09/07/2026
जुन बुवाले ३५ वर्षसम्म हुर्काए, अन्ततः आफ्नै छोराको आ’क्रमणमा गुमाउनुपर्यो ज्यान, धादिङको घ’टनाले सबैको मन रुवायो🥲
धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४, यार्सा टोलमा घरायसी वि’वादका क्रममा एक वृद्धको मृ’त्यु भएको छ।
प्रहरीका अनुसार शनिबार अपराह्न ३५ वर्षीय सुजन सुनारले आफ्ना ६० वर्षीय बुवा धननारायण सुनारमाथि फलामको पाइपले प्र’हार गरेका थिए। टाउकोमा गम्भीर चो’ट लागेका धननारायणलाई तत्काल फूलखर्क ग्रामीण अस्पताल लगिएको भए पनि उपचारकै क्रममा शनिबार साँझ उनको मृ’त्यु भएको हो।
स्थानीयका अनुसार सुजन लामो समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित रहेका थिए। यसअघि पनि उनले आ’क्रामक व्यवहार देखाउने गरेको र वडा कार्यालयले परामर्श तथा उपचारका लागि पहल गरेको भए पनि प्रभावकारी हुन नसकेको बताइएको छ।घ’टनापछि प्रहरीले सुजनलाई नियन्त्रणमा लिएको छ। उनी हाल प्रहरी हिरासतमा रहेका छन् भने घ’टनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
09/07/2026
२१ वर्षीया सहायक शिक्षिका क्यासिडी कार्टरलाई १४ वर्षीय विद्यार्थीलाई ना!ङ्गो तस्वीर पठाएको आ'रोपमा २ वर्षको जे'ल स'जाय सुनाइएको छ।
साउथ डियरबर्न समुदायिक विद्यालयमा कार्यरत कार्टरले स्न्यापच्याट मार्फत किशोर विद्यार्थीसँग सम्पर्क स्थापित गरेकी थिइन्। उनले प्रत्येक पटक नुहाउँदा अ!श्लील तस्वीर पठाउने गरेको र विद्यार्थीलाई आफू माया गर्ने बताएकी थिइन्।
पीडित विद्यार्थीले डिसेम्बर १, २०२३ मा विद्यालयका अधिकारीलाई जानकारी दिएपछि अ'नुसन्धान सुरु भएको थियो। प्रहरीले विद्यार्थीको मोबाइल जाँच गर्दा कार्टरका धेरै अ'श्लील तस्वीर र सन्देशहरू फेला पारेको थियो।
05/07/2026
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ अहिले गहिरो शोकमा डुबेको छ। गत दसैँमा ऋण लिएर किनेको आफ्नै गाडी चलाउँदै जीविका चलाइरहेका सहोदर दाजुभाइ रामु (रामप्रसाद) सुवेदी र तुलाराम सुवेदी कर्णाली नदीमा बेपत्ता भएपछि गाउँभरि पीडा छाएको छ।
बिहीबार बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको **चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडा (अक्करे भिर)**बाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि गाडीसहित चालक, सहचालक र अन्य यात्रुको खोजी जारी रहे पनि गाडी अझै फेला पर्न सकेको छैन।
छिमेकी डण्डपाणि सुवेदीका अनुसार दाजुभाइको परिवार आर्थिक रूपमा कमजोर थियो। राम्रो आम्दानीको खोजीमा उनीहरू किशोर अवस्थामै भारत गएका थिए। वर्षौँसम्म बैङ्गलुरुमा ज्याला–मजदुरी गरेर बचत गरेको रकम र ऋणको सहारामा उनीहरूले गत दसैँमा आफ्नै गाडी किनेका थिए।
भाइ तुलाराम केही वर्षअघि नेपाल फर्किएर यातायात क्षेत्रमा काम गर्न थालेका थिए। त्यसपछि भारतमै रहेका दाजु रामुले पनि स्वदेश फर्किएर दुवै मिलेर गाडी व्यवसाय गर्ने योजना बनाए। करिब तीन महिनाअघि मात्रै उनीहरूले उक्त रुटमा गाडी सञ्चालनको अनुमति पाएका थिए।
डण्डपाणि भन्छन्, “दाजुभाइको मेहनतले परिवार गरिबीबाट बिस्तारै माथि उठ्दै थियो। ऋण पनि तिर्दै गएका थिए। तर एकै क्षणमा सबै सपना कर्णालीले बगायो।”
दुवै दाजुभाइ विवाहित हुन्। उनीहरूका साना छोराछोरी छन् भने घरमा वृद्ध बाबुआमाको पनि सहारा उनीहरू नै थिए। परिवार अहिले उनीहरूको अवस्थाबारे कुनै जानकारी नपाउँदा गहिरो पीडामा छ।
“दाजुभाइ नै परिवारका आधार थिए। साना बच्चा छन्, गाडीको ऋण छ, आम्दानीको अर्को स्रोत छैन। दुई दिन बितिसक्दा पनि सास कि लास, केही थाहा छैन,” डण्डपाणिले भावुक हुँदै भने।
खोजी कार्य जारी, मौसम बाधक
दुर्घटनाको दोस्रो दिन पनि सशस्त्र प्रहरी बलका गोताखोर, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी छ। तर लगातार वर्षा, कर्णाली नदीको तीव्र बहाव, बढ्दो जलसतह र धमिलो पानीका कारण उद्धार तथा खोजी अभियान चुनौतीपूर्ण बनेको छ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार शुक्रबार बिहानदेखि पुनः गोताखोर परिचालन गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले घटनास्थल अत्यन्त कठिन भएकाले खोजी कार्य प्रभावित भइरहेको बताए।
दुर्घटनाका क्रममा भीरमा अड्किएका एक पुरुषको उद्धार गरी अस्पताल लगिँदै गर्दा मृत्यु भएको पुष्टि भएको छ। उनको पहिचान भइसकेको छ। यद्यपि गाडीमा कति जना सवार थिए भन्ने विषयमा अझै स्पष्ट विवरण सार्वजनिक हुन सकेको छैन।
परिवार, आफन्त र गाउँलेले सरकारसँग बेपत्ता गाडी र यात्रुको खोजीलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनीहरूको एउटै आशा छ— कुनै न कुनै खबर चाँडै मिलोस्।
03/07/2026
हेम थापाको परिवारमा ठुलो बज्रपात😢 अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोराको अमेरिकामा दुःखद नि'ध'न भएको छ। उनी अमेरिकी सेनामा कार्यरत थिए। बुवा हेम थापाका अनुसार पदोन्नतिपछि बिदा लिएर परिवारसँग समय बिताएका उनी ड्युटीमा फर्किएपछि हतियार सञ्चालनका क्रममा भएको दु'र्घ'ट'नामा आफ्नै क'न्चटमा गो'ली लाग्दा घ'टना'स्थलमै नि'ध'न' भएको हो।
घटनापछि अमेरिकी निकायले कानुनी प्रक्रिया अघि बढाइरहेको छ। कानुनी प्रक्रिया पूरा नभएकाले परिवारले हालसम्म शव प्राप्त गर्न सकेको छैन। छोराको नि'धन'पछि हेम थापाले फेसबुकमा अत्यन्त भावुक स्टाटस लेख्दै आफ्नो पीडा व्यक्त गरेका छन्। यस घटनाले थापा परिवारलाई गहिरो शोकमा डुबाएको छ भने देश–विदेशबाट समवेदना व्यक्त गर्ने क्रम जारी छ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।😲🥹😥
02/07/2026
निर्मला पन्त ह*त्या प्रकरणलाई गिजो*लेका, आफ्नो साला जोगाउन अनुसन्धानमा खटिएका प्रहरीलाई नै फसा*एका कञ्चनपुरका पत्रकार खेम भण्डारी अन्ततः प*क्राउ परेका छन् ।
02/07/2026
काठमाडौँ जिल्ला अदालतसमक्ष प्रतिवादी ‘नेपाली ब्रो’ भन्ने कुमार थापामगरले दिएको बयान:
श्रीमान्,
मेरो जन्म नुवाकोट जिल्लामा भएको हो र बाल्यकालको शिक्षादीक्षा गाउँघरमै भयो। करिब २०६१/६२ सालतिर म नेपाली सेनाको अन्य दर्जामा भर्ती भएँ। ६ महिनाको आधारभूत तालिम सकेपछि सिंहदरबारस्थित ब्यान्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा मेरो चिनजान सिपाही दर्जामा कार्यरत ईश्वरी भुजेलसँग भएको हो। तालिमकै क्रममा हामीबीच मायाप्रेम बस्यो र मैले उनीसँग प्रेम विवाह गरेँ। विवाहको केही महिनापछि म छाउनीस्थित रेन्जर गणमा गएँ। त्यहाँ साथीभाइहरूले मलाई ईश्वरीले मसँग विवाह गर्नुपूर्व अर्कै मानिससँग एक वर्षसम्म 'लिभिङ टुगेदर' मा बसेको कुरा सुनाए। यो सुनेर म निकै त'नावमा परेँ र धादिङको बैरेनीस्थित ६ नं. वाहिनी अड्डातर्फ आफ्नो सरुवा मिलाएँ। विवाह भइसकेकाले मैले पछि सुनेका कुराहरूको भरमा त्यति धेरै चासो भने दिइनँ।
करिब ६/७ वर्ष जागिर खाएपछि मैले सेनाको जागिर छाडिदिएँ र उपदानको रकम तथा आफूसँग भएको पैसाले तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुँटारमा घडेरी किनेर श्रीमती ईश्वरीकै नाममा पास गरिदिएँ। जेठो छोरा जेनिस थापाको जन्म भएपछि म वैदेशिक रोजगारीका लागि विभिन्न देश गएँ र ५ वर्षअघि मात्र नेपाल फर्किएँ। नेपाल फर्किएपछि कान्छो छोरा इभान थापाको जन्म भयो र म रेस्लिङ खेल खेल्नुका साथै टिकटकमा ‘नेपाली ब्रो’ को नामबाट भाइरल बनेँ।
टिकटकमा भाइरल भएपछि भ्युज बढाउन मैले अन्य केटीहरूसँग भिडियोहरू अपलोड गर्न थालेँ, जुन श्रीमती ईश्वरीलाई मन परेन र हामीबीच पारिवारिक क'लह सुरु भयो। यही बीचमा मेरो चिनजान टिकटक मार्फत प्रतिक्षा आचार्यसँग भयो र हामीबीच मायाप्रेम तथा शा'रीरि'क स'म्बन्ध सुरु भयो। मैले प्रतिक्षालाई "मेरो डाक्टर गर्लफ्रेन्ड" भनी पोस्ट गरेपछि ईश्वरीले प्रहरी वृत्त बालाजुमा उजुरी गरिन् र पछि अदालतमा वैवाहिक क'रणी तथा स'म्बन्ध विच्छेदको मुद्दा दायर गरिन्। म रु. ५० हजार धरौटीमा छुटेर घरकै भुइँतलाको फ्ल्याटमा अलग बस्न थालेँ।
मिति २०८३ साल जेठ महिनाको २२ गते अदालतमा मुद्दाको पेसी तोकिएको थियो। सो दिन बिहान म ईश्वरी कार्यरत नारायणहिटिको सैनिक ब्यान्ड गुल्मको गेटमा पुगे पनि गाडीमा च'क्कु भएकाले भित्र छिर्न डराएँ र अदालत पुगेँ। तर ईश्वरी अदालत आइनन्। दिनभर साथीहरूसँग घुमेर बेलुकी ७:३० बजे म पैयुँटारस्थित घर पुगेँ। त्यहाँ काम गर्ने केटी सुहाना तामाङले कान्छो छोरालाई भेट्न नदिएको र सोही समयमा जेठो छोरा जेनिसले फोन गरेर "तँ तुरुन्त घर छाड्, यो आमाको घर हो" भनी गा'ली गरेपछि म अ'त्यधिक त'नाव र आ'क्रोशमा आएँ।
म रिसको सुरमा कार निकाली ठमेलतर्फ आउने क्रममा पैयुँटार-बस्नेतटार सडक खण्डको उकालोमा विपरीत दिशाबाट स्कुटरमा आउँदै गरेकी श्रीमती ईश्वरीलाई देखेँ। ईश्वरीले मेरो कार देखेपछि स्कुटर गल्लीतर्फ मोडिन्। म कारबाट झरेँ र गाडीमा सधैँ बोक्ने गरेको बटनवाला धारिलो च'क्कु निकाली उनको पिछा गर्दै गल्लीको अन्तिमसम्म पुगेँ। ईश्वरीले पर्खाल (वाल) तर्फ भाग्दै प्रतिकार गर्न खोज्दाखोज्दै मैले उनलाई पछाडिबाट नियन्त्रणमा लिएर घाँ'टी रे'टी ह'त्या गरेँ। ह'त्यापछि च'क्कु बाटोको छेउमा फा'लेर आफ्नो कार बालाजु चमातीमा छाडी प्रहरी कार्यालयतर्फ जाने क्रममा म प'क्राउ परेको हुँ। मैले बयानमा सीसीटीभी फुटेज र बरा'मद च'क्कु सनाखत गर्दै आफ्नो अ'पराध पूर्ण रूपमा स्वी'कार गरेको छु।
02/07/2026
कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि आज बिहान भीमदत्त-१८ बाट प्रहरीले प'क्राउ गरेको छ। उनलाई अदालतले गा'लीगलौजसम्बन्धी मुद्दामा १ वर्ष ७ दिन कै'द र १२ हजार १ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो
02/07/2026
सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव अघि बढाएको विषय चर्चामा रहेका बेला कलाकार मुकुन्द थापाले सरकार पनि आफ्ना दायित्वप्रति समान रूपमा जवाफदेही हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै थापाले आफूहरू ट्राफिक नियम कडा बनाउने व्यवस्थाको विरोधमा नभएको र आवश्यक परे जरिवाना तिर्न तयार रहेको बताएका छन्। तर, नागरिकले मात्र होइन, सरकारी निकायले पनि आफ्नो जिम्मेवारी पूरा नगरेमा जरिवाना वा क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
थापाले सडकमा देखिएको खाल्डो २४ घण्टाभित्र नपुरिए १ लाख रुपैयाँ, ट्राफिक बत्ती बिग्रिएर लामो समयसम्म मर्मत नगरिए १ लाख रुपैयाँ, ट्राफिक प्रहरीले रुखो व्यवहार गरे ५० हजार रुपैयाँ, ट्रायल पास गरेको सात दिनभित्र लाइसेन्स उपलब्ध नगराए १ लाख रुपैयाँ जरिवाना सरकारलाई पनि हुनुपर्ने प्रस्ताव गरेका छन्।
यस्तै, सडकमा पानी जमेर दुर्घटना भए २० लाख रुपैयाँ क्षतिपूर्ति, सडक बत्ती नबले, साइकल लेन नबने, सडक संकेत स्पष्ट नराखिए, फुटपाथ व्यवस्थित नभए तथा एम्बुलेन्सलाई सहज बाटो दिने प्रणाली प्रभावकारी नबनाइए पनि सरकार जिम्मेवार हुनुपर्ने उनको सुझाव छ।
थापाले आफ्नो पोस्टमा "सरकारको विरोध गरेको होइन, हामी यो जरिवाना तिर्न तयार छौं। तर सरकारले पनि यो कुरामा ध्यान दिन जरुरी छ," भन्दै जनतासँगै राज्य पनि उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा सार्वजनिक सेवा, सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र सरकारी जवाफदेहिताबारे व्यापक बहस सुरु भएको छ।
30/06/2026
अर्जेन्टिनासँगको खेलअघि केप भर्डेबाट मेसीलाई विशेष सम्मान 😯
अर्जेन्टिनाविरुद्धको फिफा विश्वकप खेलअघि केप भर्डेका राष्ट्रपतिले लियोनेल मेसीलाई विशेष सम्मान गर्ने घोषणा गरेका छन्। उनले मेसीलाई विश्वकै उत्कृष्ट खेलाडीको संज्ञा दिँदै फुटबलमा उत्कृष्टता र पूर्णताको प्रतीक भएको बताएका छन्।
राष्ट्रपतिका अनुसार केप भर्डे राष्ट्रिय टोलीले मेसीप्रति सम्मान व्यक्त गर्दै उनको नाम अंकित नम्बर १० को केप भर्डे राष्ट्रिय टोलीको जर्सी उपहारस्वरूप प्रदान गर्नेछ। उनले मेसीसँग मैदानमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो देशका लागि सम्मानको विषय भएको पनि उल्लेख गरेका छन्।