सम्पत्ती…यी सबभन्दा माथि हुन्छन् खुसी वा दुःखमा जोडिएका अंगालोहरु, छोपिएका हातहरु, खप्टिएका खुट्टाहरु र टाँसिएका छातीहरू ! ‘म फलानो/फलानी हुँ’ भन्ने टकरार भन्दा ‘म फलानोको/फलानीको हुँ’ भन्ने करारमा हुन्छ सम्बन्धको आयु तय ।
कहिलेकाहिं बिस्तारालाई सोध्नुभएको छ, ‘तँ कति खुसी छस् हामीलाई देखेर’ भनी ! बिस्तरा बोल्दैन, तपाईं अभिनय गर्नुहुन्छ, म ताली बजाउँछु । देख्नेले जे देख्छन्, त्यही लेख्छन् - आहा, भगवानले जुराएको जोडी !!
भगवानले (प्रकृतिले) जुराएको नै हो भने एक्टिंग नगर्नुस्, नढाँट्नुस्- न अरुलाई, न आफूलाई ! आज ‘आहा’ भन्नेले भोली ‘छ्या’ भन्छन्, दोष उनीहरुको मात्र हैन, ऐना उनीहरुले पनि झुन्ड्याएका हुन्छन् घरमा ।
नसकिने सम्बन्धलाई जबर्जस्ति नघिसार्नुस् । कसलाई के देखाउनुछ र ? कसलाई के प्रमाणित गर्नुछ र ? आफ्नो आयु पुरा बाँच्नुस्, अर्कोलाई पनि बाँच्न दिनुस् ! ज्यान नलिनुस्, ज्यान नदिनुस् । दिनुपर्ने सम्मान हो, प्रेम हो ।
नसक्ने भए एक्लै रहनुस्, एक्लैमा अर्को आनन्द छ । 😷🤔
छैन आफ्नै भाग्य त तक्दिरकाे के दाेष , बस्दैनन् भगवान त मन्दिरकाे के दाेष ,
ऐनामा देख्छु आफ्नै मलिन अनुहार ,
जस्ताे छ त्यस्तै देखियाे त तस्बिरकाे के
दाेष.........!!!
हाम्रो दिन सधैँ राम्रो हुन सक्दैन तर हामी नराम्रो दिन सँग आफ्नो सहि मनस्थितिले सामना गर्न सक्छौं
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
