Er Ksh*tiz Simkhada

Er Kshitiz Simkhada

Share

Engineer by education | social activist by choice | Spiritual seeker | Views personal | Writer Social Activist

19/09/2023

उन लोगों का क्या हुआ होगा,
जिनको मेरी तरह गम ने मारा होगा।
किनारे पर खड़े लोग क्या जाने,
डूबने वाले ने किस किस को पुकारा होगा 😉🤣🤣

04/09/2023

𝐓𝐡𝐞 𝐛𝐢𝐠 𝐝𝐚𝐲 𝐢𝐬 𝐡𝐞𝐫𝐞. 🤩

Nepal 🇳🇵 takes on India 🇮🇳 for the first time in ODI.

Best wishes Boys for the better result. 🇳🇵🏏

भारत सङ्ग final मा खेल्ने सोच थियो तर pakistan सङ्ग draw खेलेर गल्ती गर्यो 😉🤣 better luck next time.
ोर्खाली
ेपाल

15/08/2023

Beautiful BhelChhada Jharana, Doti 🥰
यो हो भेल्छडा झरना | डोटी जिल्ला सायल गाउँपालिका वडा नं ३ र खप्तड रास्ट्रिय निकुन्जको सिमानामा पर्ने यो झरना सार्है सुन्दर रहेछ | डोटेली भाषामा झरनालाइ छहरा अथवा छडा भन्ने गरिन्छ | भेल सरि ठुलो पानि झर्ने भएकोले यो झरनालाइ भेलछडा भनिएको रहेछ | खप्तड बाट ३ भन्दा बढी खोलाहरु मिलेर झरेको झरना हो यो | करिब ३०० मिटर भन्दा अग्लो रहेछ यो झरना | सार्है ठुलो अनि सुन्दर |
#शुदुरपश्चिम
#डोटी

Photos from Er Kshitiz Simkhada's post 07/07/2023

सुदुरपश्चिम यात्रा

Photos from Er Kshitiz Simkhada's post 02/07/2023

#खप्तड
#खप्तड_बाबा_आश्रम
#तपोभुमी
मैले केही बनाउन जानेको छैन भन्नेलाई के था-
कि पटक पटक भत्कियता पनि मैले
थुप्रै पटक सपनाको घर बनाएको छु।। 😀

29/06/2023

हुनुपर्ने सुन: १०७ किलो ९२४.७५ ग्राम
भएको सुन: १०७ किलो ४७ ग्राम
पानीले बगाएको सुन: ८७७.७५ ग्राम (अर्थात ७५.२५ तोला)
अबधि: ८५० दिनमा
पुरै जलहरी बग्न लाग्ने दिन - आफै निकालौ?
१३ जनाको नाम किन लेखियो? आफै पत्ता लगाउ।
उदघाटन गर्नेको लेख्ने भये भन्डारीको मात्र हुन्थ्यो। र सबैलाइ तेहि बेला थहा हुन्थ्यो , लुकाइन्न थ्यो।
१ तोला = ११.६६ ग्राम वा १०० लाल
१ दिनमा बगेको सुन: १.०३ ग्राम अर्थात ८.८५ लाल
१ तोलाको बजार मूल्य : रु. १,१०,०००
यो हिसाबले प्रत्येक दिन रु. ९७३५ बराबरको सुन पानीले बगायो !
यो घटनाबाट के शिक्षा लिन सकिन्छ त?
यदि तपाइँले १ तोलाको सुनको औठी लगाएर दैनिक नुहाईरहनु भयो भने १२ औ दिनमा तपाईको हातबाट त्यो औठी नै गायब हुनसक्छ ! (Surface area फरक छ है)। साच्ची कति दिनमा गायब होला आफै पत्ता लगाउ।
तसर्थ बिरोध नगरौ, सतर्क रहौ !
नुहाउदा र स्विमिंग खेल्दा सुन फुकाल्ने बानी बसालौ !!
धन्यबाद 😉

26/06/2023

#सिद्धाश्रम
#सन्ध्या_दिदी
आज शुक्ल पक्षको अष्टमी अर्थात गौ अष्टमी।
सनातन संस्कृतिमा गौ माताको बिशेष स्थान रहेको छ।

भुक्त्वा तृणानि शुष्कानि पीत्वा तोयं जलाशयात् ।
दुग्धं ददति लोकेभ्यो गावो विश्वस्य मातरः॥
वेदों में कहा गया हैः- गावो विश्वस्य मातरः।

अर्थात् गाय सम्पूर्ण विश्व की माता है।

मातरः सर्वभूतानां गावः सर्वसुख:

‘गौएँ सभी प्राणियों की माता कहलाती हैं।
वे सभी को सुख देने वाली हैं।’ (महा.अनु.६९.७)

तर वर्तमान अवस्थामा हेर्ने हो भने मान्छे दुग्ध को सेवन गर्न छोडेर रक्सी पिउन थालेका छन। भएको गौशला पनि मासेर ठाउँ ठाउँमा रक्सी भट्टी खुलीरहेको छ , के यहि हो त उन्नती? गौ माता र पन्चगब्य को महत्त्व हाम्रा ऋषि मुनि , अग्रज, पुर्खा हरुले अनादी काल देखि नै सम्झाउदै बुझाउदै आउनु भएको छ र पनि हामी किन बुझ्दैनौ?
उन्नतीको मतलब हो जिवनमा सात्विकताको बिकाश । सर्वाधिक सात्विकता गाईमा हुन्छ। गौ सेवा र गव्य पदार्थको सेवन, यहि नै उपाय हो सात्विकताको बिकाश गर्ने । सात्विकता आर्जन गरेर नै हाम्रो वास्तविक उन्नती हुन्छ। आज कतिपय यस्तो गौशालाहरु छन् जुन अव्यवस्थित र अभावग्रस्त छन्। गौ सेवा नै श्री कृष्ण सेवा हो। गौ सेवा नै जगतजननी को सेवा हो। गौ सेवा बाट नै ठाकुरसेवा, सन्तसेवा, अतिथिसेवा सबै सम्भव छ। एउटा गाईलाई चारा खुवाउनु सय जना अतिथि लाई भोजन गराउनु सरह हो।
जङ्गलमा दिनहु रुख सुक्नुको कारण मध्य एउटा प्रमुख कारण भनेको बोट बिरुवामा तत्वको कमी अर्थात गोबर र गोमुत्रको कमी भएर पनि हो।
गौ माता स्वयममा एउटा देव मन्दिर हुनुहुन्छ , देव मन्दिर यस कारणले कि गौ माताको शरीरमा तेत्तीस कोटि देवी देवताको बास रहेको छ, गौ को सेवाले मात्र पनि समस्त देवी देवता प्रसन्न भएर हामीमा कृपा, आशिर्वाद प्राप्त हुन्छ। हामी आ आफ्नो क्षेत्रमा गौशाला खोलेर तन ,मन धनले सहभागी बनेर आफ्नो जिवनलाई सार्थक बनाउने प्रयास गरौं।
गाईलाई वेदमा यती धेरै मान दिएको छ कि, गो शब्दको अर्को अर्थ दिव्यज्योती र ज्ञान पनि हो, श्री कृष्णको अर्को नाम गोपालक अथार्त, ज्ञानको प्रतिपालक हो।
तर बिडम्बना आधुनिक कालमा हाम्रो कृष्ण भक्ति यस्तो नाजुक अवस्थामा आइपुगिसकेको छ कि, हामी भित्रको संबेदनसिलता नै लुप्त भैसकेको छ, हामी गाईलाई कसाईकोमा बेच्ने, हत्या गर्न अनुमती दिने, लुकिछिपी त्यसको मासु चाख्न पनि हिच्किचाहट गर्देनौ । “स्वशरिररक्षाय गौ ममः भक्षणाए च “भन्दै जिब्राको स्वादमा परि कर्तव्य त्याग गरिरहेका छौँ। मांसाहारले हाम्रो चेतना शक्ति नष्ट गरिरहेको छ भन्ने हामी किन बुझ्दैनौ हो? नन्दि जसले डुक्रदा ॐ कारको नाद प्रतिध्वनित हुन्छ। उसको हरेक दातमा वेदका ऋचाहरु टल्किरहेका छन् । यस्तो इज्जत र आदर पाएको गोजातीको आज यो वैदिक भुमिमा दुर्दशा र दुरावस्ता देख्दा कुनचाहि हिन्दुहरुलाई रुन मन नलाग्ला। गौ जातीको आदर ,सम्मान, र संरक्षणमा हाम्रो आफ्नै परम कल्याण लुकेको छ भन्नेकुरा हामीले किन बुझेका छैनौ? यसबाट थाह हुन्छ कि हामी स्वार्थी हौँ, बेवकुफ र बुध्दिहिन हौँ। आफ्नो स्वार्थ पूरा गर्न त हामीले जानेका छैनौ भने सहि निस्वार्थ कर्मबाट फाइदा उठाउन सक्ने चेतना झन कहाँ बाट आहोस??
हामी सबैको जय होस।
जय गौ माता ।
video मा देखाईएको सिद्धाश्रम मा रहेको त्रिशक्ती गौशला हो।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathmandu
44600