19/02/2026
१०४ साल लामाे निरंकुश जहानिया राणा शासनकाे अन्त्य र स्वतन्त्रताको उदय भएको ऐतिहासिक दिन।
वीर सहिदहरूको त्याग र बलिदानको स्मरण गर्दै ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ने.वि.संघ के.सि.सि ईकाइ समितिद्वारा कलेज प्राङ्गणमा द्विप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। यस कार्यक्रमको माध्यमबाट हामीले आजको युवा पुस्तालाई इतिहासको गौरव बुझाउने र देशप्रतिको जिम्मेवारी सम्झाउने प्रयास गरेका छौँ। यो ऐतिहासिक दिनमा हामी सबै मिलेर एउटा समृद्ध र समुन्नत नेपाल निर्माण गर्ने संकल्पलाई आत्मसाथ गर्नुपर्छ।
सहिदको सपना अधुरो नरहोस्, र हाम्रो राष्ट्रिय झण्डा सधैँ गर्वका साथ आकाशमा फहराइरहोस्।
जय नेपाल! जय प्रजातन्त्र!🇳🇵
02/01/2026
नेपाल विद्यार्थी संघ (नेविसंघ) KCC इकाइ समितिको
आयोजनामा सम्पन्न २ दिने अन्तर–कलेज बैडमिन्टन तथा टेबल टेनिस प्रतियोगिता सकिएको छ। 😊
उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल सबै खेलाडीहरूलाई हार्दिक बधाई तथा प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई आगामी खेलहरूका लागि शुभकामना व्यक्त गर्दछौं।हार–जित खेलको एक हिस्सा हो,हार्नु भनेको कमजोर प्रदर्शन गर्नु होइन, यो सिकाइ र अझ राम्रो बन्ने अवसर हो। 🙏
कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग र सहकार्य प्रदान गर्नुहुने कलेज प्रशासन तथा Kantipur City College परिवार, साथै आयोजक टिम, रेफ्रीहरू, स्वयंसेवकहरू र सम्पूर्ण सहयोगी हातहरूप्रति नेविसंघ KCC इकाइ समितिकोतर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
01/01/2026
पहिलाे दिनकाे उत्साह र जाेश!😊
Day 1 Badminton and table tennis competition.
सबैकाे सहभागिता र सहयाेगकाे लागि हार्दिक धन्यवाद ।
भाेलि अझै राेचक क्षठहरू बाकि नै छन्।
31/12/2025
🏓🏸 We’re ready for tomorrow’s Table Tennis & Badminton Competition!
Haven’t registered yet?
🔗 Form link is below — you can also scan the QR code from the picture.
https://docs.google.com/forms/d/e/1FAIpQLSfxmbrXbgZji604Y8ffWl9oJ0P-VqlyFKd84JD0jHmOcnC3og/viewform
25/08/2025
Warm wishes to respected Srijana Singh Mam on the occassion of Teej and your birthday! Great meeting you today. 🎉
22/08/2025
नेपाली नारीहरूको महान पर्व ‘तीज’ को अवसरमा नेपाल विद्यार्थी संघ, कान्तिपुर सिटी कलेज इकाई समितिद्वारा आयोजित तीज विशेष कार्यक्रममा सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछौं।
मिति: २०८२ भदौ ९ गते
समय: बिहान १०:०० बजे
स्थान: कान्तिपुर सिटी कलेज
जय नेपाल!
07/08/2025
आज मिति २०८२/०४/२२ मा नेपाल विद्यार्थी संघ, कान्तिपुर सिटी कलेज ईकाई समितिको आयोजनामा (BBA) दोस्रो सेमेस्टरको कक्षा समिति सफलतापूर्वक गठन गरिएको छ। समितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा आगामी जिम्मेवारीको सफल कार्यान्वयनको शुभकामना। जय नेपाल 🇳🇵
23/07/2025
आज मिति २०८२/०४/०७ मा नेपाल विद्यार्थी संघ, कान्तिपुर सिटी कलेज ईकाई समितिको आयोजनामा (BIT) दोस्रो सेमेस्टरको कक्षा समिति सफलतापूर्वक गठन गरिएको छ। समितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा आगामी जिम्मेवारीको सफल कार्यान्वयनको शुभकामना। जय नेपाल 🇳🇵
22/07/2025
आज मिति २०८२/०४/०६ मा नेपाल विद्यार्थी संघ, कान्तिपुर सिटी कलेज ईकाई समितिको आयोजनामा बी.ई. कम्प्युटर दोस्रो सेमेस्टरको कक्षा समिति सफलतापूर्वक गठन गरिएको छ। समितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा आगामी जिम्मेवारीको सफल कार्यान्वयनको शुभकामना। जय नेपाल 🇳🇵