01/03/2026
बसन्त ऋतुको आगमन तथा असत्य माथी सत्यको जितको प्रतिक पर्व हो फागु पुर्णिमा अर्थात होली पर्व l रंग र पानी संग रमाउदै एक आपसमा सद्भाव बढाउदै विभिन्न मिठा मिठा परिकार खाँदै पाहाडी क्षेत्रमा अघिल्लो दिन र तराइ क्षेत्रमा भोलीपल्ट यो पर्व धुम धाम संग मनाउने गरिन्छ l सम्पूर्ण महानुभावहरुमा फागु पूर्णिमाको हार्दिक शुभकामना l
19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना l
15/02/2026
हरेक संकटको बेला अगाडी देखा पर्दै आफ्नो अतुलनीय भूमिका निर्बाह गर्ने देशका सेना नै हुन् l आज २६३ औँ सेना दिवस l राष्ट्र र राष्ट्रियता प्रति समर्पित सम्पूर्ण देश भक्तहरुमा सेना दिवसको हार्दिक शुभकामना l
15/02/2026
बिशिष्ट चार रात्रि मद्धे आज महा शिवरात्रि l देवादी देव महादेव प्रादुर्भाव भएको दिन हो आजको पवित्र दिन l महा शिवरात्रिको यो पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना l
07/02/2026
इन्स्टिच्युटका केहि उत्पादनहरु
29/01/2026
देश र जनताको लागि आफ्नो प्राण आहुति दिने वीर शहिदहरु प्रति हार्दिक श्रद्धा सुमन l
29/01/2026
१२ कक्षाको अध्ययन पश्चात उच्च शिक्षा अध्ययनको लागि जापान जाने सोच बनाउनु भएको छ भने २०२६ अक्टोबर इन्टेकको लागि भर्ना खुलिसकेको छ l साथै Specified Skilled Worker (SSW) मार्फत जापान आवेदन गर्दै हुनुहुन्छ भने पनि कक्षाहरु संचालन भैरहेका छन् l १४ वर्ष देखि निरन्तर उत्कृष्ट नतिजाको साथ् सेवा प्रदान गरिरहेका छौ l
22/01/2026
शिक्षा अर्थात बिध्याकि देवी महा सरस्वतीको कृपा हरेक घर घरमा होस् l सम्पूर्ण जनको बोलीको गरिमा बढ्दै बढ्दै जाओस l श्रीपंचमी तथा बसन्त श्रवणको हार्दिक शुभकामना l
19/01/2026
आजबाट सर्प बर्ष अन्त्य भइ घोडा बर्ष शुरु भएको छ l बिशेष त तामांग समुदाय तथा संसारभरी रहेका सम्पूर्ण नेपालीहरुमा सोनाम ल्होछारको अवसरमा सुख, शान्ति, भाइचारा, सद्भाव तथा सु स्वास्थ्य, दीर्घायु, समृद्धि, उन्नति र प्रगतिको हार्दिक शुभाकामना l