16/06/2026
राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र खुमलटार ललितपुर को आयोजना र राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रको सह-आयोजना, राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारको प्राविधिक सहयोग र साना किसान कृषि सहकारी संस्था लिमिटेड बज्रबाराहिको सहकार्यमा थाहा नगरपालिका बज्रबाराही वडा नं. ६ मा आयोजित "बाली उपचार शिविर" सम्पन्न भयो । यस कार्यक्रमबारे राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. अजय श्री रत्न बज्राचार्यज्युले प्रकाश पार्नु भएको थियो। सो अवसरमा कीट विज्ञान, बाली रोग तथा कृषि ईन्जिनियरिङ्गका बैज्ञानिकहरुले कृषकहरुले ल्याएका समस्या तथा नमुना परिक्षण गरि सोको सामाधानको उपायहरु सुझाउनु भएको थियो । सो कार्यक्रममा कृषकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।