Nepal Bibeksheel Party नेपाल विवेकशील पार्टी

Nepal Bibeksheel Party नेपाल विवेकशील पार्टी

Share

|| नेपाल विवेकशील पार्टीको आधिकारिक पेज ||
# Official Page of Nepal Bibeksheel Party (NBP) #

हाम्रो लक्ष्य: “नेपालमा नै मर्यादित जीवन जिउने वातावरण बनाउनेछौं।”

नेपालको राजनीति झन जटिल अवस्थामा पुगेको छ। दल र नेताहरुले नागरिकलाई पटक पटक निराश बनाएका छन् भने राजनीतिक बेइमानीले सबै हद पार गरिसकेको अवस्था छ।

आजको आवश्यकता आम नागरिकको स्वन्तन्त्र, सम्मानित र संवृद्ध जीवन जिउने आकांक्षा पूरा गर्न सक्ने राजनीतिक सङ्गठन र नेतृत्व हो। यसको निम्ति सुसंस्कृत राजनीति र नैतिकवान राजनीतिज्ञहरु अपरिहा

Photos from Nepal Bibeksheel Party नेपाल विवेकशील पार्टी's post 18/04/2026

आजका पूर्व सदस्य तथा शुभेच्छुक अशुतोष तिवारीद्वारा आयोजित अनौपचारिक भेलामा, पार्टीका संस्थापक तथा पूर्व प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार गोविन्द नारायणले आफ्नो पछिल्लो ६ महिनाको अनुभव, अनुभूति र चुनौतीहरूबारे महत्वपूर्ण विचारहरू साझा गर्नुभयो।

उक्त कार्यक्रममा पुराना तथा नयाँ बिबेकशील साथीहरूको उल्लेखनीय सहभागिता रह्यो। विचार, अनुभव र प्रतिबद्धताको यो संगमले बिबेकशील आन्दोलनलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

17/04/2026

मातृदेवो भवः — श्रद्धा र समर्पणसहित मनाऔँ मातातीर्थ औंसी

नेपाली समाजमा आमाको स्थान सर्वोच्च छ। आज मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन, हामी सबैका लागि केवल पर्व मात्र नभई कृतज्ञता, प्रेम र सम्मान व्यक्त गर्ने अमूल्य अवसर हो। ‘मातृदेवो भवः’ भन्ने हाम्रो सनातन संस्कारले आमालाई पहिलो गुरु र जीवित देवताको रूपमा मान्न सिकाउँछ—जसको सान्दर्भिकता आजको व्यस्त र भौतिकतामुखी समाजमा झन् गहिरो बनेको छ।

आजको दिन छोराछोरीहरूले आमालाई स्नेहपूर्वक उपहार अर्पण गर्ने, आशीर्वाद लिने र सेवा गर्ने परम्पराले हाम्रो संस्कृति कति समृद्ध छ भन्ने झल्काउँछ। साथै, दिवंगत आमाको स्मरणमा मातातीर्थ कुण्डमा तर्पण र श्रद्धाञ्जली अर्पण गर्ने परम्पराले हाम्रो समाजमा कृतज्ञता र स्मरणको गहिरो भावलाई जीवन्त राखेको छ।

नेपाल विवेकशील पार्टीको तर्फबाट, हामी सम्पूर्ण नेपालीहरूलाई आमाको सम्मान, सेवा र संरक्षणमा सधैं प्रतिबद्ध रहन आग्रह गर्दछौं। आमाको माया, त्याग र प्रेरणाले नै स्वस्थ, समतामूलक र सभ्य समाजको निर्माण सम्भव हुन्छ।

आउनुहोस्, आजको दिनलाई केवल औपचारिकतामा सीमित नराखी, आमाप्रति हाम्रो कर्तव्य र जिम्मेवारीलाई जीवनभर आत्मसात् गरौं।

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉

नेपाल विवेकशील पार्टीको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यो नयाँ वर्षले देश र जनताको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक परिवर्तन ल्याओस् भन्ने हाम्रो कामना छ। साथै, सानो परिवारदेखि समग्र राष्ट्रसम्म एकता, सहकार्य र विकासको भावना अझ मजबुत बनोस्।

नयाँ आशा, नयाँ उत्साह र नयाँ प्रतिबद्धतासहित—नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🌸

#नयाँवर्ष२०८३ #शुभकामना

02/04/2026

नेपाल विवेकशील पार्टीका संघीय समिति सदस्यहरूसँग “Future Leaders” का लागि Vision Workshop सफलतापूर्वक सम्पन्न भयो। 🌟

यस कार्यशालामा सहभागीहरूले आफ्नो व्यक्तिगत तथा सामूहिक दृष्टिकोण (Vision) स्पष्ट गर्दै नेतृत्व विकास, दीर्घकालीन सोच, र प्रभावकारी परिवर्तनका लागि आवश्यक रणनीतिहरूमा गहन छलफल गरे।

कार्यक्रमले भावी नेतृत्व निर्माणमा नयाँ ऊर्जा, स्पष्ट दिशा र प्रतिबद्धता थप्ने विश्वास लिएका छौं। 🚀

01/04/2026

तपाईको नाम मतदाता नामावलीमा छुटेको छ कि?

आजै दर्ता गराउनु होस ।
जिम्मेवार नागरिक बन्नुहोस ।।

#नेपालविवेकशीलपार्टी

28/03/2026

नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना

नेपाल विवेकशील पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित भई नेपाल सरकारको नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।

नेपाल विवेकशील पार्टीको तर्फबाट लोकतान्त्रिक मूल्य–मान्यता, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउँदै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। नेपालका जनताले लामो समयदेखि सुशासन अभ्यास गर्ने, लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउने र सबै नागरिकका लागि समृद्धि सुनिश्चित गर्ने सरकारको अपेक्षा गरेका छन्।

नयाँ सरकारले आफ्नो प्रतिबद्धता तथा नीति–घोषणापत्रलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ। विशेषगरी स्वच्छ शासन, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सार्वजनिक सेवा प्रवाह तथा आर्थिक रूपान्तरणका क्षेत्रमा ठोस पहल गरिने विश्वास व्यक्त गर्दछौँ। आज नेपाललाई राज्यप्रति जनविश्वास पुनःस्थापित गर्न र इमान्दारिता तथा उत्तरदायित्वमा आधारित शासन प्रणाली निर्माण गर्न सक्षम र दूरदर्शी नेतृत्वको आवश्यकता छ।

नेपाल विवेकशील पार्टीको दृढ विश्वास छ कि आर्थिक स्वतन्त्रता, नवप्रवर्तन तथा उद्यमशीलताको माध्यमबाट दिगो समृद्धि हासिल गर्न सकिन्छ। स्वतन्त्र बजार अर्थतन्त्र, निष्पक्ष प्रतिस्पर्धा र निजी क्षेत्रको विकासमा आधारित नीतिहरूले रोजगारीका अवसरहरू उल्लेखनीय रूपमा विस्तार गर्न र राष्ट्रिय आर्थिक वृद्धिलाई गति दिन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। यस सन्दर्भमा रोजगारी सिर्जना, लगानी आकर्षण, स्टार्टअपहरूलाई प्रोत्साहन तथा व्यवसायका लागि अनुकूल वातावरण निर्माणलाई प्राथमिकता दिन सरकारलाई हामी प्रोत्साहित गर्दछौँ।

यसका साथै विधिको शासनलाई सुदृढ बनाउने, योग्यता र क्षमतामा आधारित शासन प्रणाली सुनिश्चित गर्ने तथा सार्वजनिक संस्थाहरूमा पारदर्शिता प्रवर्द्धन गर्ने कार्यहरू समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि अत्यन्त आवश्यक कदम हुनेछन्।

हामी राष्ट्रको व्यापक हितका लागि सबै लोकतान्त्रिक शक्तिहरूसँग रचनात्मक सहकार्य गर्न प्रतिबद्ध रहेका छौँ। नवनिर्वाचित प्रधानमन्त्रीको नेतृत्वमा सकारात्मक सुधार र सार्थक प्रगतिको अपेक्षा गर्दछौँ।

अन्त्यमा, पुनः एकपटक सम्माननीय प्रधानमन्त्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली जनताको आकांक्षा पूरा गर्न सफलताको कामना गर्दछौँ।

कृष्ण देव भण्डारी
प्रवक्तानेपाल विवेकशील पार्टी
काठमाडौं, नेपाल

25/03/2026

हाम्रा आत्मीय सहयात्री तथा यस विवेकशील अभियानका एक समर्पित योद्धा श्री बेदराज जीको जटिल स्वास्थ्य समस्याका कारण लामो उपचारपश्चात् अल्पायुमा भएको असामयिक निधनले हामी अत्यन्त स्तब्ध र मर्माहित भएका छौं।

शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

तपाईंको योगदान र रास्ट्र प्रतिको समर्पणलाई हामी कहिल्यै बिर्सने छैनौं।
शान्ति मिलोस्।

~ नेपाल विवेकशील पार्टी परिवार

21/03/2026

इद ( इद उल फित्र ) को पावन अवसर मा सम्पुर्ण इस्लाम धर्मावलम्बी दाजु भाइ, दिदी बहिनी तथा आमा बुवा मा हार्दिक शुभकामना ! इद मुबारक

18/03/2026

घोडे जात्राको हार्दिक शुभकामना! 🐎🎉

यस पावन अवसरले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछौं। परम्परा, संस्कृति र एकताको प्रतीक यो पर्वले हामी सबैलाई अझ नजिक ल्याओस्।

नेपाल विवेकशील पार्टी

08/03/2026

“नारी केवल जीवनको सृजना मात्र होइनन्, उनी साहस, माया र परिवर्तनको शक्ति हुन् जसले समाज र राष्ट्रको भविष्य निर्माण गर्छिन्।” 🌸

नेपाल विवेकशील पार्टी

02/03/2026

🗳️ मतदाता सचेतनाको लागि सन्देश

लोकतन्त्र बलियो बनाउन सचेत मतदाताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
नीति, विचार र नेतृत्वलाई बुझेर, विवेकपूर्ण निर्णयसहित मतदान गरौँ।

नेपाल विवेकशील पार्टी
सजग नागरिक, जिम्मेवार मतदान, र उत्तरदायी शासनको पक्षमा।

आफ्नो मत प्रयोग गर्दा
✔️ उम्मेदवारको योग्यता
✔️ दलको नीति र दृष्टिकोण
✔️ दीर्घकालीन राष्ट्रिय हित
अवश्य विचार गरौँ।

02/03/2026

होली पूर्णिमाको हार्दिक शुभकामना

रङ्गहरूको पर्व होली पूर्णिमाको पावन अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गर्दछौँ।
होलीले समाजमा प्रेम, एकता र सहिष्णुताको भावना मजबुत बनाओस्, विभेद र द्वेष हटाई नयाँ ऊर्जा र आशा संचार गरोस् भन्ने कामना छ।

यस शुभ अवसरमा नेपाल विवेकशील पार्टी सबैमा उज्यालो भविष्य, सु-स्वास्थ्य र निरन्तर प्रगतिका लागि हार्दिक शुभेच्छा व्यक्त गर्दछ।

होलीको रङ्ग जस्तै जीवन पनि खुसी र सकारात्मकताले भरियोस्।
🌸🎨 होली पूर्णिमाको हार्दिक शुभकामना! 🎨🌸

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Naxal
Kathmandu
WARDNO.1