पूर्वीय दर्शन

पूर्वीय दर्शन

Share

हाम्रो विश्वास पुर्वीय दर्शन

25/12/2023

🌸विवाहको मर्म 🥀
विशेषेण उह्यते इति विवाह विशेष किसिमको दायित्व निर्वहन गर्नु विवाह हो । यो समस्त गृहयज्ञ र संस्कारहरूको मुख्य केन्द्र पनि हो । विवाह गरेर गृहस्थ जीवन प्रवेश नगरेकोलाई अयज्ञियो वा एष योsपत्नीक: भनेर अविवाहित यज्ञहीन मानिन्थ्यो ।एक्लो जीवन अपूर्ण रहने हुँदा पत्नीलाई आधा अर्धभाग मानिन्छ ।त्यसैले पत्नी अर्धार्गिणी भनिएको हो ।विवाह "एषोदिता लोकयात्रा नित्यं स्त्रीपुंसयो: शुभा(मनुस्मृति)"
विवाह पारिवारिक एवं सांसारिक र पालौकिक कल्याणको दृष्टिले आवश्यक कार्य हो साथै नारीका लागि विवाह र ब्रतबन्ध संस्कार पनि हो ।

हाम्रो श्रुति परम्परामा 'एकाकी न रमते 'अनुसार परमात्मा त एक्लै रहन नसकेर अनेक रुपमा रमण गर्नुहुन्छ भने हामी मानव समुदाय कसरी रमण गर्न सक्दछौँ भन्ने रमणीय जीवनको कारक विवाह हो ।
यथा वायुं समाश्रित्य वर्तन्ते सर्वजन्तव:
तथा गृहस्थमाश्रित्य वर्तन्ते सर्वआश्रममा: ।मनुस्मृति
जसरी प्राण वायुको मात्र आश्रय लिएर जिवित रहन्छन् त्यसैगरी सबै आश्रमका मानिसहरू गृहस्थाश्रममा आएर जीवन यापन गर्दछन् । तसर्थ पनि धन्योगृहस्थाश्रम:भनिएको छ । सृष्टि परम्पराको रक्षा,दुईआत्माको मिलन र प्रकृति र पुरुषको संयोजनको उत्कृष्ट कर्म विवाह हो । विवाहका समयमा अनेक प्रतिज्ञाहरू गरेर पारस्पारिक सम्बन्धको बिजारोपण प्रतिज्ञा सहित गरिएको हुन्छ ।विवाहका समयमा 'धर्मे चार्थे च कामे च त्वया नातिचरितव्येयम् 'धर्म,अर्थ,कामका नियमलाई अतिक्रमण गर्ने छैनौँ ।अतिव्यवहार त्यागेर सावधानीका साथ जीवनिर्वाह गर्नेछौँ भनिएको हुन्छ ।किनभने
"द्विधा कृत्वात्मनो देहेमर्द्धेन पुरुषो भवेत् ।
अर्धेन नारी तस्यां स: विराजमसृत् प्रभू ।।
भगवान्कै सदिच्छाले स्वेच्छामय परमात्माको दुई अंश बायाँ अंश स्त्री र दायाँ अंश पुरूष भएर जन्मिएको हुनाले यी दुवै एक अर्काका परिपूरक हुन् ।
स्वेच्छामय:स्वेच्छयाsयं द्विधारुपो बभूव ह ।
स्त्रीरुपो वाम भागांशो दक्षिणांश पुमान्स्मृत: ।

विवाह गर्दाको प्रतिज्ञा :पारस्परिक आत्मसमर्पण

विवाहका बखत वरलाई वधूले मुख्य सात प्रतिज्ञा गराउँदछिन् । त्यति बेला वधूले भन्छिन् —पहिलो
तीर्थव्रतोद्यापनयज्ञदानं मया सह त्वं यदि किन्नु कुर्या :
वामाङ्ग मायासी तदा त्वदीयं जगाद वाक्यं प्रथमं कुमारी ।
वधू : ‘तीर्थ–व्रत ,उद्यापन र दान,धर्ममा मलाई वामाङ्गी बनाई साथै लैजान्छौ भने मात्र म तिम्री पत्नी बनेर जानेछु । १
दोस्रो
हव्यप्रदानैरमरान्पितृँश्च कव्य प्रदानै यदिपूजयेथा:
वामाङ्गमायासी तदा त्वदीयं जगाद वाक्यं द्वितीयं कुमारी ।।
वधू — ‘मेरा मातापितालाई आफ्नै मातापितासरह सम्मान गर्छौ भने मात्र म तिम्री वामाङ्गी पत्नी बन्नेछु ।२
तेस्रो
कुटुम्बरक्षाभरणे यदित्वं कुर्या पशुनां परिपालनं च ।
वामाङ्ग.................................तृतीयं कुमारी ।।
वधू — ‘घरका सम्पूर्ण आवश्यकताहरू पूरा गर्न सक्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ ३
चौथो
आयव्ययौ धान्य धनादिकानां पृष्ट्वा निवेशं च गृहे निदध्या ।
वामाङ्ग.................................... चतुर्थं कुमारी ।।
वधू — ‘मसँग सल्लाह गरेर घरायसी व्यवहार र आर्थिक कारोवार गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ ४
पाँचौँ
देवालयारामतडागकूपवापीर्विदध्या यदिपूजयेथा: ।
वामाङ्गमायासी ...................पञ्चमं कुमारी ।
वधू — ‘तिम्रा र मेरा साथीहरूका अगाडि मेरो अपमान गर्दैनौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’ ५
छैटौँ
देशान्तरे वा स्वपुरान्तरे वा यदाविदध्या: क्रय विक्रयौत्वं ।
वामाङ्गमायासी ............................षष्ठमं कुमारी ।।
वधू— देश भित्र वा बाहिर ,व्यापार गर्दा वा अन्य कर्ममा साथदिन तयार छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’६
सातौँ
नसेवनीया परपापकीया त्वया भवोद्भाविनी कामिनीति ।
वामाङ्ग ........................................सप्तमं कुमारी ।।
वधू — मनले मलाई स्वीकारेर कामीनी परस्त्रीलाई मातासमान दृष्टि राख्छौ भनेर वाचा गर्छौ भने मात्र म तिम्री पत्नी बन्नेछु ।’७

यसकासाथै बवधूले पुन: सात प्रतिज्ञा गर्दछिन् ।
पहिलो
#गृहीणी भएर घरको धनधान्य ,मिष्ठान्नादि मेरै अधिनमा रहेनेछन् ।।१
दोस्रो
#सुखमा प्रसन्न र दु:खमा धैर्य रहेर मधुरवाणीले कुटुम्बरक्षा गर्नेछु ।२
तेस्रो
#परपुरूषको चिन्तन छोडेर पतिव्रता बनेर हजुरसँगै विहार गर्नेछु ।३
चौथो
#श्रृङ्गारपूर्ण बनेर हजुरको सेवामा रहने छु ।४
पाँचौँ
#सुखमा सुखी दुःखमा र दु:खी भई आज्ञा पालन गर्नेछु ।५
छैटौँ
#यज्ञादि कर्म र सबै धर्म अर्थकाम साधनामा तपाइँको सहयात्री हुनेछु ।६
सातौँ
अत्रांशे साक्षिणो देवा मनो भावप्रबोधिन: ।
वञ्चनं न करिष्यामि सप्तमे सा पदे वदेत् ।७
#यी प्रतिज्ञाहरू अन्तर्यामी देवतागण साक्षी राखेर कहिल्यै वञ्चना नगर्ने प्रतिज्ञा गर्दछु । यति प्रतिज्ञा वधूले गरेपछि
वरले स्वीकार गर्दै भन्दछन् :
ॐ मम व्रते ते हृदयं दधामि मम चित्तमनुचित्तं तेsस्तु ।
मम वाचकमाना जुषस्व,प्रजापतिष्ट्वा नियुनक्तु मह्यम् ।
मदीयचित्तानुगतं च चित्तं सदाममज्ञा परिपालनं च
पतिव्रता धर्म परायणा त्वं कुर्या सदा सर्वमिमं प्रयत्नम् ।

#हे वामाङ्गी आफ्नो हृदय मेरो हृदयमा लगाऊ ।
#तिम्रो चित्तमेरो चित्त अनुरूप होस् ।
#तिम्रो मन र मेरो मन मिलाएर हाम्रो वचन पालन गरौँ ।
प्रजापतिले मलाई खुशीपार्ने काममा तिमीलाई तत्पर गराऊन् ।
#तिमी पतिव्रता ,सदा मप्रति चित्तदिने मेरी आज्ञाकारीणी आफ्नो प्रतिज्ञानुसारको कार्यमा तत्पर होऊ ।

यसरी विवाह संस्कारमा पारस्परिक प्रतिज्ञा गरेर पति पत्नीमा प्रेम तथा एकात्मभाव जगाएर वैवाहिक संस्कार सम्पन्न हुन्छ ।

13/08/2023
13/08/2023
13/09/2022

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00