25/05/2026
सम्पूर्ण मा जय नेपाल!!🇳🇵🇳🇵🇳🇵⚔️⚔️⚔️🙏🙏🥀💐
देशले मागेको बेला मैले रगत बगाउछु तेत्तिकै भनिएको होइन सुरक्षा फौजले !!
(नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल नेपाल नेपाली सेना )
आगामी आर्थिक वर्ष २०८३/८४ बाट सुरक्षा फौजलाई पनि केही राहत भएको महशुस होस!!!!!!!!
संगठन भनेको कुनै एक व्यक्तिले मात्रै चलाउन सक्दैन।संगठनमा म को सट्टा हामी र हाम्रा लागि हो भन्ने बुझ्नु जरुरी छ नकि कालो गए गोरो आउछ भष्यालाइ मान्यता दिएर नै अहिले सम्पूर्ण सुरक्षा फौजमा यो समस्य आएको हो यसको अब उचित तरिकाबाट निराकरण गरिनु पर्दछ ।।संगठनको उच्च ओहोदामा बस्ने व्यक्तिले नीतिनियमको कार्यान्वयन गर्न आदेश मात्रै दिने गर्दछ तर सानो दर्जाको आर्थिक समस्य(economic problem ), hard training cost problems ,family problems and other many problem कस्ले बुझिदिने सुनिदिने ।। ।त्यस अर्थमा सम्पूर्ण सुरक्षा फौज नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल नेपाल ,नेपाली सेना लगायतका संगठनका अभिभावक,वा घरमुलि भनेको नै संगठन प्रमुख नै हुन! तपाईहरुले आफ्नो परिवारको सदस्यकोXमतलब संगठनका सदस्यहरुको समस्या बझ्नु जरुरी छ। तपाईंहरुको परिवारको सदस्यले किन आफ्नो रोजिरोटि छोड्न बाध्य भैरहेका छन त किन आफ्नो देशको सेवा गर्न मन हुदाहुदै जागिर छोडेर देश नै छोड्नु परेको अवस्था छ र छोडिरहेका छन भनेर यस बारेमा समयमै अध्ययन गरिनु जरुरी छ कि छैन। साथै देशको मेन मेरुदण्ड भाँचियो भने देशमा आइपरेको बेला को खटिन्छ त फ्रन्टलाइन यो बुझ्नु जरुरी छ र जनशक्ति यहि दरमा घट्दै छोड्दै गएमा कसरि हुन्छ त शान्ति ,सुरक्षा र अमनचैन? कसरि ? सरकारले पनि यि यस्ता सानो मान्छे परिवार पाल्ने उसको ठुलो सपना पनि त बुझ्नु जरुरी छ नि हैन ;?यसरि यहि दरमा जागिर छोड्दै गयो भने देशको लगानी छोटो समयमै बर्बाद हुने निश्चितरूपमा देखिन्छ यश बारेमा सायद हजुर हरुलाई पनि अवगत नै होला । त्यसरि जागिर छोडेर जानुको मुल समस्या भनेको समयअनुसार स्रमको उचित मुल्यांकन नभइ परिवार पाल्नलाइ परेको आर्थिक समस्य हो यसको उचित मुल्यांकन गरि तपाईंहरुले समन्वय र सहकार्य गर्ने ठाउँमा निम्न दर्जाहरुको मनभित्रको, कसैलाई भन्न नसकेको चिच्याहाट आवाजलाई सुनुवाइ हुने ठाउँमा पुर्याउन हुन सादर निवेदन गर्दछु ।
नोट :यसमा लेखिएका शब्दहरु कसैप्रति लक्ष्यित गरिएको पनि छैन यद्यपि कसैलाई तेस्तो लागेमा क्षमाप्रार्थी छु। र तल्लो तहका कर्मचारीलाई उचित स्रमको मुल्यांकन होस भन्ने हेतुले लेखिएका शब्द हुन ।यस आगामी आर्थिकवर्ष२०८३/८४बाट कुनै पनि सुरक्षा फौजका कर्मचारीले जागिर बिचैमा छोड्नु पर्ने बाध्यकारि घटनाहरु नआउन भन्ने हो ।
#सम्पूर्ण सुरक्षा संयन्त्र विभाग
#नेपाल प्रहरी
#सशस्त्र प्रहरी बल नेपाल
#नेपालि सेना
#बजेट२०८३ #नेपालसरकार_गृह_मन्त्रालय_सुरक्षा_संयन्त्र_विभाग #सप्रवल_नेपाल