14/04/2026
नयाँ बर्ष २०८३ को हार्दिक शुभ-कामना 🙏
नव बर्षको हार्दिक शुभकामना🙏
२०७६ सालको अन्तिम तिर देखि २०८२ अन्तिम सम्म इमान्दारीता पूर्वक राजनीतिक, सामाजिक र राष्ट्रिय, रुपान्तरणलागि राष्ट्रियता, नागरिकतन्त्र, सुशासन,समृद्धि, नेपालवाद र मत परिवर्तन तथा मत क्रान्तिका बिषयमा आफ्नो विवेकले भ्याए सम्म जिम्मेबार भूमिकामा रहेर वकालत गर्ने सत प्रयास गरें। ६ बर्षको यो दैनिक तालिका र भूमिकालाई भने २०८३ को आगमन संगै अहिलेलाई केही परिबर्तन गर्दै छु। सुशासन र नेपालवादको एजेण्डामा निरन्तर पैरवी रहने नै छ। सामाजिक कर्म र २०७७ अगाडीका केही काममा निरन्तरता दिने प्रयास गर्ने छु। नेपाली मौलीक कला संस्कृतीको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन र गीत संगीत प्रति सकेको योगदान दिने नै छु। गरिरहेको केही व्यापार ब्यबसाय र उत्पादन क्षेत्रमा अलि सकृयता बढ्ने छ।अस्ति, हिजों जस्तै आज र भोलि पनि यहांहरु सबैको माया, सदभाव र शुभेच्छा पाउने नै छु भन्ने कुरामा विश्वस्त छु।सामाजिक, राजनीतिक, सञ्चार, गीत संगीत र ब्यवसायिक यात्रामा जान अन्जानमा यहांहरु कसैको मन दुःखाएको भए क्षमा माग्दै नव बर्ष २०८३ यहांहरु सबैको सुखद रहोस् भन्ने कामना सहित मुलुकमा सुशासन, शान्ति, समृद्धि र बिकास छाओस् भने हार्दिक शुभकामना व्यक्त गर्दछु।
सबैको जय होस्!
-Gobinda Giri
Sushasan Abhiyan Gobinda Giri गोविन्द
Govinda Giri Nepalbadi नेपालवादी🇳🇵
12/04/2026
भावपूर्ण श्रद्धाञ्जली!
प्रसिद्ध गायिका आशा भोस्ले प्रति भावपूर्ण श्रद्धाञ्जली!
केही समयदेखि अस्वस्थ उनको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्। हिन्दी गीत संगीतमा मात्रै नभएर नेपाली गीत संगीतमा पनि उनको सशक्त उपस्थिति रहेको छ।आशा भोस्लेले थुप्रै कालजयी सुमधुर नेपाली गीतमा स्वर दिएकी छन्।उनले स्वर दिएका 'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर', 'गैरीखेतको शिरै हान्यो', 'मोहनी लाग्ला है' किन बढ्दै छ ढुक ढुकी मुटुको लगायत थुप्रै नेपाली गीत छन्। हिन्दी गीतमा एक मैं और एक तू , जवानी जानेमन , दम मारो दम , लगायत सयौं कालजयी गीत छन्।
27/03/2026
श्री राम नवमीको हार्दिक शुभकामना!
श्री राम नवमीको सबैमा हार्दिक शुभकामना!
सबैको जय होस्🙏
सिताराम! सिताराम!! सिता राम!!!
Govin Giri
Govinda Giri Nepalbadi नेपालवादी🇳🇵
Sushasan Abhiyan Govinda Giri गोविन्द
26/03/2026
चैते दशैंको सबैमा हार्दिक मंगलमय शुभकामना!
21/03/2026
ईद उल फित्र पर्वको हार्दिक शुभकामना!
ईद उल फित्र पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना!🎁🎁
Sushasan Abhiyan Govinda Giri गोविन्द
Govinda Giri Nepalbadi नेपालवादी🇳🇵
18/03/2026
घोडे जात्रा पर्वको हार्दिक शुभकामना !
घोडे जात्रालाई काठमाडौंको मौलिक जात्राको रुपमा मानिन्छ। नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला प्रदर्शन गर्ने चलन पनि रहेको छ।घोडे जात्रा पर्वको हार्दिक शुभकामना !
सबैको जय होस्🙏
-Govin Giri
Sushasan Abhiyan Govinda Giri गोविन्द
Govinda Giri Nepalbadi नेपालवादी🇳🇵
09/03/2026
हार्दिक बधाई साथै शुभकामना!
08/03/2026
अन्तरराष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना!
06/03/2026
एउटै पार्टीलाई बहुमत दिनु सुशासन, स्थिरता, शान्ति र विकासकालागि सकारात्मक कुरा हो। सत्तामा बसेकालाई कडा प्रश्न सोध्नेहरुलाई नागरिकले जिम्मेवार पूर्ण उत्तर दिने ठाउंमा पुर्याएका छन्।
नागरिकको मन जित्ने मूख्य पात्र बालेनजी र रविजीलाई विशेष बधाई यो विश्वास लामो समय सम्म कायम राख्न सक्ने काम गर्न सक्नुहोस् भन्ने मेरो शुभकामना!
हामीलाई देश बनेको, युवा स्वदेशमै बसेको र नेपाल आमा हांसेको हेर्ने मन छ।
रास्वपाले मागेको एकल बहुमत,नयां अनुहार, युवाहरुको प्रतिनिधित्व सबै दिने जनताको मतादेशलाई पूर्ण सम्मान गर्दै यस निर्वाचनमा विजयी हुनु भएका रास्वपा उम्मेद्वारहरु लगायत सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🙏
जय मातृभूमि! जय सुशासन!! जय नेपालवाद!!!
Govin Giri
Sushasan Abhiyan Govinda Giri गोविन्द
Govinda Giri Nepalbadi नेपालवादी🇳🇵