Garima Foundation Nepal

Garima Foundation Nepal

Share

social service

Photos from Garima Foundation Nepal's post 22/06/2025

आज मिति २०८२/०३/०८ काे दिन `गरिमा फाउन्डेसन नेपालकी अध्यक्ष शर्मिला भट्ट काेईरालाद्वारा काठमाडौ जेारपाटिमा अवस्थित `खगेन्द्र नवजीवन बिशेष शिक्षा माध्यमिक बिध्यालयमा´ अध्ययनरत दुई विध्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। विध्यार्थीहरुमा छात्र कक्षा १ र छात्रा कक्षा ३ मा अध्ययनरत रहेकि छिन। उक्त विध्यालयकाे समन्वयमा विध्यार्थीहरुलाई कक्षा १२ सम्म पढाउने गरि अभिभावकत्व ग्रहण गरेकाे छ।
यस संस्थाले स्थापना कालदेखि हाल सम्म देशका विभिन्न जिल्लाहरुमा आर्थिक स्थिति कमजोर भएका , असहाय तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति लगायतका कार्यहरु गर्दै आईरहेको छ ।

Photos from Garima Foundation Nepal's post 11/03/2025

आज मिति २०८१-११-२७ गतेका दिन हाम्रो यस `गरिमा फाउन्डेसन नेपालले , गाेकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेकाे सहयाेगी माध्यमिक विध्यालयमा `जुस तथा प्राथमिक उपचार बक्स ´ हस्तान्तरण कार्यक्रम सम्पन्न गरेकाे छ।
कार्यक्रममा उपस्थित अध्यक्ष जयमराम महत स्कुलका प्रधानाध्यापक कृष्ण चापागाईं, जुस उपलव्ध गराउने बिप्लिका ईन्टरप्राइजेज लगायत सहयाेगी स्कुल परिवार,समाजसेवी तथा बाैद्द खवर मिडियाप्रति हाम्रो यस `गरिमा फाउन्डेसन नेपाल´ हार्दिक आभार व्यक्त गर्दछौं ।🙏

Want your business to be the top-listed Government Service?

Telephone

Website