सुधन को राजिनामाको डरलाग्डो खेल
Nayandra Chamling
जब सम्म मेरो प्राण रहन्छ तब सम्म वेथितीको विरुद्ध लड्ने छु
23/04/2026
यलम्बर विमानस्थल, पूर्व–पश्चिम यलम्बर हाइवे जस्ता ठूला विकासका अवधारणाहरू किन यति धेरै विवाद र बहसमा पर्छन् भन्ने प्रश्न आज पनि उठिरहन्छ। कतिपयले यस्ता सोचलाई समयमै बुझ्न नसक्दा वा गलत तरिकाले व्याख्या गर्दा समाजमा अनावश्यक द्वन्द्व सिर्जना भएको देखिन्छ। तर विकासका दृष्टिले हेर्दा, दीर्घकालीन सोच र राष्ट्रिय पूर्वाधारको आवश्यकता कहिल्यै सानो हुँदैन।
हर्क साम्पाङ बोल्दैनन् मात्र, काम गरेर देखाउने परिणाममुखी, विकासमुखी र श्रम संस्कृतिमा विश्वास गर्ने नेता हुन्। उहाँले राज्यको ठूलो कोषमा निर्भर नभई जनसहभागिता र श्रमदानमार्फत थुप्रै उदाहरणीय कामहरू अघि बढाएका छन्। जस्तै, कोकाहा खानेपानी आयोजना, श्रम संस्कृति पार्क, ज्येष्ठ नागरिक पार्क, सुम्निमा–पारोहाङको प्रतिमा स्थापना जस्ता कामहरूले स्थानीय स्तरमा विकास र पहिचानको नयाँ अभ्यास देखाएका छन्। त्यस्तै, दार्चुलामा टुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माणजस्ता पहलहरूले जनजीवन सहज बनाउन योगदान गरेको छ।
यी सबै कामहरू केवल पूर्वाधार निर्माण मात्र नभई “जनतासँगै काम गर्ने नेतृत्व शैली” को उदाहरणका रूपमा पनि हेरिन्छ। राज्यको परम्परागत ढाँचाभन्दा बाहिर गएर श्रम, सहभागिता र स्थानीय स्रोतको उपयोग गर्ने उहाँको शैली प्रेरणादायी मानिन्छ। विकासलाई केवल बजेट र योजनामा सीमित नराखी जनसहभागितासँग जोड्न सकिन्छ भन्ने सन्देश पनि यसले दिन्छ।
तर, यस्ता विचार र नेतृत्वलाई सबैले एउटै दृष्टिले नहेर्दा समाजमा असहमति, आलोचना र विवादहरू पनि देखिन्छन्। कतिपयले बुझाइको कमीले विरोध गर्छन् भने कतिपयले राजनीतिक दृष्टिकोणले फरक व्याख्या गर्छन्। यही कारण विकासका ठूला सोचहरू पनि कहिलेकाहीँ सहज रूपमा अघि बढ्न सक्दैनन्।
हर्क साम्पाङ जस्ता देशप्रेमी र श्रममुखी नेताहरूको विचारलाई पूर्ण रूपमा स्वीकार गर्ने वा अस्वीकार गर्नेभन्दा पनि त्यसबाट सिक्ने कुरा महत्वपूर्ण हुन्छ। यस्ता व्यक्तित्वहरू युग ले पटक पटक जन्माउने नभएकाले सही नेतृत्वलाई समयमै चिनेर समर्थन गर्न सकियो भने मात्र देश विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणतर्फ अघि बढ्न सक्छ।
जय देश
23/04/2026
“मैले राजनीति गरिनँ—तर राजनीतिले मलाई जेल पुर्यायो।”
मैले लडेको लडाइ कहिल्यै राजनीति थिएन। मैले गरेको संघर्ष राजनीतिक लाभका लागि पनि थिएन। “आजसम्म मैले कुनै पनि पार्टीलाई एक भोटसम्म मागेको छैन।”
तर पनि झुटा राजनीतिक मुद्दामा मलाई पटक–पटक जेल जानुपर्यो। वर्षौँसम्म तारिख धाउनुपर्यो।
सत्य बोलेको मूल्य मैले जेल बसेर तिरेको हुँ।
“जब तपाईं अन्यायको विरुद्ध बोल्नुहुन्छ, तपाईंलाई अपराधी बनाइन्छ।”
म त्यसको जिउँदो उदाहरण हुँ।
त्यसको एउटै कारण थियो—समाज रुपान्तरणको आवाज। विभेद, अन्याय र अत्याचारका विरुद्ध, दलित, इनडिजिनिस, मधेसी समुदायहरुको मानव अधिकारका लागि, जातीय विभेद अन्त्यका लागि मेरो आवाज बुलन्द हुन्थ्यो।
त्यही आवाजले मलाई जेल पुर्यायो।
जब अन्याय विरुद्ध बोलिन्छ, त्यही आवाज धेरैलाई खतरा लाग्छ।
ममाथि जातीय र धार्मिक विखण्डनको आरोप लाग्यो। तर मैले कहिल्यै समाज भड्काउने कुरा गरिनँ। बरु, धार्मिक र जातीय विभेदकै विरुद्ध लडेको थिएँ।
म दोषी होइन—प्रणालीसँग प्रश्न गर्ने मान्छे मात्र हुँ।
खुवालुङ आन्दोलनदेखि कोशी प्रदेश आन्दोलन र मुकुमलुङ बचाउ आन्दोलनसम्म, मेरो शरीरमा प्रहरीका धेरै डन्डा परे।
पूर्व–पश्चिम, उत्तर–दक्षिण घुम्दा अब १०–१२ जिल्ला मात्र बाँकी छन्; बाँकी सबै ठाउँमा सामाजिक रुपान्तरणको अभियान लिएर पुगेको छु।
देश घुम्दा मैले नक्सा होइन, समाजको घाउ देखेको छु।
मैले बुझेको समाज, मैले भोगेको जातीय विभेद र नाङ्गो आँखाले देखेको धार्मिक विभेद—आज केही हदसम्म परिवर्तन हुँदैछ। समाजले आफ्नो अधिकार बुझ्न थालेको छ।
कुशल र स्वच्छ राजनीति गर्ने व्यक्तिहरू चिन्न सक्ने चेतना बढ्दै गएको छ।
परिवर्तन ढिलो हुन्छ, तर रोकिँदैन।
मेरो १० वर्षको संघर्ष, त्याग र तपस्यालाई हेर्दा सन्तोष लाग्छ। तर राज्यका विधि, विधान, संविधान, ऐन र नियमावली अझै सुधार हुन बाँकी छन्।
देश आफैं बन्दैन, विकास आफैं हुँदैन, समाज आफैं बदलिँदैन, अधिकार आफैं पाइँदैन।
अधिकार मागेर होइन—लडेर पाइन्छ।
कति पटक भोकै–तिर्खै हिँडियो। पानी–झरीमा भिज्दै यात्रा गरियो। होटलमा बस्ने पैसा नभएर सडकमै सुतियो।
गाली, अपमान र तिरस्कार त झन कति सहियो कति।
सानो त्यागले समाज परिवर्तन हुँदैन रहेछ—मजस्ता हजारौँले त्याग गर्दा मात्रै परिवर्तन सम्भव हुन्छ।
संघर्ष बिना परिवर्तन केवल सपना मात्रै हुन्छ।
तर मानिस भएर जन्मिएपछि आफ्नो समाज र देशका लागि केही न केही गर्नै पर्दो रहेछ।
त्यसको ज्वलन्त उदाहरण हर्क साम्पाङ, राम प्रसाद राई, लखन थापा, श्रीजंगा थेवे, श्रीपति गुरुङ, डा. गोपाल गुरुङ र भीमसेन थापा हुन्।
उनीहरूको जीवन अध्ययन गर्दा अझै केही गर्न बाँकी छ भन्ने ऊर्जा मिल्छ।
इतिहासले देखाएको बाटोमा हिँड्नेहरू कहिल्यै हराउँदैनन्।
निराश हुने कुनै कारण छैन।
लडाइँ अझै बाँकी छ—र म अझै उभिएको छु।
सबैमा जय होस्। जय देश।
19/04/2026
टिपिकल नेपाली भाषा सस्कार सस्कृती झल्काउने नेपाली फिल्मको बास्सा दयहाङ राई ज्यु संग जम्का भेटमा एक तास फोटो खिचियो ।
पशुपति सफा गर्न हर्क साम्पाङनै आखेर चाहियो
यलम्वरको नाम लिदा हर्क साम्पाङको फेज गायव
14/04/2026
अत्यन्तै सालिन भद्र उपसभामुख रुबि कुमारी ठाकुर संग अचानक भेट भयो । मेरो चाहिँ नयाँ वर्षको सुरुवत फोटो खिचेर गरियो । सबैमा नया वर्ष शुभ रहोस । जय देश
ओलि पक्राउ परे पछि
ओलि माथि प्रतिशोध नै भएको हो त ?
ओलि जेल जान्छ्न त ?
मुकुम्लुङ बचाउ अभियन
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
06500
