18/11/2025
शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालामा पहिलो चरणअन्तर्गत निर्मित प्यारापेट र फ्लडलाइट सञ्चालनका लागि आइतबार राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरियो । फ्लडलाइटको उज्यालोसँगै— केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ । वर्षौंदेखि देखिएको पूर्वाधार सम्पन्न क्रिकेट रङ्गशालाको सपना अब वास्तविकतामा परिणत हुँदैछ । खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र उर्जाशील वनाउदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १०अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि नेपालले पाउनेछ—पूर्ण सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रङ्गशाला ।
पहिलो चरणको निर्माणलाई सफल बनाउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाई हार्दिक धन्यवाद । सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई र शुभकामना । आशा छ— कीर्तिपुरको यो उज्यालो मैदानबाट
नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ ।
24/09/2025
सम्पूर्ण चालक तथा यात्रुहरूमा बिशेष अनुरोध :
"तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।” त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।
चालक साथीहरूलाई अनुरोध:
-गति नियन्त्रणमा राख्नुहोस्,
-मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
-विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,
यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउनुहोस् ।
यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध:
-क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
-चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
-यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
-यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।
सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो ।
यहाँहरु सम्पूर्णलाई दशैको हार्दिक शुभकामना 🙏
20/11/2022
BRAZIL ARGENTINA PORTUGAL
🇧🇷👍️ 🇦🇷😯 🇵🇹❤️
08/08/2020
लोकल रक्सी र गाँ’जा बेचेर ‘नेपाललाई धनी बनाउने’ अभियानमा सांसद दम्पती पुरा पढेर समर्थकले सक्दो शेयर गरौ !!
लोकल रक्सी र गाँ’जा बेचेर ‘नेपाललाई धनी बनाउने’ अभियानमा सांसद दम्पती | Eshankharapur
उजिर कार्की/काठमाडौं, साउन ९ । गत फागुन १९ गते नेकपा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई वैधानिकता दिने व्यवस्.....
08/08/2020
ब्यापारीमा कोरोना संक्रमण देखिएपछि न्युरोड सिल
व्यापारीमा कोरोना संक्रमण देखिएपछि न्यूरोड सिल | Eshankharapur
काठमाडौं । केही व्यापारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि काठमाडौंको न्यूरोडलाई सिल गरिएको छ । व्यापारीमा कोरोन....
06/04/2020
वैशाख ३ गतेसम्म लकडाउन थपियो
दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस....