03/06/2026
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक सामारेहबीच समुद्घाटन गर्नु भयो ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पिक टर्च प्रज्ज्वलन गरी प्रतियोगिताको औपचारिक समुद्घाटन गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाईचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।
प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई झण्डा हस्तान्तरण गर्नु भयो ।
माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउने उदेश्यबाट प्रतियोगिता सन्चालन हुदै आएको बताउ हुँदै विद्यालय स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी उहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने सबैभन्दा ठूलो र महत्वपूर्ण माध्यम राष्ट्रपति रनिङ सिल्ड भएको बताउनु भयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले गाउँ, नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म आइपुग्दा यस प्रतियोगिताले देशको कुनाकाप्चामा रहेका प्रतिभावान युवाहरूलाई खेलकुदको मूल प्रवाहमा जोड्ने काम गरेको धारणा व्यक्त गर्नु भयो ।
राखेपको आयोजनामा भइरहेको प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले जम्मा ६ सय ८६ खेलाडी सहभागी हुनु हुन्छ । एथलेटिक्स, भलिबल, कबड्डी कराते, तेक्वान्दो र उसु समावेश प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्, बागमती, नेपालय इन्टरनेसनल प्रा.लि. र केआईइसीको सहयोग रहेको छ ।
#राष्ट्रपतिरनिङसिल्ड #रामचन्द्रपौडेल #दशरथरंगशाला #युवाखेलकुद #नेपालखेलकुद 🏅🇳🇵

03/06/2026
03/06/2026
03/06/2026
03/06/2026
02/06/2026
02/06/2026