13/11/2023
नेपालीहरुको महान चाड तिहार, छठ पर्व र नेपाल संवत ११४४ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
वडा अध्यक्ष ( का.म.पा. ४ )
13/11/2023
नेपालीहरुको महान चाड तिहार, छठ पर्व र नेपाल संवत ११४४ को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
14/10/2023
बडा दशै तथा दिपावली २०८० को उपलक्ष्यमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ द्वारा आयोजना गरिएको चियापान कार्यक्रममा, सम्पुर्ण वडावासीहरुलाई घर-घरमा कार्ड पठाइसकिएको छ कुनै कारणबस प्राप्त नभएको खण्डमा यसै कार्डलाई निमन्त्रणा मानेर उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु । -का म पा ४ वडा अध्यक्ष (दिनेश महर्जन)
29/06/2023
बकर ईदको उपलक्ष्यमा सम्पुर्ण मुस्लिम धर्मावलम्बी दाजु-भाई तथा दिदी-बहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
13/06/2023
का म पा ४ वडा भित्र रहेका सरकारी विद्यालयहरुलाई मेरो कार्यकालमा सुविधा सम्पन्न बनाउने लक्ष्य लिएको छु। सम्पुर्ण विद्यालयहरु, विद्यार्थी भाइ-बहिनीहरुलाई चाहिने प्रविधि-मैत्री पठनपाठन गर्न र दक्ष जनशक्ति उत्पादन गर्न सक्ने थलोको रुपमा विकास गर्न, मेरो तर्फबाट कुनै कसर रहने छैन। यसै सन्दर्भमा, युवा वैज्ञानिकहरुको समुह 'दि स्क्वाड अफ चेन्ज मेकर्स' सङ वडाले सहकार्य गरेर, निशुल्क रोबोटिक्सको कार्यशालाहरु संचालन गरिरहेका छौं। यस किसिमका कार्यशालाहरुले पक्कै पनि विद्यार्थीहरुलाई प्रविधि सिक्न प्रेरित गरी, दक्ष जनशक्तिमा रुपान्तरित हुन मद्दत पुग्ने विश्वास लिएको छु।
10/06/2023
काठमाडौं महानगरपालिका वडा न ४ ले आज 'स्वास्थका लागि खेलकुद' भन्ने नाराका साथ दौड प्रतियोगिता सम्पन्न गरेको छ। यस प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न भुमिका निर्वाह गर्नु हुने सम्पुर्णलाई, का म पा ४ वडाको वडा अध्यक्षको हैसियतले र सम्पुर्ण वडा परिवारको तर्फबाट आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै सम्पुर्ण विजयी प्रतियोगीहरुलाई बधाई र अन्य सम्पुर्ण सहभागीहरु प्रति सहभागिता जनाइदिनु भएकोमा शुभेच्छा प्रकट गर्न चाहन्छु।
06/06/2023
काठमाडौं महानगरपालिका ४ वडाले यहि शनिवार (२०८०/०२/२७) वडा व्यापी दौड प्रतियोगिता आयोजना गर्न गैरहेको छ। सहभागी हुन इच्छुक वडावासी प्रतियोगिहरुले आफ्नो नाम टिपाउन तल दिएको मोबाइल नम्बरमा सम्पर्क गर्न हुन अनुरोध गर्दछु।
03/06/2023
बालबालिकाहरुको सामिप्यतामा पाइने अनुभुति मेरो लागि उत्कृष्ट मध्येको अनुभव हो। उनिहरुको निर्दोषपन अनि जिज्ञासु स्वभावले मेरो मनलाई सधै प्रफुल्लित तुल्याउछन। म सधै बालबालिकाहरु संलग्न कार्यक्रममा जान धेरै रुचाउछु, अनि यस्तो अवसरको लागि लालहित हुन्छु। मलाई यो अवसर जुराइदिनु हुने प्रोलिफिक विद्यालय परिवारलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।
28/05/2023
राष्ट्रिय परिचयपत्र सम्बन्धि जरुरी सुचना!
28/05/2023
नि:शुल्क स्वास्थ्य उपचार ! !
महानगरपालिकाद्वारा सम्पुर्ण बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। तल सुचनामा दिएको सेवाहरुको लाभ लिन वडा कार्यलयबाट तल भनिएको आवश्यक कागजातहरु अनिवार्य रहेको कुरा जानकारी गराउँदछु।
सदैव तपाईहरुको सेवामा समर्पित! 🙏🙏
26/05/2023
तपाईहरुको अमुल्य मत पाएर निर्वाचित भै, महानगर लगायत वडाका हामी प्रतिनिधिहरुले पद वहाली गरेको १ वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरेको विशेष सरसफाई कार्यक्रममा वडावासी दाजु-भाइ, दिदी-बहिनी, आमा-बुवा सम्पुर्णलाई सहभागिता जनाइ दिनु हुन हार्दिक अनुरोध गर्दछु।