06/02/2022
निष्ठाकाे चाैताराे
स्वार्थ बिहीन राष्ट्र सेवा राष्ट्र सेवा
06/02/2022
22/01/2022
राजा महेन्द्रकाे फाइल फाेटाे
10/12/2021
काँग्रेसमा नयाँ सोचको नेतृत्व आवश्यक छः सिरोज विजय कोईराला, युवा नेता, नेपाली काँग्रेस #NNTV ेपाली काँग्रेसको १४ औं महाधिवेशन विशेष बहसराजनीतिकर्मी तथा सामाजिक अभियन्ता सिरोज विजय कोईरालाका साथ२४ मंस.....
08/12/2021
पुरञ्जनको अंकगणित : शेखरलाई साझा उम्मेदवार बनाए पहिलो राउण्डमै देउवा हार्छन् || Puranjan Acharya पुरञ्जनको अंकगणित : शेखरलाई साझा उम्मेदवार बनाए पहिलो राउण्डमै देउवा हार्छन् || Puranjan AcharyaSubscribe To Our Channel:https://www.youtube.com/channel/UC1e...
या देवी सर्वभूतेषु.. शक्तिरूपेण संस्थिता:
नमस्तस्यै.. नमस्तस्यै.. नमस्तस्यै नमो नम:
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते !
सबैमा भगवतीकाे कृपा रहाेस
29/08/2021
१९९० काे नेपालकाे पहिलाे SLC परिक्षा ।
08/08/2021
22/06/2021
टाइम टाइमकी बात हे ।
22/06/2021
मान्छे चिन्नुहुन्छ ।
27/05/2021
हेर्नै पर्ने अन्तर्वार्ता
'अर्काकाे सासंद चाेरर प्रधानमन्त्री बन्न पाइदैन्' | Sarokar With Nimesh Banjade | 25 May 2021 'अर्काकाे सासंद चाेरर प्रधानमन्त्री बन्न पाइदैन्' | Sarokar With Nimesh Banjade | 25 May 2021This program was aired on Kantipur Television on 25 May 2021 at ...
29/10/2020
देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह ---- Read More ----
29/10/2020
-करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो - जनताले हात उठाएनन् !
-सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् ।
-सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो - जनताले हात उठाएनन् ।
-आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहे । सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बामदेव रहे - र पनि जनताले हात उठाएका छैनन् ।
-मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन - तर जनताको हात यहाँ पनि उठेको छैन ।
-नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने विष्णु पौडेलहरूलाई नै कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ - फेरि पनि जनताले हात उठाएका छैनन् ।
-विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, कवारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् - खै कतै कसैले हात उठाएका छैनन् ।
-सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए । रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो - तर पनि जनताको हात उठेको छैन ।
-किसानले मल पाएनन् । उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ । खै त जनताको हात उठेको छैन !
ए सरकार !
आज आएर कसरी अचानक तिम्रो मात्र हात उठ्यो ? महामारी व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने तिम्रो हात एक्कासि कसरी उठ्यो ?
राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन । भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ ।
आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?
भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?
नारायन गाउले
Click here to claim your Sponsored Listing.
खेमराज पौडेल सचिवालय
जय नेपाल !
रुख चिन्हमा मतदान गरौं । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार खेमराज पौडेललाई अत्याधिक मतका साथ विजयी गराऔं ।
-खेमराज पौडेल
प्रतिनिधिसभा सदस्यका उमेद्वार
कास्की क्षेत्र नं. २
#सम्पर्क नम्बरः 9851113777, 9856030337, न्यूरोड, पोखरा
Location
Category
Website
Address
Kathmandu
