Bikesh Shrestha

Bikesh Shrestha

Share

Vegan/Vegetarian Campaigner, Animal Rights Activist. Stop Animal Sacrifice Campaigner and Social worker.

Animal rights activist, Vegetarian Campaigner
Birth date: 11 Aug 1961
Zodiac Sign: Cancer (as per eastern signs)

Photos from Bikesh Shrestha's post 10/01/2026

मेरो वाल्यकाल यसरी बित्यो (२०१८ श्रावण(शाकाहारी महिना) २७ गते जन्मेको)
बिहान ६ बजे देखि ११ बजे सम्म (कक्षा ७ देखी एस. एल. सि. सम्म) बिद्यालय प्रभात माध्यमिक बिद्यालय, श्री घ विहार, नघल टोलमा जान्थे, त्यसपछि घरमा आएर भात खाएर हाम्रै रंग पसलमा गएर बस्थें ४ बजे सम्म त्यसपछि घरमा गएर पढ्थें ७ बजे सम्म। बिचमा कहिले काहीं भात पकाउन दाउरा काटी दिन्थें। शनिबार भयो की भात खाएर साथी हरु सित कहिले विमानस्थल, कहिले गोकर्ण महादेव मन्दिर, कहिले स्वयम्भु, बौद्ध र पशुपति मन्दिर सबै हिंडेर नै घुम्थें । फुर्सतको समय लोत्पोत, हतिमताई जस्ता कमिक अनि दार्जीलिंग बाट प्रकाशित साहित्य, उपन्यास र केही भारतीय मनोहर कहानियाँ आदी पढ्थें, पढ्ने औधी शोख हुन्थ्यो र ब्रिटिश काउन्सिलमा संधै जान्थे र पत्रिका अंग्रेजीमा सकी नसकी पढ्थें र नबुझेको शब्द टिपेर ल्याएर शब्दकोषमा हेर्थें, जमल तिर तेतिबेला रसियन पुस्तकालय थियो त्यहाँ गएर पनि शोभियत भुमि पत्रिका पढ्थें। २०३७ सालको मार्च महिना तिर लेनिनको जन्मोत्सव पारेर निबन्ध प्रतियोगिता हुन्थ्यो तेतीबेला भाग लिएर पुरुष्कार पाएँ धेरै किताब र रसियन हस्तकलाका सामानहरु ।
जमल तिरै एउटा रसियन किताब बेच्ने पसल थियो, त्यहाँ पनि गएर उभेर नै किताबहरु पढेर आउंथे । यसरी मेरो बाल्यकाल खेल्नु भन्दा पढ्नुमा नै बित्यो। परिवारमा सबैले कति पढ्नु पर्ने मान्छे भनेर भन्थे, मिठाई पसल (श्री गणेश मन्दिर, स्वाँ छापू गणेश) मा गएर बिदेशी पत्र पत्रिका सित्तैमा लिएर पढ्थें, अंग्रेजी नबुझेर सारै रुन्थे। मलाई अंग्रेजी सिकाउनमा क्षत्रपाटिका डा. मनोहरा दिदी, चरी दिदी (स्व. बद्रि प्रसाद मानन्धर – संगीतकार) का छोरी र बुहारीहरु जो तेतिबेला शिक्षित वर्गका हुनुहुन्थ्यो। डा. मनोहरा दिदी(plant pathologist) ले Newsweek र Time अनि रिडर्स डाईजेस्ट पत्रिका पढ्नु हुन्थ्यो, अनि पढे पछी मलाई दिनु हुन्थ्यो। यसरी SLC सम्म पुग्दा थुप्रै पत्र पत्रिका पढ्ने अवसर पायो । जम्मा गरि राखेको किताबहरु पछी गएर मैले पुस्तकालयमा दान गरि दिएँ ।
भोटाहिटीमा निरन्जन गोबिन्द बैद्य (कम्युनिष्ट) को किताब पसलमा गएर पनि पत्रिका पढ्थें र केही केही दिएर ल्याउनु हुन्थ्यो। किन्ने पैसा पटक्कै हुन्न थियो, सारेर पनि ल्याउंथे। नयाँ संसार पत्रिका (रमेश नाथ पाण्डे), र अन्य पत्रिका पनि खूब पद्थें। त्यो बच्चाको बानी अहिले ६५+ वर्ष पुग्दा पनि रहर मेटेको छैन, अहिले त PDF books र magazine collection गरि राखेको छु पढ्न फुर्सत हुन्न, पढ्न पाएनकी छटपटी हुन्छ ।I am a book worm. अहिले मेरो कोठाको हाल...

26/10/2024

Welcome to hat Bazaar

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Chundevi, Maharajgunj
Kathmandu