25/09/2026
मलाई यो भनाइ मन पर्यो।
हिमनदीले सीमा मान्दैन, नदीले पासपोर्ट बोक्दैन र बाढीले भिसा माग्दैन।”
एउटा देशमा भएको वातावरणीय जोखिमको प्रभाव अर्को देशसम्म पुग्न सक्छ। त्यसैले हिमालयलाई विभाजनको रेखाभन्दा सहकार्यको प्रयोगशाला बनाउने सोच महत्वपूर्ण छ।
हिमालय साझा हो, जोखिम साझा हो—त्यसैले हाम्रो जिम्मेवारी पनि साझा हो।