Nepali Communist Party

Nepali Communist Party

Share

नेपाली कम्युनिष्ट पार्टीको आधिकारिक फेसबुक पेजमा यहाँलाई स्वागत छ।

01/06/2026

प्रेस विज्ञप्ति
यही जेठ १७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीबाट नेपाल-भारत सीमा सम्बन्धमा व्यक्त धारणाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत छ। हाम्रो पार्टी उक्त राष्ट्रघाती अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछ ।
अन्तर्राष्ट्रिय जमिन अतिक्रमण (Encroachment) र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदल-बदल (Cross-Holding) दुई भिन्न विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको जमिनमा आपसी सहमति वा कानुनी अधिकारविना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई 'अतिक्रमण' भनिन्छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको ऑतक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।
सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल-भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई 'कब्जा' भनिदैन। यसलाई जग्गाको भोगचलन (Land Cross-Holding) को अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसद्‌को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ ।
नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसलाई कूटनीतिक माध्यमवाट हल गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं। तर, हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा गरेको छैन भन्ने तथ्यमा टेकेर मात्रै हाम्रो दाबी कायम रहन्छ । यही आधारमा लिम्पियाधुरा क्षेत्रमा नेपालले आफ्नो दावी कायमै राखी चुच्चे नक्सा जारी गरेको छ। यता, सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (EPG) को प्रतिवेदन भारतले हालसम्म पनि सार्वजनिक गरेको छैन। यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीबाट व्यक्त धारणाले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुऱ्याएको छ । अतः उक्त भनाइ तत्काल सच्याउन, संसद्‌को रेकर्डवाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।
मिति : २०८३०२।१८
प्रकाश ज्वाला प्रवक्ता
नेपाली कम्युनिष्ट पार्टी

12/05/2026

प्रतिनिधिसभा बैठक 2083-01-29

12/05/2026

प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर समसामयिक विषयमा पार्टीको तर्फबाट बोल्दै प्रमुख सचेतक युवराज दुलाल!

Photos from Nepali Communist Party's post 02/05/2026

नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिका निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्ति

02/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीका संयोजक कमरेड प्रचण्डको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मईका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदूरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गर्दै विश्वभरका श्रमिकहरूले यो दिवस मनाउँदै आएका छन्। यस अवसरमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गप्रति दृढ ऐक्यबद्धता व्यक्त गर्दछु।

यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदूर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु।
साथै श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बनोस्।

अन्त्यमा, नेपाल तथा विश्वभरिका सम्पूर्ण श्रमजीवी वर्गप्रति पुनः सम्मान, ऐक्यबद्धता र हार्दिक शुभकामना व्यक्त गर्दछु।

१८ वैशाख २०८३ / १ मई २०२६
ने.सं.११४६ बछलाथ्व पुन्हि

22/04/2026

शुभकामना सन्देश

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।यस ऐतिहासिक अवसरमा न्याय र स्वतन्त्रता, समानता प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, घाइते, अपाङ्ग तथा शहीद परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दछु।

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ साल वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। स्थापनासँगै नेकपाले अघि सारेको नेपाली क्रान्तिको मार्गदिशाअनुरूप आज हामी सामन्ती निरङ्कुशताको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ।अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्।

यस परिस्थितिमा नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ। कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ।तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ। इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु।साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु।

अन्त्यमा, महान् लेनिनप्रति उच्च सम्मान व्यक्त गर्दै विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको सङ्कल्प लिन सबैमा पुनः आह्वान गर्दछु।

महान् लेनिन अमर रहून् !
नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलन जिन्दावाद !!

९ वैशाख २०८३
ने.सं.११४६ बछलाथ्व षष्ठी

पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

20/04/2026

📣 **हार्दिक निमन्त्रणा**
२२ अप्रिल, नेपालमा नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागिताका लागि अनुरोध छ।

📍 स्थानः पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा
🕐 समयः दिउँसो १ बजे
📅 मिति: २०८३ वैशाख ९ गते (२२ अप्रिल)
आयोजक: नेपाली कम्युनिष्ट पार्टी

19/04/2026

हालै सरकारले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

यस प्रकारको अमानवीय कदमले पीडित परिवारलाई बिचल्ली पार्नुका साथै सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने खतरा बढ्ने हाम्रो ठहर छ । सुकुम्वासी व्यवस्थापनका सन्दर्भमा समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं।

यसैगरी नयाँ सरकार गठन लगत्तै महङ्गी र कालो बजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ । साथै संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास अत्यन्तै आपत्तिजनक छ।

पञ्चायती कालखण्डमा समेत संगठित हुने अधिकार उपभोग गर्दै आएका विद्यार्थीहरूमाथि बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो प्रतिबन्ध लगाइनु स्वीकार्य हुन सक्दैन। संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि-सम्झौताविपरीत ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। सरकारलाई यो विषयलाई हलुकारूपमा नलिन र पुनर्विचार गर्न आग्रह गर्दछौं।

ताजा जनादेशबाट बनेको वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय तथा समृद्धिको ठूलो अपेक्षा गरेका छन्। सरकारले अघि सारेका वाचा तथा प्रतिबद्धतापत्रका सकारात्मक विषयहरूलाई हाम्रो पार्टी सकारात्मक रूपमा स्वागत गर्दछ । तथापि, शासन सञ्चालन प्रक्रिया तथा संसदीय अभ्यासका क्रममा देखिएको पूर्वाग्रही, मनोगत तथा एकपक्षीय दृष्टिकोण चिन्ताजनक छन्।

नेपाली कम्युनिष्ट पार्टी सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुम्वासी, किसान, मजदूर तथा उपेक्षित, उत्पीडित समुदायप्रति सहिष्णु र जिम्मेवार बन्न, सामाजिक न्याय र सुशासनको विषयमा अनावश्यक स्टनबाजी नगर्न तथा लोकतान्त्रिक अधिकारहरूलाई थप संस्थागत गर्ने दिशामा अघि बढ्न आग्रह गर्दछ।

हामी लोकतन्त्रको सर्भिसिङका पक्षमा छौँ। तर लोकतन्त्रको सुदृढीकरण, अधिकारहरू खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन, बरु सीमान्तीकृत समुदायका अधिकारहरूलाई सुदृढ गर्दै यी समुदायका पक्षमा सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सही मार्ग हो भन्ने हाम्रो ठहर छ।

10/04/2026

प्रतिनिधि सभाको आजको बैठकमा माननीय सदस्य रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट समर्थन गर्दै माननीय रमेश कुमार मल्ल।

२०८२ चैत २७ गते शुक्रबार । सङ्‌घीय संसद भवन, सिंहदरबार, काठमाडौँ

08/04/2026

राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य माननीय जयन्ती देवी राई ।

२०८२ चैत्र २५ गते बुधबार । संघीय संसद भवन, सिंहदरबार, काठमाडौँ

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Peris Marg 35 Kathmandu
Kathmandu
44600