Rastriya Swatantra Party - Kaski

Rastriya Swatantra Party - Kaski

Share

Rastriya Swatantra party - Kaski

04/12/2025

वि.सं. २०८२ मंसिर १८
ने.सं.११४५ थिंलाथ्व चतुर्दशी

हार्दिक शुभकामना

मौलिक नेपाली चाडहरु उधौली (साकेला, चासोक तङ्नाम, फोलष्याँदर, चासुवा), योमरी पुन्ही, धान्य पूर्णिमाको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश नेपाल विविधताले भरिएको, आपासी सदभाव र एकताको सुत्रमा बाँधिएको मुलुक हो । नेपाली मौलिक चाडपर्वले विभिन्न जाति, संस्कृति र रहनसहनको प्रवर्द्धन र संरक्षणमा उल्लेखनीय भूमिका खेलेको छ । साथै, नेपाली पहिचानलाई जोगाइ राख्न योगदान गरेको छ ।

यसर्थ, यी चाडपर्वहरुले नेपालीबीचको आपसी सदभाव, भाइचारा र सह–अस्तित्व अभिवृद्धि गर्न थप मद्दत पुगोस् भनी हार्दिक कमना गर्दछौँ ।

डोल प्रसाद अर्याल
कार्यवाहक सभापति

02/12/2025

हार्दिक अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ।

पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।

तसर्थ, पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं।

उम्मेदवार छनोट समिति
राष्ट्रिय स्वतन्त्र पार्टी

29/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीको एकता घोषणा सभामा सबैलाई सादर निमन्त्रणा गर्दछौं।असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका लागि पार्टी सदैव कटिबद्ध रहिरहनेछ।

26/11/2025

वि.सं. २०८२ मंसिर ९
ने.सं. ११४५ थिंलाथ्व पञ्चमी

विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको बसेको पार्टी सचिवालयको बैठकले देहायका निर्णयहरू गरेको व्यहोरा जानकारी गराइन्छ।

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको २०८२ मंसिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने तथा सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ-राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने ।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने ।

३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने ।

४. सबै पालिकामा पार्टीको र्‍यापिड एक्सन टिम (Rapid Action Team- RAT) गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने ।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने ।

मनिष झा
प्रवक्ता

23/11/2025

फागुन २१ गते हुने आम निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु भएको छ। यसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमा उम्मेदवारी आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

उम्मेदवारी दिने समयावधि:
कार्तिक २२ गतेदेखि मङ्सिर २५ गतेसम्म

उम्मेदवार छनोट रूपरेखाबारे विस्तृत रूपमा अध्ययन गर्न:
https://rspnepal.org/downloads

आवेदन दिन:
https://rspnepal.page.link/app

थप जानकारीका लागि पार्टीका देशभरका कार्यालयहरूमा सम्पर्क राख्न अनुरोध गर्दछौँ वा उम्मेदवार छनोट समिति संयोजक Bipin Kumar Acharya सँग ९८५१२४८०६३ नम्बरमा कल वा
ह्वाट्स एप मार्फत सम्पर्क राख्न पनि अनुरोध गर्दछौँ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu