NSU PAC

NSU PAC

Share

ने बि संघ , जनप्रशासन क्याम्पस , बल्खु ।

09/04/2026

PAC र CDPA सम्बन्धी विषयलाई केवल “cost sharing” को नाममा हेर्न मिल्दैन। यो विषय शैक्षिक योगदान, विद्यार्थी हित र संस्थागत भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

“cost sharing” को नाममा दबाब सिर्जना गर्न खोजिएको जस्तो देखिन्छ, जबकि आफ्नै जग्गा र आफ्नै संरचना भएको अवस्था हो। एउटै संस्थाभित्र अन्य विभिन्न विभागहरू पनि छन्, तर CDPA भएकै ठाउँमा किन यस्तो टाउको दुखाइ?

CDPA को सक्रियताले PAC को आकर्षण उल्लेखनीय रूपमा बढाएको छ। MPA, MPhil जस्ता कार्यक्रमसँगै Public Policy and Governance जस्ता नयाँ पाठ्यक्रमहरू ल्याएर शैक्षिक दायरा विस्तार गरिएको छ। पूर्वाधार सुधारदेखि पाठ्यक्रमको गुणस्तर कायम राख्नसम्म CDPA ले महत्वपूर्ण भूमिका खेलेको छ। “Learn from your colleague” जस्ता कार्यक्रममार्फत BPA, MPA, MPhil सबै तहका विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यसले PAC लाई एक सशक्त शैक्षिक केन्द्र (academic hub) का रूपमा स्थापित गर्न मद्दत गरेको छ।

यो विषय एकतर्फी निर्णयबाट समाधान हुने होइन। मिलेर अघि बढ्नुपर्छ, एकले अर्कोलाई साथ दिनुपर्छ। PAC र CDPA दुवै एउटै faculty अन्तर्गत छन् र अन्ततः विद्यार्थी हितमै केन्द्रित छन्। त्यसैले विभाजन होइन, सहकार्य आवश्यक छ।

राजनीतिक प्रभाव र निजी स्वार्थका आधारमा CDPA लाई हटाउने उद्देश्यले एकतर्फी रूपमा समिति गठन गर्ने कुरा सरासर गलत हो। यसले निष्पक्षता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँछ।

अतः आवश्यक छ कि:

* निष्पक्ष र सन्तुलित समिति गठन गरियोस्
* केवल आर्थिक पक्ष मात्र होइन, विद्यार्थी हित, CDPA को योगदान र भविष्यको शैक्षिक प्रभावलाई समेत ध्यान दिइयोस्
* सबै सरोकारवालासँग संवाद गरेर समाधान खोजियोस्

यदि CDPA जस्तो शैक्षिक आधार कमजोर बनाइयो भने MPA, MPhil जस्ता कार्यक्रमहरूको भविष्य के हुने भन्ने गम्भीर प्रश्न उठ्छ। विभाजित भएर होइन, मिलेर अघि बढ्नु नै सबैका लागि सही बाटो हो।

02/04/2025

क्याम्पसको शैक्षिक वातावरण विथोल्ने र पठनपाठन अवरुद्ध हुने गरी अनेरास्ववियुद्वारा क्याम्पसमा गरिएको तालाबन्दी प्रति नेपाल विद्यार्थी संघको जन प्रशासन क्याम्पस इकाईको ध्यानाकर्षण हुनुका साथै घोर आपति छ।
क्याम्पस प्रशासनले सक्दो चाडो समन्वय गरी नियमित शैक्षिक कार्यक्रम र प्रशासन सुचारु गर्न माग गर्दछौँ।
जय नेपाल 🇳🇵

18/03/2025

#आज
#चैत्र५
#स्ववियु

17/03/2025

#स्ववियु

मेरो अठोट यसपाली स्ववियु निर्वाचनमा ने.वि.संघलाई भोट ।
जय नेपाल !

16/03/2025
16/03/2025

चैत्र ५ ।


16/03/2025

Vote for Member candidate- Rupanjali Chaurasiya
#स्ववियु

14/03/2025

चैत्र ५
नेविसंघमा छाप ।

14/03/2025

चैत्र ५

14/03/2025

चैत्र ५

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu