हाम्रो नवलपरासी Hamro Nawalparasi

हाम्रो नवलपरासी  Hamro Nawalparasi

Share

Information From Nawalparasi

02/06/2026

“तीस वर्षभन्दा बढी समयदेखि नेपाली उत्पादन वाईवाईले विश्व बजारमा आफ्नो गुणस्तर, स्वाद र विश्वासलाई निरन्तर कायम राख्दै नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ। यो कुनै सामान्य सफलता होइन, बरु प्रत्येक नेपालीका लागि गर्व, प्रेरणा र असम्भवलाई सम्भव बनाउने उदाहरण हो। एउटा सानो नेपाली उत्पादनलाई विश्वव्यापी ब्रान्ड बनाउने यात्रामा अनगिन्ती चुनौती, संघर्ष, धैर्य र अथक परिश्रम लुकेका छन्। यही अदम्य साहस, दूरदृष्टि र कर्मशील नेतृत्वका साथ विनोद चौधरी ज्युले देखाएको संघर्ष आज लाखौँ युवाका लागि प्रेरणाको स्रोत बनेको छ। वाईवाईको सफलता केवल एउटा ब्रान्डको विजय होइन, यो नेपाली सपना, मेहनत र आत्मविश्वासको विश्वव्यापी विजय हो।”

Photos from हाम्रो नवलपरासी  Hamro Nawalparasi's post 31/05/2026

पवित्र तीर्थभूमिमा सन्त महात्माको सान्निध्यले मनमा नयाँ ऊर्जा, श्रद्धा र सकारात्मक सोच जागृत गराउँछ। धर्म भनेको केवल पूजा होइन, सेवा, सद्भाव र सत्कर्मको मार्ग हो। जब आस्था र कर्म एकसाथ अघि बढ्छन्, जीवन अझ अर्थपूर्ण बन्छ। 🙏🕉️
"सत्कर्म नै साँचो पूजा हो, र मानवता नै सर्वोत्तम धर्म।"

🙏✨

Photos from हाम्रो नवलपरासी  Hamro Nawalparasi's post 29/05/2026

"मानवसेवा नै माधवसेवा हो "
भन्ने आदर्शलाई नारा होईन ब्यवहारमा उतार्दै चौधरीफाउन्डेसन ,उमेर पुगेका ज्येष्ठ नागरिकहरूप्रति सदासहायता र सम्मान व्यक्त गर्दै आज ललितपुरको बागडोलस्थित उहाहरुकै निवास स्थान ज्यापू समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवनमा पुगेर दैनिक उपभोग्य आवश्यक सामग्री वितरण गरेकोमा चौधरी फाउन्डेसन लाई हार्दिक साधुवाद ।
जीवनभर समाज र परिवारका लागि योगदान दिनुभएका ज्येष्ठ नागरिकहरूलाई सम्मान, आत्मीयता र सहाराको अनुभूति गराउने यस्ता कार्यहरूले समाजमा सकारात्मक एवं मानवताकै उत्कृष्टसन्देश प्रवाह गरेका छन्।मानवतामुखी र सेवामूलक यस्ता प्रेरणादायी अभियानहरू निरन्तर अघि बढिरहून् भन्ने हार्दिक शुभकामना।

Photos from हाम्रो नवलपरासी  Hamro Nawalparasi's post 27/05/2026

तपाईं जस्तो सफल व्यक्तित्व केवल उद्योगपति मात्र होइन, समाज परिवर्तनका प्रेरणादायी अभियन्ता पनि हुनुहुन्छ।
मानवताप्रतिको सेवा, राष्ट्रप्रतिको उत्तरदायित्व र विकासप्रतिको समर्पण वास्तवमै अनुकरणीय छ।
विशेषगरी विनोद चौधरी ज्युको पहलमा पुनः खजुरा पुलको बाँकी निर्माण कार्य सम्पन्न तर्फ अघि बढ्नु केवल पूर्वाधार विकास मात्र होइन, हजारौँ नागरिकको आशा, सहजता र भविष्य जोडिने अभियान हो।यस्ता मानवीय र राष्ट्रनिर्माणका कार्यले हरेक उद्योगपति,कुशल जनप्रतिनिधि तथा युवालाई सकारात्मक सोच र समाजप्रतिको जिम्मेवारीको पाठ सिकाउँछ।
तपाईंको यो प्रेरणादायी यात्रा अझै उचाइमा पुग्दै जाओस् ,हृदयदेखि नमन, सम्मान तथा शुभकामना। 🙏🇳🇵

26/05/2026

“युवाहरू भोलीका मात्र होइन, आजकै परिवर्तनका संवाहक हुन् भन्ने सन्देशका बीच -नेपालमै अवसर, उद्यम र नेतृत्व निर्माण गर्न चाहने युवाहरूले आफ्नो क्षमता र सोचलाई प्रभावकारी रूपमा कसरी अगाडि बढाउन सक्छन् भन्ने भाव सहित आयोजित सानोठिमीमा सम्पन्न नेपाल राष्ट्रिय युवा सम्मेलन (UN Model Nations) कार्यक्रममा सहभागी एक उत्साहित युवाको प्रश्न ???

Photos from हाम्रो नवलपरासी  Hamro Nawalparasi's post 25/05/2026

सानोठिमीमा आयोजित नेपाल राष्ट्रिय युवा सम्मेलन ( UN Model Nations )कार्यक्रम मा आफ्ना प्रेरणादायी विचार साझा गर्दै आजका युवाहरू केवल भोलिका आशा मात्र नभई, आजै परिवर्तन ल्याइरहेका राष्ट्र निर्माणका साहसी अग्रदूत हुन् भन्ने सन्देश प्रवाह गर्नु अत्यन्त प्रशंसनीय र गौरवपूर्ण कार्य हो।
सपना केवल विदेशका लागि होइन, आफ्नै माटोमा संघर्ष, कर्म र उद्यममार्फत नेपाललाई समृद्ध बनाउने संकल्प पनि हुनुपर्छ भन्ने सकारात्मक सोचले युवामा आत्मविश्वास र देशप्रेम दुवै जगाउने काम गरेको छ। हरेक युवाको आँखाभित्र एउटा उज्यालो नेपाल लुकेको छ, जहाँ मेहनतको सम्मान हुन्छ, प्रतिभाले अवसर पाउँछ र आत्मविश्वासले राष्ट्रलाई अगाडि बढाउँछ भन्ने अभिव्यक्तिले नयाँ पुस्तालाई थप प्रेरित बनाएको छ।
युवाहरूको सोच, ऊर्जा, नवप्रवर्तन र नेतृत्वले अब नयाँ नेपालको सपना शब्दमा सीमित नभई यथार्थमा परिणत हुँदै गएको अनुभूति गराउनु आफैँमा ठूलो उपलब्धि हो। जब युवा पुस्ताले हार मान्दैन, ठूलो सपना देख्छ र देशकै लागि केही गर्ने अठोटका साथ अघि बढ्छ, तब राष्ट्रले नयाँ इतिहास रच्ने विश्वास अझ बलियो बन्छ। नेपाललाई विश्वमाझ गर्वका साथ चिनाउने शक्ति आजका युवाको हातमै छ भन्ने विश्वास र हौसलाले सम्पूर्ण युवापुस्तालाई थप प्रेरणा प्रदान गरेको छ।

Photos from हाम्रो नवलपरासी  Hamro Nawalparasi's post 24/05/2026

नेपालको सम्भावना विश्वसामु गर्वका साथ प्रस्तुत हुनु हरेक नेपालीका लागि प्रेरणा हो। 🇳🇵देश सानो भए पनि नेपालीको सपना, क्षमता र आत्मविश्वास विश्वभन्दा सानो छैन।आजको युवाले ठूलो सोच्न, निरन्तर कर्म गर्न र नेपाललाई विश्वमञ्चमा चिनाउन कर्मकै उत्कृष्ट उदाहरण विनोद चौधरी ज्यु देखि प्रेरणा लिन जरुरी छ।

Photos from हाम्रो नवलपरासी  Hamro Nawalparasi's post 24/05/2026

“नेसनल युथ काउन्सिल मोडेल युनाइटेड नेशन्स २०२६” जस्तो प्रेरणादायी कार्यक्रममा सहकार्य गर्न पाउँदा समाजप्रती जिम्मेवार भावना ,शिक्षा ,स्वास्थ्य र विपदमा सहयोग मार्फत मानवताको उदाहरण बनेको प्रेरणादायी संस्था चौधरी फाउन्डेसन गौरवान्वित महसुस गर्नुका साथै ,मे २२–२५ सम्म सञ्चालन हुने यस कार्यक्रमले नेपाली युवालाई नेतृत्व, कूटनीति, संवाद र सहकार्यमार्फत सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने विश्वास लिएका छौं। आजका युवा नै सक्षम समाज र समृद्ध राष्ट्र निर्माणका प्रमुख शक्ति हुन ।अपांग तथा अशक्त बालबालिकाको जिवनस्तर सुधार गर्न शिक्षा ,स्वास्थ्य ,संरक्षण र आत्मनिर्भरतामुखी कार्यक्रममार्फत महत्त्वपूर्ण सामाजिक तथा मानवीय कार्य गर्दै आयको यश संस्थाका माध्यमले युवाहरूलाई उनीहरुको भविस्य उज्यालो बनाउने प्रयासमा पनि निरन्तर अनवरत हुदा अझै सहकार्यमा नयाँ उत्साह जागेको छ।।।

21/05/2026

सत्य ,सदाचार ,सेवा र कर्मको मार्गमा सदैव दृढ़ उभिनुहुने देशको आर्थिक समृद्धिमा एक शतिशाल झै उभिएर नविनतम प्रयत्न गरिरहेका सम्माननिय ब्यक्तित्व विनोद चौधरी ज्युप्रती हृदय देखि सम्मान तथा नमन प्रकट गर्दछु!!! ゚ 🇳🇵 nepal🇳🇵

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
Kathmandu