मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल

मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल

Share

सम्पर्क:
९८५११०००७६, ९८१७७०८९९७
९८५१२३३८७३

Photos from मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल's post 26/03/2026

मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालकाे मिथिला कमाण्डकाे आयाेजनामा मिटरब्याज विरुद्ध वृहत् खवरदारी सभा जनकपुरमा सम्पन्न भएकाे छ |

नवनिर्वाचित सांसदहरुले सिंहदरवारमा जनताकाे नाममा सपथ ग्रहण गरिरहँदा जनकपुर धाममा मिटरब्याज पिडितकाे खवरदारी जुलुस जनकपुर सहर परिक्रमा गर्दै न्यायिक संघर्ष अगाडि बढाइरहेको थियाे | समस्या समाधानका लागि सदन र सरकार निर्णायक पहल लिने छ भन्ने विश्वास सहितको खवरदारी गरेका छाैं |

कार्यक्रम सम्पन्न गर्न अहाेरात्र खट्ने मिथिला कमाण्डकाे सम्पुर्ण नेतृत्वलाई हार्दिक धन्यवाद |

18/03/2026

||राैतहटका कुख्यात मिटरब्याजी साहु रामबाबु प्रसाद कलवार पक्रा||

मिटरब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालकाे भोजपुरा कमाण्ड अन्तर्गत राैतहट जिल्ला कार्यसमितिकाे विशेष पहलमा सिमा पारि वस्ने गरेका र दोहोरो नागरिकता भएका मिटरब्याजी साहु रामबाबु प्रसाद कलवारलाई जिल्ला प्रहरी कार्यालय राैतहटले पक्राउ गरेकाे छ |

कलवारले लामाे समय देखि दर्जनौं किसान मजदुरलाई मिटरब्याजी शाेषण गरिरहेका थिए | लामाे समय देखि फराहर रहेका रामबाबु प्रसाद कलवारलाई आज प्रहरीले पक्राउ गरेकाे हाे |

किसान मजदुर आन्दोलन जिन्दावाद !!

16/03/2026
मिटरब्याज पीडकहरूमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन 16/03/2026

उपत्यका कमाण्ड ||

मिटरब्याज पीडकहरूमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन मिटरब्याज पीडिकहरूलाई कडा कारबाही गर्न माग गर्दै आएका पीडितहरूले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।

16/03/2026

उपत्यका कमाण्ड निरन्तर संघर्षमा छ ।

15/03/2026

मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपालकाे कपिलवस्तु जिल्ला अध्यक्ष सामसुङ निशा माथि भएकाे सांघातिक हमला र कुटपिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ |

सुदखाेरहरुले ज्यान मार्ने उदेश्यका साथ गरेकाे घटनाकाे निश्पक्ष छानवीन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गर्न जाेडदार माग गर्दछाैं |

Nepal Police

12/03/2026

नेपाली काङ्ग्रेस निकट काठमाडौंका खुंखार मिटरब्याजी साहु शान्ति तिवारी पक्राऊ।

करिब ४५ जना महिलाहरूलाई मिटरब्याजको जालो फसाई अकुत असुली धन्दा चलाउने नवलपरासी बर्दघाट सुस्ता पूर्वकी शान्ति तिवारीलाई प्रहरी वृत्त, नयाँ बानेश्वरले पक्राउ गरेको छ। विभिन्न नक्कली कारोबार र मिटरब्याजमा लगानी गरि किर्ते कागज, चेक बाउन्स लगायतका मुद्दा खडा गरि उल्टै पीडितलाई जेल पठाईरहेकि उनी अन्ततः प्रहरीको फन्दामा परेकी हुन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुचित लेनदेन अन्तर्गत कसुरमा पीडितहरूका जाहेर दर्ता गरि अनुसन्धानको क्रममा उनीलाई पक्राउ गरेको हो। उनी विरूद्ध १ दर्जन पीडितहरूले करिब दुई वर्ष देखि उजुरी गरि न्यायको खोजीमा प्रहरी परिसर धाइरहेका छन्। नेपाली काङ्ग्रेस निकट रहेर राजनीतिक आडमा पीडितलाई चुनौती दिदैँ आएकी उनी काङ्ग्रेस निकट प्रेस युनियनका अध्यक्ष शिव लम्साल कि श्रीमती हुन्।

Photos from मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल's post 04/02/2026

मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलन, नेपालकाे उपत्यका कमाण्ड र वित्तीय शाेषण विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल काे केन्द्रीय समितकाे आयाेजनामा मिटरब्याज विरुद्ध संघर्षको प्रथम सहिद डाचाराज वाग्लेको पाँचौं स्मृति दिवश, सुरेश घिमिरेको अध्यक्षतामा, बाबु गौतमको संचालन, विशाल राना क्षेत्री, महाेन महताे, बेनी चाैधरी र सहीद परिवार सदश्य कुमारी महतको उपस्थितिमा केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न |

उहाँको सम्झनामा विभिन्न चर्चा /परिचर्चा पछी केन्द्रीय समितिकाे तर्फबाट दुइटा सकल्प हामिले गरेका छाै |

१. मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलनका प्रथम सहिद डाँचाराज वाग्लेको स्मृतिमा प्रतिष्ठान निर्माणका लागि पहल गर्ने |

२.मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलनका प्रथम सहिद डाँचाराज वाग्लेको स्मृतिमा ग्रन्थ छैठौं स्मृति सभामा लाेकार्पण गर्ने गरि तयारी गर्ने |

महान सहिद प्रति भावपुर्ण श्रद्धासुमन ||

Photos from मिटर ब्याज विरुद्ध किसान-मजदुर आन्दोलन, नेपाल's post 04/02/2026

मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलनका प्रथम सहिद डाँचाराज वाग्लेको पाँचौं स्मृति दिवश सहिदकी जिवनसंगीनी
Saraswati Kumari Mishra अध्यक्षता, संगठनका अध्यक्ष Awadhesh Kushwaha प्रमुख आतिथ्य, Manoj Kumar Paswan Nirgaraj Jaishi र सहिदका राजनीतिक सहकर्मी निर्मल बरालकाे विशिष्ट आतिथ्यतामा जनकपुरमा सम्पन्न |

उहाँका राजनीतिक सहकर्मी निर्मल बरालले उहाँको राजनीतिक दृष्टिकोण, याेगदान र उहाँले गरेकाे आन्दोलनकाे स-विस्तार स्मरण गराउनु भयाे |

उहाँको सम्झनामा विभिन्न चर्चा /परिचर्चा पछी केन्द्रीय समितिकाे तर्फबाट दुइटा सकल्प हामिले गरेका छाै |

१. मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलनका प्रथम सहिद डाँचाराज वाग्लेको स्मृतिमा प्रतिष्ठान निर्माणका लागि पहल गर्ने |

२.मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलनका प्रथम सहिद डाँचाराज वाग्लेको स्मृतिमा ग्रन्थ छैठौं स्मृति सभामा लाेकार्पण गर्ने गरि तयारी गर्ने |

महान सहिद प्रति भावपुर्ण श्रद्धासुमन ||

03/02/2026

मिटरब्याज बिरुद्ध किसान मजदुर आन्दोलनका प्रथम सहिद डाँचाराज वाग्लेको भाेली माघ २१ गते पाँचौं स्मृति दिवश भएकोले केन्द्रीय कार्यलयकाे निर्णय अनुसार सबै जिल्ला समितिले सहिदकाे फाेटाे राखि स्मृति कार्यक्रम संचालन गर्न निर्देशन गरिएकाे छ |

मिथिला कमान्ड र भोजपुरा कमान्डकाे हकमा जनकपुरमा
केन्द्रीय समितकाे आयाेजनामा पाँचौ स्मृति दिवस मनाउने कार्यक्रम रहेकाले केन्द्रीय सचिवालय सदस्य,केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष तथा पदाधिकारीलाई अनिवार्य उपस्थित को लागि सुचित गरिन्छ|

स्थान:- जनकपुर
समय:- ११ बजे

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu
44600