08/04/2022
मंगोल नेशनल अर्गनाइजेशन थाक्रे गाउँपालिका सभा गठन सम्पन्न । जै मंगोल
salik mongol हामी समस्त ८०% अहिन्दु मुलबासी मंगोलहरु एक हौ ।जै मंगोल
08/04/2022
मंगोल नेशनल अर्गनाइजेशन थाक्रे गाउँपालिका सभा गठन सम्पन्न । जै मंगोल
08/04/2022
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा आसन्न स्थानीय तह निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेसनको तर्फबाट जिल्लाको सबै स्थानीय तह जस्तै २ नगरपालिका ,११ गाउपालिका १०४ वाडहरुमा स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नुहुने कार्यकर्ता प्रशिक्षण कार्यक्रम जिल्ला सभाको कार्यलय धादिङमा सम्पन्न भएको छ । जै मंगोल
20/12/2021
01 जनवरी 2022 ( २०७८ पौष १७ गते सनिवार )धादिङ महादेबेशी बजार जाऔ मंगोल नेशनल अर्गनाइजेसनको ऐतिहासिक ३३ औ स्थापना दिवस तथा प्रथम बाग्मती प्रान्तीय अधिबेशन खुल्ला घोषणा सभा भब्यताका साथ सफल पारौ ।
कार्यक्रम हुने:-
स्थान :- थाक्रे - ५ महादेबेशी बजार धादिङ
मिति :- 01 जनवरी 2022 ( २०७८ पौष १७ गते सनिबार )
समय :- ११.०० बजे
आयोजक :- मंगोल नेशनल अर्गनाइजेसन प्रथम बाग्मती प्रान्तीय अधिबेशन मुल आयोजक सभा
14/10/2021
रसुवा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा रसुवामा एक दिने मंगोल वाद बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
21/09/2021
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वाड न ,८ मानिसङरामा वाड गठन सम्पन्न ।
सिन्धुपाल्चोक / मंगोल नेशनल अर्गनाइजेसन बाह्रबिसे नगरपालिका वाड न , ८ मानिसाउरा मा वाड गठन सअम्म्पन्न भएको छ ।
बाह्रबिसे गाउपालिकाका सभा अध्यक्ष बादल लामा ज्युको सभाधक्ष्यतामा र संगठनका केन्द्रिय सदस्य जोनि बिक ज्युको प्रमुख आतिथ्यततामा वाड न ,८ वाड गठन सम्पन्न ।
कार्यक्रमको विशिष्ट अथितिमा केन्द्रिय सभाका सदस्य धनमाया तामाङ , विशेष अतिथिमा बाग्मती प्रदेश सभाका प्रचार सचिब सालिक मगर हुनुहुन्थ्यो। अन्य अतिथिहरुमा जिल्ला सभा सिन्धुपाल्चोक जिल्ला सभाका सचिब दावा लामा, जिल्ला सभाका कोषाध्यक्ष पबिना लामा ,जिल्ला सभाका सह सचिब साङ्गे दोर्जे तामाङ , सदस्यहरु पुस्पा तामाङ , नवीन तामाङ , कृष्ण तामाङ , सङ्गिता बिक हुनुहुन्थ्यो।
कार्यक्रमका प्रमुख अतिथि जोनि बिक जियुले उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्व बिसय प्रस्ट पार्नु भएको थियो । बिशिस्ट अतिथि धनमाया तामाङ , बिशेश अतिथी सालिक मगर , अतिथिहरु दावा लामा , पबिना तामाङ , साङ्गे दोर्जे तामाङ , पबिना तामाङ , सङ्गिता बिक , कृष्ण तामाङ , पुस्पा तामाङ ,लगाएतले स्वागत मन्तब्य राख्नु भएको थियो । शेर ब तामाङको अध्यक्षता ३२ सदस्यहरु सहित मंगोल नेसनल अर्गनाइजेसन बाह्रबिसे वडा-०८ मानिसरा टोल सभा गठन भयो। सचिब , कोषाध्यक्ष प्रचार सचिबमा जयराम तामाङ , सानू माइला , सुनिल तामाङ , पित ब तामाङ सल्लाहकारमा दुर्गा ब तामाङ चयन भएको छ । मंगोल नेशनल अर्गनाइजेसन बाह्रबिसे ८ का निर्बाचित सह सचिब सुनिल तामाङ ज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेसनल अर्गनाइजेसन बाह्रबिसे नगर्पालिका सभाका सचिब निमा शेर्पा ज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।
18/09/2021
महामानव ड. गोपाल गुरुङ पुस्तक बिमोचन कार्यक्रम सम्पन्न ।18 सेप्टेम्बर 2021 मंगोल रिसर्च सेन्टर झापा। जै मंगोल
18/09/2021
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा धादिङबेसि सिरान बजार स्थित गुम्बाहलमा ३१ र १ गतेका दिन 2 दिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न । जै मंगोल
29/08/2021
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा सिन्धुपाल्चोकको दोस्रो नियामित मिटिङ सम्पन्न गरेर मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सदस्य रिन्छेन तामाङ जियु र म सकुसल काठमाडौ आइपुगौ । जै मंगोल
23/08/2021
सन्दर्भ
जनै पुर्णिमा सम्बन्धी (बाहुन) को जनै तथा शुद्रको नाड़िमा डोराको मंत्रमा पनि विभेद
बाहुनधर्ममा बाहुनले आफै तथा आफ्नो गुलाम छेत्रि, वैश्य र सुद्रहरुलाई मनुस्मृतिको विधान संवत उपनयन (Extra eyes) दिने क्रममा पनि मंत्रोचारणमा विभेद गर्छ , बाहुनको बालकलाइ तिमि संसारकै सबैभन्दा श्रेष्ठ मानव हौ तिमिले छेत्रि,वैश्य र शुद्र माथि शासन गर्नु पर्छ भनेर निश्चित उमेरमा सीक्ष्या दिइ कपासको
(जनै) धारण गराइन्छ ।
छेत्रिलाइ दोश्रो दर्जाको सनपाटको, सनको जनै धारण गराउंछ र छेत्रि संग यो वचन लिइन्छ कि उसले वैश्य र शुद्र माथि शासन गरे पनि बाहुनको रछाको लागि आफ्नो ज्यान आहुति दिएर पनि बाहुनको रछा गर्ने छ , छेत्रि (राजा) को देशमा कुनै बाहुन भोकै रहे छेत्रिले सबैभन्दा ठुलो पापको भागि हुनेछ भन्दै सपथ खुवाइन्छ ।
त्यसैगरि वैश्यलाइ तेस्रो दर्जाको भेडा़को कपालको ( उन ) को जनै दिइन्छ र उ संग सपत गराइन्छ कि उसले वाणिज्य गरेर आफुलगायत
बाहुनलाई तथा छेत्रिलाई भोजन इत्यादिको बंदोबस्त गर्नेछ ।
यी तिनै वर्ण ( क्षेत्री बैस्य र सुद्र ) लाई हिन्दूधर्म शास्त्रले द्विज भनेको छ ।
(( द्विज भनेको पुनर्जन्म जस्तै सिध्दान्त हो जो जन्मिदा त एकै हुन्छ तर ब्रतबंध गरेपछि उनिहरुको क्रमशः वर्ण निर्धारण हुन्छ जसले उनिहरुको विच निंचता र श्रेष्ठता कायम हुन्छ )) उपनयन संस्कार पनि यी तिनै वर्णको तिन किसिमले हुन्छ जसकारण यिनिहरुको काम कर्तव्य र अधिकारको वांडफांड हुन्छ , बाहुन बाहेक छेत्रि र वैश्यको कामको प्रमुखता बाहुनको सुरक्षा लगायत रेखदेख र उनको आवश्यकता परिपुर्ति गर्नु नै हुन्छ।
यी द्विजहरुको यग्योपवित संस्कारमा प्रयोग हुने मंत्रको पनि छुट्टाछुट्टै विधान छ ।
गुह्यासुत्र नामक बाहुन रचित ग्रंथ को मंत्र वर्ण अनुसार प्रयोग गरिन्छ । बाहुनधर्मको चातुर्वर्णय वर्णव्यवस्था अनुसार भारतवर्षको मानवहरुलाई चार वटा वर्णमा विभाजित गरिएको छ , जसमा शुद्र वर्णको उपनयन,ब्रतबंध (जनै) धारण गर्ने अधिकार हुदैन , शुद्रको काम कर्तव्य भनेको माथिल्लो तीनवटै वर्णको सेवा गर्नु हो ,प्रत्येक वर्षको श्रावण पुर्णिमाको दिन बाहुन तथा छेत्रिले स्नान गरि मंत्रोचारण गरि जनै फेर्छ , जनै पुर्णिमाकै दिन बाहुनहरुले शुद्रको हातको नाड़िमा नौ धागे डोरा बाधि दिन्छ र मंत्रोउच्चारण गर्छ
येनबध्दो बलिराजा दानवेन्द्रो महाबल,
तेनत्व प्रतिवध्नामी रछेमा माचल माचल,
अर्थात जसरि मैले तेरो महाबलि राजा बलिलाइ यो डोरा(धागो) बांधेर गुलाम बनाएको थियो तं पनि आज देखि मेरो गुलाम हो , यस प्रतिवध्ता बाट पछि नहट्नु
यसरि प्रत्येक वर्ष शुद्र (मुलवासी) हरुलाई बाहुन पुरोहित हरुले यो डोरा राजा बलिकै पाला देखि बांध्दै आइरहेको छ । राजा बलि मुलवासीको अत्यधिक शक्तिशाली सम्राट थियो छलकपट गरेर वामन नामक बाहुनले षड्यंत्र पुर्वक उनको सम्राज्य खोसेको थियो तसर्थ बाहुनकोधर्मको षड्यंत्र बुझौ बाहुनले भनेको केहि नगरौ , बाहुनबाद मुक्त समाज खडा गरौ ।।।
27/07/2021
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा आज दिनांक 27 July का दिन नेपालका प्रथम लोकतन्त्रवादी एबम उदारबादी नेता युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको 86 औं जन्मोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । जै मंगोल
16/07/2021
एमएनओ द्वारा सिन्धुपाल्चोक बाढिपिडितलाई राहत बितरण सम्पन्न ।
प्राकृतिक नियम लाई कसैले रोक्न सक्दैन छेक्न सक्दैन जहिले जति खेर पनि जे पनि हुन सक्छ प्राकृतिको कारणले कुनै बेला मानबमा थुलो क्षेती हुन पुग्छ ।कहिले बाडी कहिले पहिरो कहिले भुकम्पको कारणले सिङ्गो मानब लाई बिनास गरि हानी पुराइरहेको छ ।असारमा गएको बाडी पहिरोले सिन्धुपाल्चोकबासिन्दा लाई ठूलो क्षेती हुन पुगे तेसैले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल 2 र 3 याङ्री, सुनचौर, तासिपा, माइखर्क, रिबर र तयागाउ याङ्री गुम्बा लगायतको स्थानीय बाढिपिडितलाइ राहत प्रदान गरिएको छ ।mno प्रबासमा रहनु भएका मंगोलहरुको सहयोग र नेपालका विभिन्न जिल्ला सभाका मंगोलहरु बाट सहयोग संकलन गरि मंगोल नेशनल अर्गनाइजेसनको पहलमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीमनहरुलाइ धन्याबाद दिन चाहन्छु । जै मंगोल
10/06/2021
अाज 10 जुन 2021 तारिकका दिन आज कै दिन मंगोल नेशनल अर्गनाइजेसन युग पुरुस अमर ड . गाेपाल गुरुङ जिउकाे भौतिक शरीर पृथ्वी बाट अन्तय भएको थियो । आज उहाको भौतिक शरीर हाम्रो सामु नभए पनि उहाले हामीलाई मंगोल दर्शन , बिचार , सिदान्त छोडेर जानू भएको छ ।उहाको मंगोल दर्शनलाई संसार भरी फ़ैलाउने छु । ड . गोपाल गुरुङको पाँचौ बार्षिक स्मृति दिबस संसार भरी फैलिरहेको काेभिट १९ कोरोना भाइरसकाे कारण ले गर्दा आफ्नै बासस्थानमा भाैतिक दुरि कायम गर्दै पाचौ स्मृति दिबस सम्पन्न गरियो । मंगोल रास्ट्रबादको लागि एक मुठी साहस रहुनजेल सम्म लडिरहनेछु भन्दै भाबपुर्ण नमन तथा श्रद्धा सुमन अर्पण गर्दछु । ड . गोपाल गुरुङ अमर रहुन । जै मंगाेल