हिजो आजका कुरा

हिजो आजका कुरा

Share

टुकि को अगाडी कलमले समाज कोर्ने जमर्को नमस्ते

13/03/2022

बैदेसिक रोजगारी लाई स्वदेसमा स्थापित गर्ने , गाऊँको समस्या मा हातेमालो गरौ यस्तै केहि उद्देश्यका साथ बैदेसिक रोजगारी मै छँदा खोलिएको यो पेज निस्क्रिय बनाइएको छ ।

कारण, पेजको लेखक बैदेसिक रोजगारी बिट मारेर नेपाल मै फर्की आफ्नो कार्य लाई अगाडी बढाई सकेको छ ।
सकभर जन्म ठाऊँको परिकल्पना गरेको थियो । उपयुक्त वातावरण हुनेमा कन्फ्यूज देखियो । त्यसको बिकल्प अन्तै रोज्न पऱ्यो । जे होस स्वदेसको बसाई लाई निरन्तरता दिने संकल्प सहित फर्कन सकियो ।

नेपालमा अवसर खोजे प्राप्त गर्न सकिन्छ । आत्म बिश्वास का साथ भोकाएको बाघ झै गर्जदै हिड्नु पर्छ । यही देखेको सपना यहि माटो मै पूरा हुन्छ । 🙏💐
“ बिलासिताका असिमित चाहाना पालेर बैदेसिक बसाई नलम्बाऔ “
# यो पेज बन्द जस्तै नै हुनेछ # 🙇

20/11/2021

समाजको आ- आफ्नै बाटाहरू छन | यस्को परिणाम के हुन्यो !🤔🤯

बिबेकी हुन उच्च शिक्षाको आवश्यक हुदैन | कैयौ उच्च शिक्षा लिएका हरू मतलबी छन |
आफूलाई सफा गर्न सक्नेले समाज सफा गर्ने हैसियत बोकेको हुन्छ |
बौद्धिक ब्याक्ति फोहोरी बन्यो भने समाज भरी दुर्गन्ध फैल्याउछ | यस्तो समाज शुध्द गर्न एकै पुस्तालाई हम्मे हम्मे पर्छ |

अहिले हाम्रो समाज बौद्धिक दुर्गन्ध थुप्रेको छ | यस्को गन्ध थाहा पाउनेहरू जोगिएर हिड्छन |
गन्धलाई बास्ना ठान्नेहरू पिछलग्गू बनेका छन | यो दुर्गन्ध हो भनेर बिद्रोह गर्ने हरू ज्यान जोगाउनै मुस्किल छ |

नगन्य संख्याले बिकास ,रोजगारका बिषय उठान गरे गर्भ मै तुहाइन्छ | जमाना खराब चले पछि भाग्नुको बिकल्प हुदैन | समाज ब्यूँझिन एक पटक खरानी बन्नु पर्छ | आत्म जल्नु पर्छ ,भतभत पोल्नै पर्छ | यस पछि सितलताको खोजी शुरू हुन्छ | तत्कालका लागी यती भयाबह तिर नजाऔ भन्ने कल्पना मात्र हो |

यस्तो अबधीमा धनी हुनेहरू धनको चाङ मा पुग्छन , मध्यम स्तर का धारमा अड्किन्छन , तल्लो बर्गहरू ढुकढुकि छामेरै दैनिक छोट्टिन्छन 😥

15/11/2021

जनगणना पनि एक किसिमको राँइदलो जो हुने गरी फम तैयार भा रैछ | बाहुनी दिदिले हाम्रो भाषा संस्कृत हो भन्दै झपार्नो को भिडियो दाइरल भाछ | ए देई संस्कृत मै बोल्नु भा भए जाद्रै हुन्तो

मगर भाषा बोल्नै नजानेको स्थानमा मगर भाषा भनौ भन्ने प्रचार छन | अन्य जात धर्मका बाओरा त्यस्तै छन | कति पछाडी फर्केको हो भने यी मानव जाती ! बा आमा , हजुर बा हजुर आमाले परिवारमा जे भाषा , धर्म दिनु भएको छ त्यही लेखे त पुग्थ्यो नि बरै ! अगाडी बढौ क्या अगाडी …

लेखाउनै मन छ भने प्रष्ट बोल्न पनि जाने हुनी

एका तिर जात जाती भनेर हेपे भनेर कुर्लने , फेरी नया पुस्तालाई पनि जात जातीका कुरा सिकाउने गर्न खोजेको के हो यार ?

धर्म को कुरा उस्तै खिचडी छ , यसरी जात धर्म भन्दै उफ्रने गरे पछि सरकारको बिकास निति कस्तो होला ?

घर , टोल ,गाऊँ को आर्थिक अबस्था के छ ? सरकारको सुबिधा पुगे नपुगेको के छ ? शैक्षिक अबस्था , स्कूल कलेज को अबस्था के छ ? यस्ता अत्यावश्यक बिषय सँगै मान्छेका टाउका नगने सम्म “ यस्तो जनगणनाको राँइदलो ले बजेट ,बिकास रोजगारी सिर्जना गरी बैदेसिक रोजगारी , बिस्थापित , खेतियोग्य जमिन बाँझिन बाट रोक्ला ? हामी आत्मनिर्भर को बाटो देखौला ? “ देसले बिकासको मुख देख्ला ?

बिकास भन्दा जनता लडाउने ,रजाई गर्ने तानाशाह गणतन्त्र 😡

03/11/2021

अचार बनाउने सिप
*****************
चसक्क हुने कार्यक्रम ! यस्ता सिप सिकाउनु पर्ने अवस्था समाज मा छ र ? यदि छ भने हाम्रो समाज मा विकास र रोजगार को अवस्था कस्तो छ ?

मसौरा , सिन्की बनाउने सिप पनि सिकाउनु पर्ने अवस्था मा हुनुपर्छ ! 😢

यी कस्ता सिप हुन ? स्वरोजगारी , आत्मनिर्भर बन्नसक्ने घरेलु उद्योग मा परिवर्तन गरी रोजगार दिन सकिन्छ ? यदि रोजगार मुलक काम हो भने , उद्योग मा परिरणत गरी उत्पादनको बजार व्यवस्थापन पनि गरिदिनु पर्यो | हैन भने घरमै अचार बनाउने सिप परापूर्वकाल देखि परिमार्जन हुँदै आएको राम्रै अचार बनाउन सक्ने क्षमता समाज मा छ | समाज का स्कूल नजिक र साना होटल रेस्टुरेन्ट व्यवसायी ले पहिल्यै देखि बनाउँदै आउनु भएको थियो र आज पनि छ |

हुन त यस्ता कार्यक्रम नेपाल सरकार की श्री ३ को सरकार कै हुनसक्छ ! गाउँपालिका ले समाजको आवश्यकता अनुसार परिमार्जन गर्न मिल्छ की मिल्दैन कुन्नि ?

यो कार्यक्रम भन्दा समाजका अति निम्न वर्गका परिवार पहिचान गरी , पशु या पन्छि पालन का लागि सहयोग गरेको भए हुन्थ्याे की ? भन्ने मेरो सानो विचार लेखे ,

प्रतिक्रया दिने पालो तपाईंहरू को •••••

01/11/2021

ज्ञान
*****
खेलका दुर्इ प्रतिस्पर्धी बिच एक पक्ष को जित र अर्को पक्ष को हार हुनु स्वाभाविक हो |

👉 जित लाई फेरि जित्नै पर्ने चुनौति थापिन्छ | हिजो कै मिहिनेतले जित्न गाह्रो पर्छ |

👉 हार्नेले जित्ने कला खोज्छ सानो प्रयास मा सफलता हात पार्छ |

जित भन्दा हार सुन्दर हुन्छ , जित्ने कला सिक्न प्रेरणा दिन्छ | हार सजिलै स्वीकार गर्न सक्नु पर्छ |

त्यसैले भनिन्छ नि, " जित हुँदा नमात्तिनु , हार हुँदा नआत्तिनु"

27/10/2021

“खेलमा हुने हार जित भन्दा पनि युवा सक्रियता ले ल्याएको सफल कार्य को महत्वपूर्ण हुन्छ “

गुल्मीदरबार गाऊँपालिका वार्ड नं -२ का युवाहरुले उमेर र समय को सदुपयोग सँगै इन्टरनेट को पहुँच पछि हराउने सम्भावना रहेका खेलहरू , मनोरञ्जनात्मक कार्यक्रम लाई सम्पूर्ण अभिभावक को यथासक्दो सहयोग लिई बर्षाको बितण्डताको बिचमा पनि धैर्यता लिदै कार्यक्रमलाई सफलता पूर्ण गर्नु भएको छ | यस कार्यमा तन, मन अत्भूत शक्ति प्रयोग गरेर लाग्ने सम्पूर्ण युवा युवती तथा अभिभावकत्व परिपूर्ति गरिदिनुहुने सम्पुर्ण अभिभावकहरू प्रति हार्दिक नमन छ |

यस्तै मनोरन्जनात्मक काम सँगै बिकास र रोजगारीका बिषयमा पनि निर्धक्कका साथ बिरोध र सपोर्टका कार्यमा राजनैतिक पार्टि अलग राखेर एकजुट बनेर लाग्नुहुनेछ | समाज परिबर्तन गर्नुहुनेछ |

हार्दिक शुभकामना 💐

कार्यक्रममा स- साना कमजोरी भए हुन , यी नगन्य बनिसके पाइला पछि हैन अगाडी बढाउने क्षमता लिनु पर्छ | सफल समाज युवा युवती ज़िम्मेवार बने अवश्य पूर्ण हुन्छ | 💐🙏🤝

23/10/2021

गाऊँ समाज बाटो ले ल्याएको बिकासले परिबर्तन कि परिवार परिबर्तन हुदै जानु भयो ?
यस्को फाइदा समाजका ब्याक्तिले लिनु भएको छ की ? ब्यापारिले स्वर्णिम फाइदा लिनु भएको छ ?

सामान्य भाषामा केहि दसक अगाडी फर्कने हो भने दुबै परिबर्तन जस्तै देखिन्छ |
दुबै पक्षले फाइदा लिनु भएको देखिन्छ |
उसताका मजुवा ,हटिया ,वा त्यो भन्दा टाढा बिरबास,गौडाकोट हाम्रो बजार थियो | खाली खुट्टा सक्नेले काँपे चप्पल पड्काउदै गयो तनो चुडे पोट्वाको रसि ले अड्कायो | हिँउद बर्खा ढाड बांगो हुन्जेल खेप फाल्नु पर्थ्यो | त्यसमा पिंडा थियो | नगद पैसा बिरल्लै हुन्थ्यो | गाऊँ मा अर्मपर्म ऐंचोपैंचो सामान साटासाट चल्ने गर्थ्यो | बिरल्लै लाहुरे वा कर्मचारी हुनुहुन्थ्यो | तनखा आउन समय लाग्थ्यो | ब्यापारीलाई प्राय थाहा थियो | कस्को कुनबेला पैसा आउछ र समय मै तिर्छ | या कस्ले ज्यामी मजदुरी गरेर पैसा तिर्छ | यो बिच ब्यापारीले गर्ने ब्यबहार भिन्नता थियो | रोजेको सामान ल्याउन गाऱ्हो थियो | ब्यापारिले नै यो लैजा सस्तो छ वा पैसा तिर्न सक्दैनस धेरै उधारो दिन सक्दिन प्वाक्क भनिहाल्थे | कहिले त चाहेको सामन नदिदा मुटु पिरो बनाएर फर्कन पर्थ्यो तेत्रो बाटो धाएर मनिलो बनेर फर्कन पर्ने ! यो त एक किसिमको बिडम्बना नै थियो | सामानको भाऊ मान्छे पिच्छे फरक र केहि मनोमानी खातामा लेख्ने ब्याज जोडीदिने यस्ता कैयौ कष्ट थिए | सबै बताउदा बिवादित पनि होला !

अहिले बाटो टोल टोल घर घर पुगेको छ | घर बाट फोन गऱ्यो ब्यापारिले जीपमा सामान घरै ल्याइदिन्छन |
केहि अपबाद छोडेर पैसाका बिटा नभित्रिने घर छैनन् | ब्याक्तिगत दैनिकी देख्दा परिबर्तन को बाढी नै आएको छ | ब्यापारीले सामानको बिल थमाउछ | कुन सामान कति मा आयो खासै चासो छैन | जम्मा टोटल कति भयो ? मोबाइल बाटै पैसा खातामा टान्सफर गरे भैगो एकै पुस्तामा हामी कैयौ परिबर्तन भएका छौ |

त्यो बेलाको ऐंचो पैंचो अर्मपर्म , मानमर्यादा , एकता , कला संस्कृति , परम्परा , बिस्थापित ,दुखले आर्जेको अनेकौ अन्न उत्पादन हुने प्रिय जमिन , टाढा को पँधेरा को पानी , ढुङ्गा माटो , खर वा छाने ढुंगा बाट तैयार गरेका संरचना यस्ता कैयौ मानवीय कुरा केहिले नया स्वरूप पाए होलान | अन्य के भए ? एकफन्को गाऊँ को कल्पना गरे पुग्छ 😥|

मै यस्तै गाऊँ टुहुरो बनाउने मा पर्छु | अरूले आफै कल्पना गर्नुस ……

मैले प्रसंग मेट्छु , बजेट आयो बिकासका काम पनि भए यस पछि रोजगार हरायो | बिकासले बैदेसिक रोजगारी बढायो | पैसा छ्यालब्याल भयो | पैसाको महत्व बुझेर रोजगार मुलक काममा खर्च गरिएन | बिस्थापित र बिलासी बनियो | अर्को पुस्ता पनि बैदेसिक रोजगारी हामीले नै बनाइरहेका छौ | तराईका खेती योग्य जमिन घरै घरको जंगल बन्यो | गाऊँ को खेतीयोग्य जमिन जंगल बन्यो चाहिने भन्दा नचाहिने बुटाहरूले ढाक्यो | मान्छे बिस्थापित, बिलासी बन्नु , खेती गर्न छोड्नु , बाटो घुम्ति पर्दै जानु , पानीका श्रोत दिने बुटाहरू मास्सिनु,पोखरीहरू मास्सिनु , बढ्दो सवारी साधन ले जलबायु परिबर्तन यस्तै केहि हाम्रा गल्तीले गाऊँ का मूल ९५% हराए यस्तै यावत कुरा हराउदै गए |

अब घोरिएर सोचौ ! बिकास ले सामाज परिबर्तन गऱ्यो ? परिबर्तन हामीले बुझ्यौ ? या ब्याक्ति हरू अन्धाधुन्ध परिबर्तन भए ? प्रकृति ले अब आउने पुस्तालाई के गर्दैछ ? 🤔😥🙏💐

22/10/2021

हाम्रो गाऊँपालिकले पोषण सम्बन्धि कार्यक्रम गरेको छ | हामी सबै जानकार हुनुपर्छ |
यसै सिर्सकमा हतारमा गरेको टिप्पणी देखे पछि यति लेख्न मन लाग्यो |

हाम्रो गाऊँपलिकाले पोषण सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको छ | एक हप्ते कार्यक्रम मा स्वास्थ्यकर्मि लाई प्रशिक्षण दिने , स्वास्थ्यकर्मिले वार्डको स्वंयसेविकालाई प्रशिक्षण गराउने र स्वयं सेविकाले समाजमा सिकाउने लक्ष्य राखेको छ |

यो कार्यक्रम नेपाल सरकार स्वास्थ्य मंन्त्रालय ले देसभर लागु गरेको छ | त्यसैलाई निरन्तरता दिइएको हो | आएको बजेट उत्साहजनक सिकाईमा खर्च होस | जुन उद्देश्य छ त्यो समाजमा सफलता पूर्वक लागुहोस |

यस बिचमा उहाँहरूका केहि फोटा हरू र समय अबधी लाई नकारात्मक खण्डन नगरौ |

आएको बजेट कामै नगरेर फ्रिज गराउनु , जनताका समस्यामा ढिलासुस्ति गरिदिने यस्तै केहि नकारात्मक पक्षमा टिका टिप्पणी गर्नु स्वाभाविक हुन्छ | यही कार्यक्रमले पनि उद्देश्य पुरा गर्न सकेन भने टिकाटिप्पणी गर्नु उपयुक्त हुन्छ | गहिराई नबुझि टिप्पणी नगरौ जनस्वास्थ्य सम्बन्धीत बिषय ख्याल गरौ |

पोषण सम्बन्धी कार्यक्रम रेडियोमा पटक पटक प्रसारण पनि हुन्छ | स्कूलका स्वास्थ्य बिषयमा पनि सामान्य जानकारी पढाउने गरिन्छ | स्वास्थ्यकर्मिले पनि अध्ययन गर्नु भएको हुन्छ | किन यसरी तालीम गराएर बजेट सक्नु पऱ्यो ? भन्ने पनि होला | सरकार सँग जे डाटा छ त्यही अनुसार कार्यक्रम ल्यायो | त्यही निरन्तरता दिनु स्वाभाविक हो |

कुपोषण को लागी मात्र पोषण भन्ने सामान्य बुझाई हुनु गलत हुन्छ | दिर्घ स्वस्थ्य समस्या , मानसिक रोगी , झगडालु समाज र नकारात्मक बिषय दिमागमा आउनु पनि सम्बन्धित पोषण तत्व को कमि हुनु हो | अलि गहिरिएर बुझ्नु ज़रूरी छ |

जनता सचेतनाको लागी जब सम्म ब्याबहारीक शिक्षा र सम्बन्धित क्षेत्रले आफ्नो क्षेत्रीय समस्या , भौगोलिक अबस्था , उत्पादन ,ब्याबसाय , परम्परा चालचलन जस्ता बिषय सँग सम्बन्धित शिक्षाको बिकास गरी स्कूल शिक्षा द्वारा जनतालाई सु- सज्जतित गराउदैन | “ब्याबहरिक शिक्षा हासिल गरेको पुस्ताले अर्को नया पुस्तालाई सिकाउन सक्दैन , सम्म यस्ता कार्यक्रम आबश्यक स्थानमा पनि चल्छन | जनचेतना भएका स्थानमा पनि चल्छन | “ 🙏💐🤝

Photos from हिजो आजका कुरा's post 22/10/2021

हार्दिक निमन्त्रणा

गुल्मीदरबार गाऊँपलिका वार्ड नं -२ जुभूङ्ग को ठूलाचौरमा दसै पछि चलेको अहिले सम्म कै ठूलो र मिश्रीत खेल को लागी युवाहरू ले सिंगारेर चिटिक्क बनाएको मैदान बर्षाको कारण तहस नहस बनेर खेल रोकिन पुगेको थियो | तर पुन यथासक्दो प्रयास गरेर खेललाई भब्यताका साथ अगाडी बढ़ाई रहनु भएको छ | खेललाई हौसला प्रदान गर्न सम्भव बनाएर हेर्न पुगौ | भरपुर मनोरञ्जन लिऊँ | युवा सक्रियतालाई सहयोग गरिदिनुहुने अभिभावक सबैको एकता लाई हार्दिक नमन गरौ 🙏|

खेल ले मनोरञ्जन दिदै अनुशासन र दिमाग सकारात्मक रूपमा बिकास गर्छ | सकारात्मक दिमागले सुन्दर समाजको कल्पना गर्छ | सबै खेल प्रेमीहरू लाई बिना चोटपटक , बिना थकावट सफल सम्पन्नताको हार्दिक शुभकामना 🙏💐

👉 खेलको बिचमा मौषमले गरेको च्यालेन्च लाई पार गर्नु परेका बिषय बाट आगामी दिनको लागी केहि पाठ सिकाएको छ | ती पाठ आगामी दिन मा प्रयोगमा ल्याऔ | एउटा सहज , सफलता र ब्याबहारीक ज्ञान हात पर्दै जानेछ |

21/10/2021

कृपया गाऊँपालिकको बार्षिक प्रतिबेदन पढौ , प्रस्तुत बिबरण सत्यतथ्य छ भने सकारात्मक बनौ सहयोगी बनौ | सत्यता नभएका बिषयमा प्रमाण सहित सम्बन्धित ब्याक्ति मार्फ़त गाऊँपलिका सम्म पुगौ | सत्यता नभएका बिबरणको मात्र बिरोध जनाऔ |

gulmidarbarmun.gov.np

18/10/2021

हाम्रो गाऊँपालिकाले इ बुलेटिन अंक -९ प्रकाशन गर्नु भएको छ | कृपया चासो लिएर अध्ययन गरौ लको लिंक भित्र रहेका बिषय हेरौ , म पनि अध्ययन गर्दैछु | सुझाव सल्लाह या ज्ञान हासिल गरौ उहाँ हरूको कार्यकाल छोटिए पनि अर्को कार्यकालमा हामी कामका भिजन दिन सकौ 🙏💐

म अंक -१ देखि अंक ८ सम्म अनविज्ञ छु | कारण मैले गाऊँपालिकाले बिकासका काम गर्दैछ | रोजगारका काम पूरा गर्दैछ | ५ बर्षको समय अबधीको सिमा भित्र गरिनु पर्ने योजना ले ३ बर्ष काम पूरा हुन समय लाग्छ भन्ने धैर्यता र बिश्वास थियो | सायद बढि जनमानसमा यहि नै थियो ! केहि फाइदा लिन सक्नु भएका हुनुहुन्छ भने उहाँहरू भाग्यमानी भित्र पर्नु भयो | अन्य कैयौ को भाग्य चम्क्यो या चम्केन यो हेर्ने जिम्मा स्वंय गाऊँपालिका का जिम्मेवार ब्यक्तित्वलाई जानकारी होला |

दुखद कुरा गाऊँपलिका को जनताले बिश्वास दिएर गाऊँपालिका हाँक्न चुनिएको प्रमुख पात्र नै स्वर्गीय हुनुभयो | मानिस जन्मनु मर्नु छेकेर नछेकिने !
प्रमुखको सपना , गर्दै गरेका काम या बनाएका भिजन त सँगै नलानु पर्ने हो !

यति धेरै बौद्धिक ब्याक्तित्व बाट सम्पन्न र जिम्मेवारी पूरा गर्न सक्ने क्षमता रहेको हुन्छ कुनै पनि गाऊँपलिका ! उहाँ हरूलाई के जानकारी हुनुपर्ने हो भने , गुल्मीमा भएका वा देसका कुनै पनि सम्पन्नता हासिल गरेका गाऊँपालिका हरू कसरी कैयौ बिषयमा सफलता हासिल गरे होलान ?
हामी पनि आफ्नो कार्यकालमा सम्झन योग्य काम गर्न सक्दैनौ होला ? जनतालाई मोटिभेसन गर्न सक्दैनौ होला ? यस्तै कारण खोज्न के ले छेक्यो होला ?

gulmidarbarmun.gov.np

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
005700